Comments Add Comment

छुटाउनुभयो कि?

List Grid
विमान दुर्घटनाको नाटक ! यसरी गरियो ‘रिहर्सल’

२४ वैशाख, काठमाडौं । बुधबार काभ्रेको धुलिखेल नगरपालिका देवीथानस्थान डाँडामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका उद्दारकर्ताहरु दौडधुपमा थिए । विमान दुर्घटनापछि आगो निभाउने, घाइतेको उद्दार गरेर अस्पताल पठाउन, मृतकको पहिचान गर्न उनीहरुलाई भ्याई नभ्याई थियो । तर, यो सबै नक्कली घटना थियो । यो सत्य घटनामा आधारित थिएन,  दुर्घटनापछिको उद्दारको पूर्वअभ्यास थियो । नेपाल […]

पोर्न साइट प्रतिवन्धपछि यौन हिंसाको दर कति घट्यो ?

निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यही समयमा यौन हिंसाका यस्ता घटना धेरै भए । आफ्नै बुवाद्वारा छोरी बलात्कृत भएको जस्ता अत्यान्तै निन्दनिय खबर पनि बाहिर आए । बालिका एवं किशोरीमाथि यौन-ज्यादती भयो । केवल पुरुषमा जागेको कामवासना शान्त गर्न एउटी बालिका, एउटी किशोरी, एउटी युवतीले आफ्नो ज्यान नै त्याग्नुपर्‍यो । यस्ता घटनाहरु तब सतहमा […]

कठै ! मुक्त हलियाको नमूना बस्ती

२५ वैशाख, डोटी । चारैतिर जंगल, बीचमा सुख्खा डाँडोमा लहरै बनेका होचा, साना, टिनले छाएका कटेराहरु । गन्दा १८ पुग्छन् । झ्याल, ढोका केही छैन, भित्र पानी भरिएको छ । कुनै टहराभित्र गाइबस्तुहरुको गोबर छ । ती कटेराहरु रहेको ठाउँ मुक्त हलियाको नमूना बस्ती हो । डोटी, पूर्वीचौकी गाउँपालिका-२, बगलेगमा मुक्त हलियाका १८ परिवारका लागि […]

संसदमा प्रधानमन्त्री : भात खानेभन्दा माथि जानुपर्‍यो नि !

२४ वैशाख, काठमाडौं । आफ्ना आलोचकप्रति असहिष्णु देखिने प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानै बानी हो । यही क्रममा मंगलबार प्रतिनिधिसभामा उनले आफ्नो त्यही शैलीलाई पछ्याए । प्रधानमन्त्रीले रोष्टममा उभिएर जसलाई जवाफ दिइरहेका थिए, उनीहरु विपक्षी पार्टीका कार्यकर्ता वा फेसबुक प्रयोगकर्ता नभएर सर्वोच्च संसदका माननीयहरु थिए । यद्यपि संसदमा प्रधानमन्त्रीको प्रस्तुती राजनीतिक दलको प्रशिक्षण कार्यक्रम वा […]

तस्बिरमा हेर्नुहोस् रेनशा र प्रज्ज्वलको बिहे

कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई र चलचित्र निर्माता प्रज्ज्वल शमशेर जबराले परम्पराअनुसार आज बिहे गरेका छन् । रेनशालाई लिनका लागि प्रज्ज्वल काठमाण्डौको एक पार्टी प्यालेसमा पुगेका थिए । रेनशा र प्रज्ज्वलको बिहेमा नायिका सुष्मा कार्की उपस्थित थिइन् । नायिका सुष्मा कार्की पारिवारिक सम्बन्धका कारण बिहेमा उपस्थित भएकी हुन् । आफन्तहरुको उपस्थितीमा दुई परम्पराअनुसार बिहे […]

प्रधानमन्त्रीको बोलीले संसदमा हंगामा, कांग्रेसको अवरोध

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए । लगत्तै का्रग्रेसका सांसदहरुले प्रश्न गरे । जवाफ […]

विमानमै पाइलट मस्त निदाएपछि !

