Comments Add Comment

सूचना प्रविधि -समाचार

List Grid
यी हुन् फेसबुकको पासवर्ड चोर्ने ९ एप, एकाउन्ट सुरक्षित राख्न यसो गर्नुहोस्

विभिन्न ९ वटा एन्ड्रोइड एपहरुले प्रयोगकर्ताहरुको फेसबुकको आइडी तथा पासवर्ड लगायतका डाटा चोर्ने गरेको पत्ता लागेको छ । सेक्योरिटी एनालिस्ट कम्पनी डक्टर वेबले ती एपहरुको कर्तुत पत्ता लगाएको हो । ती एपहरु हालसम्म कुल ५८ लाखभन्दा बढी पटक डाउनलोड भैसकेका छन् । प्रयोगकर्ताका फेसबुकबाट पासवर्ड तथा आइडीलगायतका डाटा चोर्ने एपहरुको सूची यस्तो छ : PIP […]

गुगल सीईओका अनुसार यी हुन् भविष्यमा क्रान्ति ल्याउने दुई चिज

दिग्गज प्रविधि कम्पनी गुगलका प्रमुख सुन्दर पिचाइले विश्वका केही देशमा इन्टरनेट स्वतन्त्रतामाथि हमला भैरहेको चेतावनी दिएका छन् । उनका अनुसार कतिपय देशहरुले सूचनाको प्रवाहलाई अवरुद्ध बनाइरहेका छन् र स्वतन्त्रताको मोडेललाई प्रायः हल्का रुपमा लिने गरेका छन् । बीबीसीलाई दिएको एक अन्तरवार्तामा पिचाइले प्राइभेसी, डाटा तथा करसँग सम्बन्धित विवादहरुका विषयमा पनि आफ्नो अभिमत प्रकट गरेका छन् […]

साउनदेखि सरकारी कारोबारको हिसाब मिलान एसआईएस प्रणालीबाट

३० असार, काठमाडौं । सरकारी कारोबार गर्ने इजाजत पत्रप्राप्त ‘क’ वर्गको बैंकलाई कारोबारको हिसाब मिलान विवरण सुपरभाइजरी इन्र्फमेसन सिस्टम (एसआईएस) बाट गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । आगामी साउन एक गतेबाट सो प्रणाली कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले बैंकहरुलाई भनेको छ । यसअघि राष्ट्र बैंकले यस्तो विवरण इमेलबाट प्राप्त गर्दै आएको थियो । एसआईएस […]

गुगलमाथि ७१ अर्ब जरिमाना, मिडियालाई पैसा नतिरेको आरोप

दिग्गज प्रविधि कम्पनी गुगलमाथि युरोपेली मुलुक फ्रान्समा भारी जरिमाना भएको छ । फ्रान्सको नियामक निकायले गुगलमाथि झण्डै ६० करोड अमेरिकी डलर अर्थात् करिब ७१ अर्ब रुपैयाँ बराबरको रकम जरिमाना तिराउने निर्णय गरेको हो । साथै फ्रान्सका समाचार एजेन्सीहरुको समाचार प्रकाशन गरेबापत तत्-तत् एजेन्सीहरुलाई रकम भुक्तानी गर्ने प्रस्ताव दुई महिनाभित्र पेश नगरेमा थप सजाय गरिने पनि […]

म्यासेज पढेको थाहा दिने अप्सन कसरी बन्द गर्ने ?

हामीले प्रयोग गर्ने ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर र एप्पलको आईम्यासेजमा यस्तो एउटा फिचर हुन्छ, जसले म्यासेज पाउने मान्छेले हेरे/नहेरेको पठाउनेलाई थाहा हुन्छ । म्यासेजिङ एपबाट कुरा गर्दा यो निकै महत्वपूर्ण पनि हुन्छ किनकी आफूले पठाएको म्यासेज सम्बन्धित व्यक्तिले पाए/नपाएकोमा ढुक्क हुन सकिन्छ । ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर र आईम्यासेजमा फरक-फरक तरिकाले म्यासेज पठाउने मान्छेलाई म्यासेज […]

स्मार्टवाचको बिक्रीमा उच्च वृद्धि, एप्पल वाचको पकड

चालु वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा विश्वमा स्मार्ट घडीको बिक्रीमा ३५ प्रतिशतको बढोत्तरी भएको छ । काउन्टरप्वाइन्टको एक रिपोर्ट अनुसार गत जनवरीदेखि मार्चसम्मको त्रैमासिकमा विश्व बजारमा बिक्री भएका स्मार्टवाचमध्ये एक तिहाइ चाहिं एप्पलको स्मार्टवाच रहेका छन् । नयाँ संस्करणको सिरिज ६ मोडेलको एप्पल वाचको लोकप्रियतासँगै एप्पलले स्मार्टवाचको बजारमा एक तिहाइ हिस्सा कब्जा गर्न सफल […]

