Comments Add Comment

छुटाउनुभयो कि?

List Grid
सिद्धार्थ आउजीले किन गरे आत्मदाह ?

२६ जेठ, धनगढी । अछामको बयलपाटा अस्पतालले जेठ १२ गते कामबाट निकालिएको पत्र थमाएपछि अछामको साँफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजी संकटमा परे । चार वर्षअघि मुम्बईबाट फर्किएका उनी त्यहाँ एक वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । अस्पतालबाट मासिक रुपमा आउने १९ हजार पाँच सय रुपैयाँले श्रीमती र ७ महिनाकी छोरीसहित परिवार पाल्दै आएका थिए […]

रानीपोखरीमा पानी [ फोटो फिचर ]

२६ जेठ, काठमाडौं । काठमाडौंको रानीपोखरीमा पानी जम्मा हुन थालेको छ । यद्यपि रानीपोखरी पुनर्निर्माण सकिएर पानी हालिएको भने होइन । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि पानी फालेर पुनर्निर्माण थालिएको थियो । लामो समयसम्म गति लिन नसकेको पुनर्निर्माणले अहिले गति लिएको छ र भुइँमा कालो माटो र इँटा बिच्छ्याइएको थियो । वरपरको पर्खाल बनिरहेको छ । […]

कोरोना महामारी नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाइन्थ्यो : मन्त्री भट्टराई

२६ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना महामारीको असर कम भएपछि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाउनेसमेत बताए । ‘कोभिडको असर नभएको भए थुप्रै माननीयज्यूहरु भैरहवा […]

सुदूरपश्चिममा थपिए ३७ जना कोरोना संक्रमित

२६ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्दशनालयका मेडिकल अधिकृत डा भुषण मिश्रका अनुसार संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाका एक, भीमदत्त नगरपालिकाका पाँच र पुनर्वास नगरपालिकाका १३ गरी १९ जना रहेका छन । त्यसैगरी दार्चुलामा शैल्यशिखर नगरपालिकाका आठ, लेकम गाउँपालिकाका एक […]

बालबच्चालाई सिकाउनैपर्ने यी आनीबानी, जसले निरोगी र खुसी बनाउँछ

हामी कामना गर्छौं, आफ्ना बालबच्चा सधैं निरोगी होस्, तन्दुरुस्त होस् । बलियो र फूर्तिलो होस् । जब कोही रोगमुक्त हुन्छन्, खुसी स्वतः प्राप्त हुन्छ। आफ्नो बालबच्चा कसरी निरोगी हुन्छन् ? कसरी जीवनभर खुसी हुन्छन् ? यसका लागि अनुशासित जीवनशैली र खानपान नै मुख्य कुरा हो । जब बच्चाले अनुशासित जीवनशैली पालना गर्छन्, सोही अनुरुप खानपान […]

चिउँडोमा मास्क छ, हामीलाई केको डर !

२६ जेठ, काठमाडौं । ‘१० रुपैयाँ, १० रुपैयाँ, आउनुस्, आउनुस्’ बालकृष्ण दंगाल हातमा पालंगो र रायोको साग देखाउँदै कालीमाटी फलफूल तथा तरकारी बजारमा ग्राहक बोलाइरहेका छन् । ग्राहकहरू आउँछन्, कोही दलाली गरेर कम मूल्यमा लैजान्छन् त कोही तोकिएकै मूल्यमा लैजान्छन् । सोमबार बिहान कालीमाटीमा देखिएको दृश्य हो । बालकृष्णले लगाएको मास्क चिउँडोमा पुगिसकेको छ । […]

मुगुमा आमाको देहान्त, काठमाडौंको प्रतीक्षालयमा किरिया

२५ जेठ, काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका-१२ का ५० वर्षीय जङ्ग बुढा विगत ६ वर्षदेखि काठमाडौंको वनस्थलीमा श्रीमती र दुई छोरासँगै बस्दै आएका छन् । उनी काठमाडौं रहरले आएका हैनन् । उनी आफ्नी ४७ वर्षीया श्रीमती जानदेवी बुढाको उपचारको क्रममा काठमाडौं आइपुगेका हुन् । उनकी श्रीमती जानदेवी मिर्गौलाका बिरामी हुन् । उनको हप्तामा तीन […]

सुरक्षा परिषदको सिफारिस शीतलनिवास नलगी सेना परिचालन

२३ जेठ, काठमाडौं । विदेशबाट उद्धार गरिएका नेपाली नागरिकहरुको व्यवस्थापनमा नेपाली सेना परिचालन भएको छ । तर, संविधानको कुन धाराअन्तरगत सेना परिचालन गरिएको भन्ने सरकारले प्रष्ट पारेको छैन । यसबारे कतिपय बहालवाला मन्त्रीहरु नै अलमलमा छन् । शुक्रबार म्यानमारबाट २६ र संयुक्त अबर इमिरेट्स -यूएई) बाट १५७ जनालाई नेपाल ल्याइयो । उनीहरुलाई नेपाल सरकारले ल्याएको […]