२४ वैशाख, काठमाडौं । यो तस्वीर हेर्नुस् त, यी नेपाल वायु सेवा निगमका पाइलट हुन् । पाइलटले लगाउने टोपी भित्तामा झुण्ड्याएका छन् । घाँटीमा सिरानी अड्डाएर ककपिटभित्रै निदाइरहेका छन् । घर वा होटलभित्र निदाएको भए त ठीकै थियो तर यी पाइलट हवाइजहाज उडाइरहेका बेला विमानभित्रै निदाएका हुन् । हवाइजहाजको ककपिटभित्रै पाइलट निदाएको विदेशी समाचार त […]

अक्षय तृतीयामा १० वर्षपछि अदभूत संयोग, के गर्ने ? के नगर्ने ?

२४ वैशाख, काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले यस दिनलाई अक्षय तृतीया भनिएको हो । हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा धेरै विशेष योगहरू पर्छन् । तीमध्ये एउटा महायोग हो अक्षय […]

हामी आफैंले नबोले कसले बोलिदिन्छ ?

म पहिला खुब लेख्थें । समाजमा विद्यमान विकृति, विसङ्गति अनि पुरुषत्वको अहमलाई शब्दमार्फत उतार्थें । कोरा कागजमा भावना पोख्दा मात्रै पनि निकै आनन्द लाग्ने ! नाटक ‘भजाइना मनोलग’ (vagina monologue) हेरेपछि नाटकले उठाएको विषय र समाजलाई तुलना गर्न मन लाग्यो । लेख्न छोडिसकेको मलाई मेरो कलमले लामो समयपछि घच्घच्याइरह्यो । यस्तो लाग्यो– अब पनि मैले […]

कोटेश्वरमा भेटिएको बम नक्कली ! यात्रुलाई सास्ती

२३ वैशाख, काठमाडौं । सोमबार साँझ बजेतिर प्रहरीलाई खबर आयो, कोटेश्वर चोकबाट अगाडि सडक छेउमा शंकास्पद बस्तु भेटियो । मिनी ट्रकहरु पार्किङ गरेको ठाउँमा शंकास्पद झोला देखेपछि प्रहरीले बम डिस्फोजल टोलीलाई खबर गर्‍यो । ट्राफिक प्रहरीले सवारी आवागमन रोक्यो । सवारी चाप बढी हुने समयमा नै तीनकुने र कोटेश्वर चोकबाट सवारी साधन डाइभर्ट गर्दा उपत्यकाको […]

अचेत भेटिएको युवतीको मृत्यु, बलात्कारको आशंका

२३ वैशाख, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका ६ स्थित किसाननगरमा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । युवतीको उपचारको क्रममा वैशाख २० गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास नगरपालिका ६ स्थित रातुखोलाको बगरमा युवती अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए […]

को-को भए समाजवादी पार्टीका पदाधिकारी ?

२३ वैशाख, काठमाडाैं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएर बनेको, समाजवादी पार्टीमा २५ जना पदाधिकारी घोषणा भएको छ । सोमबार आयोजित एकता कार्यक्रममा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवको घोषणा भएको हो । पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको […]

फास्ट ट्रयाकको ९ अर्ब फ्रिज ! अर्को वर्षलाई २० अर्बको सिलिङ

२३ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा काठमाडौं–तराई फास्ट ट्रयाकका लागि बढीमा २० अर्ब रुपैयाँ विनियोजन हुने भएको छ । योजना आयोगले फास्ट ट्रयाकका लागि उक्त सिलिङ दिएको हो । चालु बर्ष फास्ट ट्र्याकलाई १५ अर्ब बजेट दिइएको थियो तर, खर्चको अवस्था दयनीय छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नभएकाले पुल […]

काठमाडौं प्रहरी प्रमुख फेरिए, अपराध महाशाखामा सहकुल थापा

२३ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् । नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिइँदा हालका काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् । यस्तै […]

फोरम-नयाँ शक्ति एकीकरणमा किन अटेन राजपा ?