सन् २२४५ सम्म डिजिटल सामग्रीको तौल पृथ्वीको आधा

आगामी २ सय २५ वर्षमा डिजिटल सामग्रीको पिण्ड पृथ्वीको पिण्डको आधा बराबर हुने एक नयाँ अध्ययनले देखाएको छ । बेलायतको पोर्टस्माउथ विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डाक्टर मेल्भिन भोप्सनले गरेको उक्त अनुसन्धानले ठूलो परिमाणमा डिजिटल डाटा तथा सूचनाको माग र सिर्जनाका कारण डिजिटल सामग्रीको पिण्डमा तीव्र बढोत्तरी भैरहेको जनाएको छ । अमेरिकन इन्स्टिच्युट अफ फिजिक्सको एआइपी एडभान्सेस […]

शाओमीले पहिलो पटक ग्लोबल स्मार्टफोन मार्केटको दोस्रो स्थानमा

क्यानालिस, लिडिंग ग्लोबल मार्केट रिसर्च फार्मले आफ्नो दोस्रो त्रैमासिकको ग्लोबल स्मार्टफोन मार्केटको रिपोर्ट सार्बजनिक गरेको छ जसमा शओमीले १७ प्रतिशत शेयर र ८३ प्रतिशत यर अन यर वृद्धिका साथ एप्पललाई पछाडि पारेर दोस्रो स्थानमा अग्रता लिएको छ । क्यानालिसले भने- शाओमीले अहिले आफ्नो व्यवसायको मोडेललाई च्यानल पार्टनर कन्सोलिडेसन र अधिक सावधानीपूर्वक व्यवस्थापन जस्ता पहलहरूको साथ […]

नोकियाले हाल्यो ओप्पोविरुद्ध मुद्दा

बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरेको अभियोगमा फिनल्याण्डको टेलिकम कम्पनी नोकियाले चिनियाँ कम्पनी ओप्पोविरुद्ध मुद्दा दायर गरेको छ । स्मार्टफोनको कनेक्टिभिटी, इन्टरफेस तथा सेक्योरिटी फिचरलगायतका विभिन्न विषयका प्याटेन्टको उल्लंघन भएको भन्दै नोकियाले ओप्पोविरुद्ध मुद्दा हालेको हो । रिपोर्टअनुसार सन् २०१८ मा बहुवर्षीय लाइसेन्सिङ सम्झौता भएको थियो, जसको अवधि अहिले सकिइसकेको छ । ओप्पोले उक्त सम्झौता नवीकरण […]

अर्बपति रिचार्ड ब्रान्सनले रचे इतिहास, जहाजमा चढेर अन्तरिक्षको यात्रा

बेलायती अर्बपति तथा भर्जिन ग्यालाक्टिक कम्पनीका मालिक रिचार्ड ब्रान्सन आफ्नै लगानीको रकेटमा चढेर अन्तरिक्षको यात्रा गर्ने पहिलो व्यक्ति बनेका छन् । उनको कम्पनी भर्जिन ग्यालाक्टिकले निर्माण गरेको सुपरसोनिक स्पेस जहाज आइतबार बिहान अमेरिकाको न्यु मेक्सिकोबाट ब्रान्सन र अन्य ३ जना यात्रुलाई लिएर अन्तरिक्ष उडानमा निस्किएको थियो । उक्त जहाजमा ब्रान्सनसँगै कम्पनीका ३ अन्य कर्मचारी बेथ […]

कर्मचारीलाई १५ सय डलर बोनस दिने माइक्रोसफ्टको निर्णय

कोरोना भाइरस महामारीमा काम गरेका कर्मचारीहरुलाई माइक्रोसफ्टले १५ सय डलर बोनस दिने भएको छ । अद्धितीय रुपमा चुनौतीपूर्ण वर्षमा काम गरेको कदरको प्रसंशा स्वरुप बोनस दिने निर्णय भएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले भनेको छ- हाम्रा कर्मचारीलाई एकपटक मौद्रिक उपहार दिन पाएकोमा हामी गौरवान्वित छौँ । स्मरण रहोस् चालू वर्ष २०२१ को पहिलो त्रैमासिकमा माइक्रोसफ्ट […]

निजी प्रविधि कम्पनीहरुमाथि किन लगाम कस्दैछ चीन ?

२८ असार, काठमाडौं । प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु संकलन तथा उपयोगको गम्भीर उल्लंघन गरेको भन्दै चीन सरकारले त्यहाँको सबैभन्दा ठूलो ट्याक्सी सेवा प्रदायक कम्पनी डीडी ग्लोबलको साइबर सुरक्षाका विषयमा छानबिन गर्न आदेश दिएको छ । डीडी ग्लोबल कम्पनी अमेरिकी सेयर बजारमा प्रवेश गरेको केही दिनपछि नै चीनको साइबर स्पेस नियामक निकायले उक्त निर्देशन दिएको हो । […]

नेपाल टेलिकमको डेटा ह्याक, संकास्पद सर्भर सटडाउन

२७ असार, काठमाडौं । ह्याकरले आक्रमण गरेको आशंकामा नेपाल टेलिकमले आफ्नो एउटा सर्भर बन्द गरेको छ । चिनियाँ ह्याकर समूहले सर्भरमा आक्रमण गरेर डेटा हृयाक गरेको दावी गरेपछि टेलिकमले शंकास्पद सर्भर सर्ट डाउन गरेको प्रवक्ता राजेश जोशीले बताए । ‘अहिलेसम्म ह्याक भएको पुष्टि भएको छैन, तर सूचना आएपछि सर्भर सट डाउन गरेका छौं,’ उनले भने […]

