Comments Add Comment

बैंक-वित्त

List Grid
बेलायती भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल-बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरल रूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ । महासंघले मंगलबार काठमाडौंस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार […]

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने

सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ। सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा (जिरो ईएमआई) प्रदान गर्ने सम्झौता भएको हो। सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी […]

दशैंका लागि नयाँ नोट वितरण ४ गतेदेखि

२८ भदौ, काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको […]

माछापुच्छ्रे बैंकको डिम्याट खाता अब अनलाइनबाटै खोल्न सकिने

माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले […]

शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

२० भदौ, काठमाडौं । साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ । पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर  ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ […]

समाज लघुवित्तका सीईओ महतोले तोडे स्वस्तिकसँगको मर्जर

१७ भदौ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर एकतर्फी रुपमा तोडेका छन् । मर्जर सहमति भएको करिब एक वर्षपछि सीईओ महतोले मर्जर गर्न नसक्ने भन्दै नेपाल राष्ट्र बैंकमा पत्राचार गरेका हुन् । गत वर्ष असोजमा यी दुई संस्थाहरुबीच मर्जर सहमति भएको थियो । समाजका सीईओ […]

एनएमबि सरल बचत फण्डको बिक्री खुला

१७ भदौ, काठमाडौं । एनएमबि सरल बचत फण्ड-ईका लागि आवेदन खुला भएको छ । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड ईको १० करोड इकाई बिहीबारदेखि निष्कासन खुला गरेको हो । यो चरणमा पुरै १० करोड भने निष्काशन हुनेछैन । एनएमबि क्यापिटलका अनाुसार पहिलो चरणमा ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  निष्कासन हुनेछ । त्यस्तै कुल […]

गोर्खाज फाइनान्सको साधारण सभा रोक्न माग गर्दै उजुरी

१४ भदौ, काठमाडौं । गोर्खाज फाइनान्सको साधारण सभा रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको छ । कोरोना भाइरसको महामारीका बेला साधारण सभा बोलाइएको भन्दै कम्पनीको ७१ जना शेयरधनीले सीडीओ कार्यालयमा उजुरी गरेका छन् । कम्पनीले आगामी भदौ २३ गतेका लागि काठमाडौंको सोल्टिमोडस्थित एक होटलमा साधारण सभा आह्वान गरेको थियो । सभा सम्मेलन […]

सीटीईभीटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई अध्ययन गरेका विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् । निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा भने उक्त […]

ग्लोबल आइएमईको ड्राइभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जा

ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस-ड्राईभ उत्सव योजना अन्तर्गत७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा विद्युतिय सवारी कर्जा लगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सेवाग्राहीले ७वर्षसम्मको अवधिका लागि८.१९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) माअन्य सवारी साधन कर्जाका साथै ८.४९प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा […]

दुई बिमा कम्पनीको मर्जर तयारी, स्वाप रेसियोको विषयमा छलफल

९ भदौ, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनीबीच मर्जरको विषयमा थप छलफल सुरु भएको छ । मर्जर गर्न दुबै पक्ष सहमत भएपनि स्वाप रेसियोको विषयमा सहमति हुन सकेको छैन । श्रोतका अनुसार यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएको थियो । तर, सेयर अनुपात (स्वाप रेसियो) […]

मोटर बाटो नभएको जग्गा धितो राखेर ऋण पाइने

८ भदौ, काठमाडौं । अब मोटर बाटो नभएको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ । यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको हो […]

‘बीमा संस्थान र बीमा कम्पनीलाई किन कारबाही हुँदैन ?’

८ भदौ, काठमाडौं । बीमा क्षेत्रमा देखिएको बेथिति रोक्न नसकेको भन्दै महालेखा परीक्षकको कार्यालयले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिलाई प्रश्न गरेको छ । सरकार समेतको लगानी रहेका दुई कम्पनीहरुमा मनपरी धेरै देखिएको भन्दै महालेखाले प्रश्न उठाएको हो । दुई कम्पनीहरु राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीहरुले लामो समयदेखि सामान्य नीति नियम समेत पालना […]

सञ्चय कोषका प्रमुख प्रशासक गौतम हटाइए

६ भदौ, काठमाडौं । कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई सरकारले पदमुक्त गरेको छ । गत बिहीबार नै बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ । कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । प्रमुख प्रशासक गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति […]

ग्लोबल आइएमई बैंकको मेरी उनीलाई स्वस्थ नारी पहल

ग्लोबल आइएमई बैंक लिमिटेडले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ । यस अन्तगर्त बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । यसअघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धती […]

कुमारी बैंकको महामारी नियन्त्रण कोषलाई सहयोग

कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंकले ५० हजार सहयोग गरेको छ । कोरोना भाइरस महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्नका लगायत न्यून आमदानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले […]

कर्णालीमा बैंकहरुले लगानी बढाउनु पर्‍यो : अर्थमन्त्री

४ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा बैंकहरुले लगानी बढाउनु पर्ने बताएका छन् । यो प्रदेशमा बहुआयामिक गरिबीको दर सबैभन्दा बढी रहेको भन्दै उनले कर्णाली प्रदेशको विकास बीना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने बताए । सोहीकारण त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई उनले आग्रह गरे । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना […]

बैंकहरूले घटाए निष्क्रिय कर्जा, कुन बैंकको कति ?

३ भदौ, काठमाडौं । कोरोना महामारीकाबीच पनि बैंकहरुले निष्क्रिय कर्जा घटाउन सफल भएका छन् । गत आर्थिक वर्ष २०७७-७८ मा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा औसतमा १ दशमलव ३६ मा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । अघिल्लो आर्थिक वर्ष यी बैंकहरुको निष्क्रिय कर्जा १ दशमलव ७३ प्रतिशत रहेको थियो । कोरोना महामारीका […]

सिभिल बैंक अब महेन्द्रनगरमा पनि

सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घघाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे । उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर […]

‘कुशल व्यवस्थापनका कारण हाम्रो वर्चश्व कायम राख्यौँ’

३ भदौ, काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । यो नेपाली बैंकहरु मध्ये सबैभन्दा धेरै हो । राम्रो मूनाफा कमाउने र सेयरधनीरुलाई पनि आकर्षक लाभांश दिने गरेको नबिललाई अघिल्लो वर्ष भने राष्ट्रिय वाणिज्य बैंकले मूनाफामा उछिनेको थियो । […]

ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १बीच समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउने सम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघको तर्फबाट महासंघको प्रदेश नं १ अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ्ग पहुँच नभएका साना व्यवसायी, […]