२२ वैशाख, काठमाडौं । जतिबेला संघीय समाजवादी फोरम (संसफो) र राष्ट्रिय जनता पार्टी (राजपा)ले पार्टी एकताका लागि चिठ्ठीपत्र आदान प्रदान गरिरहेका थिए, डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी मौन जस्तै थियो । तर, दुई पार्टीबीच पत्रचारमा सिमित रहेको एकता वार्ताले औपचारिकता पाउन नपाउँदै फोरम एकाएक नयाँ शक्तिसँग नजिक मात्र भएन, अध्यक्ष उपेन्द्र यादवले पार्टी एकता […]

बाबुराम र उपेन्द्रको पार्टी एकता २३ गते !

१९ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् । तर, अघिल्लो पटक अन्तिम चरणमा आएर एकता प्रक्रिया भाँडिएका कारण नेताहरुले औपचारिक रुपमा भन्न रुचाएका छैनन् । स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष […]

आफ्नो क्षेत्रमा बजेट पार्न प्रधानमन्त्रीले थमाए ६८ योजना

१९ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेट तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विभागीय मन्त्रीहरुलाई आफ्नो चुनाव क्षेत्रका ६८ योजनाको सूची थमाएका छन् । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका आयोजनाको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नै पठाइएको हो । प्रधानमन्त्री कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले हस्ताक्षर गरेर योजना आयोगमा पत्राचार गरेका छन् । यसको […]

सडक विस्तार अभियानमा धक्का, घरधनीको पक्षमा फेरि उभियो सर्वोच्च

१९ वैशाख, काठमाडौं । सरकारले सडक विस्तारका क्रममा घरधनीलाई मुआब्जा नदिई घर भत्काउन नपाउने भएको छ । मुआब्जा दिएर मात्र घर भत्काउन दिएको आदेश खारेज गर्न माग गर्दै सरकारले दिएको पुनरावलोकन निवेदन सर्वोच्चको बहृत पूर्ण इजलासले खारेज गरेको छ । यससँगै सडक विस्तार चुनौतीपूर्ण बनेको छ । ‘सडक विस्तार पीडित’ ले २०७४ सालमा सरकारविरुद्ध दायर […]

विष्णु पौडेलको बचाऊ गर्दै प्रधानमन्त्रीले भने- राजाको शासनका बेला बालुवाटारको कुनामा जमीन किन्नुभएको रहेछ

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन् । पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले भने, ‘राजाको शासनका बेला उहाँले बालुवाटारको कुनामा  जमीन किन्नु […]

बालुवाटारबासीलाई मुआब्जा, सडकबासीलाई लोप्पा !

१५ वैशाख, काठमाडौं । राजधानीका सडक फराकिलो पार्ने क्रममा भत्काइएका घरटहराको क्षतिपूर्ति र मुआब्जा नदिएको भन्दै पीडितहरु अहिलेसम्म अदालत धाइरहेकै छन् । सडक विस्तारका क्रममा कतिपयको उठीबासै भएको छ । तर, बालुवाटारमा प्रधानमन्त्रीनिवास छेउछाउ बस्नेहरु चाहिँ बाटो र सरकारी आवास विस्तार हुँदा महंगो सरकारी जग्गाबाटै क्षतिपूर्ति र मुआब्जा पाएको खुलासा भएको छ । बाटो र […]

लौ सुन्नुस् खुलामञ्चका पसलेका कुरा ! (भिडियोसहित)

१३ वैशाख, काठमाडौं । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले खुल्लामञ्चमा सटरहरुमा डोजर लगाउने बताइसकेका छन् । यहाँका पसलमा शनिबार बिहानै डोजर चल्न सक्ने महानगरपालिका स्रोतले बताएको छ । तर, खुल्लामञ्चभित्रै सटरमा पसल थापेर बसेका व्यापारीहरु भने शुक्रबार दिउँसोसम्म मस्तसँग व्यापार गरिरहेका थिए । उनीहरु व्यापारमात्रै गरिरहेका थिएनन्, देशमा नियम कानून र थिति नबसेको भन्दै सरकार, महानगर […]