महामारीका बीचमा एक वर्षमै थपिए ५८ लाख इन्टरनेट प्रयोगकर्ता

२३ असार, काठमाडौं । विगत करीब डेढ वर्षदेखि विश्वभर नै अधिकांश व्यवसाय कोभिड-१९को महामारीसँग जुधिरहेको छ । तर, यही महामारीका बीचमा नेपालमा इन्टरनेट व्यवसायमा भने उछाल नै आयो । २०७७ वैशाखदेखि २०७८ वैशाखसम्म एक वर्षका बीचमा मात्रै ५८ लाख इन्टरनेट ग्राहक थपिएका छन् । बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् […]

सामसुङको नयाँ ग्यालेक्सी ए२२ नेपाली बजारमा

नेपालको विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै आफ्नो  ए सिरिज अन्तर्गत ‘ग्यालेक्सी ए २२’ बजारमा ल्याएको छ । फोनमा नवीनतम प्रविधिको साथ अल्ट्रा हाइरेस ४८ मेगापिक्सल क्वाड क्यामरा,  रियल स्मुथ९० हर्ज रिफ्रेस रेट साथ ६.४ इन्फीनिटी यू डिस्प्ले  तथा अन्यथुप्रै नवीनतम विशेषताहरु रहेका छन् । ‘सम्पूर्ण प्रयोगकर्ताहरु समक्ष नवीनतम प्रविधि एवं विशेषताहरुको उपयोगका लागि निरन्तर […]

फेसबुक र ट्वीटरका सीईओविरुद्ध मुद्दा हाल्दै डोनाल्ड ट्रम्प

आफूलाई सोसल मिडिया प्लाटर्फमहरुले प्रतिबन्ध लगाएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको ढोका ढक्ढकाउने भएका छन् । आफूलाई प्रतिबन्ध लगाउने निर्णको विरुद्धमा ट्रम्पले फेसबुक र त्यसका सीईओ मार्क जुकरबर्ग, ट्वीटर र त्यसका सीईओ ज्याक डोर्सी तथा युट्युब र त्यसको मातृ कम्पनीका सीईओ सुन्दर पिचाइविरुद्ध कानूनी लडाइँ लड्ने घोषणा गरेका हुन् । गत जनवरी ६ मा […]

नयाँ सामसुङ ‘ग्यालेक्सी एम ३२’ नेपाली बजारमा

२४ असार, काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै  नेपाली बजारमा  #BingeMonster अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम ३२ प्रस्तुत गरेको छ। यो नयाँ स्मार्ट फोनले वास्तवमै नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकताहरु लाई यो सहजै पूरा गर्न सक्दछ । यसमा ९० हर्ज रिफ्रेस रेट […]

विन्डोज कम्प्युटरमा भेटियो गम्भीर सुरक्षा खतरा, तत्कालै अपडेट गर्न माइक्रोसफ्टको अनुरोध

माइक्रोसफ्टले विन्डोज प्रयोगकर्ताहरुलाई आफ्नो कम्प्युटरमा तत्कालै सेक्योरिटी अपडेट इन्स्टल गर्न आग्रह गरेको छ । अनुसन्धानकर्ताहरुले विन्डोज अपरेटिङ सिस्टममा गम्भीर खाले साइबर हमलाको खतरा पत्ता लगाएसँगै माइक्रोसफ्टले प्रयोगकर्ताहरुको सुरक्षाका लागि यस्तो अनुरोध गरेको हो । PrintNIghtmare नामक उक्त सुरक्षा खतराले विन्डोज प्रिन्ट स्पूलर सर्भिसलाई असर गर्दछ । साइबर सेक्योरिटी कम्पनी क्बलनायच का शोधकर्ताहरुले उक्त सुरक्षा त्रुटिको […]

मोबाइलको आईएमईआई दर्ता प्रणाली अवरुद्ध

२४ असार, काठमाडौं । मोबाइल सेटको आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआई […]

५३ प्रतिशतले बढ्यो सामसुङको नाफा, ३ महिनाको नाफा ११ अर्ब डलर

काठमाडौं । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले पछिल्लो तीन महिनामा कीर्तिमानी मुनाफा हात पारेको छ । चालू वर्ष सन् २०२१ को दोश्रो त्रैमासिकमा कम्पनीको मुनाफामा ५३ प्रतिशतले बढोत्तरी भएको छ । चिपको मूल्य तथा मागमा भएको तीव्र वृद्धिसँगै सामसुङले अप्रिलदेखि जूनसम्मको अवधिमा साढे १२ ट्रिलियन कोरियन वन अर्थात् ११ अर्ब डलर मुनाफा कमाएको हो । […]

इसेवाबाट कुनैपनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबारदेखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न […]