कोरोना निको भएर बाराबाट २२ जना डिस्चार्ज

२३ जेठ, वीरगञ्ज । बाराको कलैया अस्पताल अन्तर्गत रहेको शिक्षा तालिम केन्द्र आइसोलेसनबाट २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । जना महिला, १ जना प्रहरीसहित २२ जना शुक्रबार बेलुका डिस्चार्ज भएका हुन् । लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कलैया अस्पतालले जनाएको छ । उनीहरु सिम्रौनगढ, महागढीमाई, पचारौता […]

कोरोनाविरुद्ध अग्रमोर्चामा रहेकी संगीतालाई ‘सरुवा पुर्जी’

२३ जेठ, विराटनगर । वैशाख पहिलो साता उदयपुरको भुल्केमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिए, त्यो पनि एकै पटक १२ जना । उनीहरूलाई एम्बुलेन्समा हालेर विराटनगर पुर्‍याइयो र कोसी अस्पतालको आइसोलेसनमा राखियो । ११ वैशाखमा भोजपुरका २६ वर्षीय एक युवकलाई कोरोना संक्रमण पुष्टि भयो । जिल्लामा आइसोलेसन वेड नभएकाले उनलाई विराटनगर ल्याउनुको विकल्प थिएन । […]

भाेलि पित्तथैलीको अपरेशन थियो, आज काेराेना संक्रमण पुष्टि

२३ जेठ, काठमाडौं । काभ्रेको पनौती नगरपालिका–८ मा शुक्रबार एक जना ३९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीमा संक्रमण पुष्टि भएको हो । पित्तथैलीमा पत्थरी देखिएपछि भोलि (शनिबार) उनको अपरेशन गर्ने तयारी अस्पतालले गरेको थियो । अस्पतालले पित्तथैलीको अपरेशन गर्नुअघि पीसीआर परीक्षणका लागि बुधबार स्वाब संकलन गरेको […]

ह्याम्स अस्पतालमा उपचाररत एक जनामा कोरोना संक्रमण

२३ जेठ, काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।   र एक जना भने ह्याम्समा उपचार गरेर डिस्चार्ज भइसकेको पाइएको छ […]

सबै विद्यालय असार १७ पछि खुल्लान् त ?

२३ जेठ, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु नहुँदैदेखि लकडाउनका कारण विद्यालयहरु बन्द छन् । विद्यालय कहिले खुल्छन् भन्ने निश्चित छैन । यही अनिश्चितताका वीच कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आगामी असार १७ देखि शैक्षिक संस्थाहरु खोल्ने प्रस्ताव तयार पारेको छ । तर, समितिको यो प्रस्तावबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले भने केही बताएका छैनन्। उच्चस्तरीय समन्वय समितिले […]

सहरमा लकडाउनको भद्र अवज्ञा : मध्यम वर्गको प्रतिरोध

२२ जेठ, काठमाडौं । सरकारले लकडाउनको अवधि थपेर जेठ ३२ सम्म पुर्‍याउने निर्णय  गरेता पनि विहीबारदेखि देशका विभिन्न सहरहरूमा लकडाउनको ‘भद्र अवज्ञा’ सुरू भएको छ। काठमाडौं, धनगढी, नेपालगन्ज, वीरगञ्ज, हेटौंडा, बिराटनगर लगायत देशका मुख्य सहरका साना व्यवसायीले  विहीबारदेखि पसलहरू खोलेर सरकारविरूद्ध ‘माैन विद्रोह’ थालेका छन् । १९ जेठदेखि नै धनगढीका व्यापारीहरू चालेको यो कदम २२ […]

हङकङमा चीनको प्रशासनिक कारबाहीप्रति नेपालको समर्थन

२१ जेठ,काठमाडौं । हङकङमा जारी तनावलाई लिएर नेपालले चीनको पक्षमा बोलेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपालको एक चीन नीतिलाई दोहोर्‍याउयँदै हङकङ चीनको अभिन्न अंग रहेको जनाएको छ । चीनले जारी गरेको राष्ट्रिय सुरक्षा नीतिलाई लिएर मिडियाले नेपालको प्रतिक्रिया मागिएको सन्दर्भमा परराष्ट्र मन्त्रालयले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र हङकङ चीनको […]

कोरोना संक्रमित भेटिएपछि भान्से आएनन्, क्वारेन्टिनमा बसेकाहरु भोक्कै

२० जेठ, जनकपुरधाम  । धनुषाको बगचौरा मावि क्वारेन्टिनमा बसेकामध्ये २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै क्वारेन्टिनमा बसेकाहरु भने भोक्कै भएका छन् । हंसपुर नगरपालिका-२ को यो क्वारेन्टिनमा ५१ जना थिए । उनीहरु मध्ये दुई जनालाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भयो । तर अझै उनीहरुलाई आइसोलेनमा लगिएको छैन । यससँगै […]

ढुक्क हुनुस्, तरकारी र फलफूलबाट कोरोना सर्दैन

विश्व यतिबेला कोरोनाको महासंकटसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन र हामीले बन्दाबन्दीको दुई महिना पार गरिसकेका छौं । यस्तो अवस्थामा पनि बाँच्नका लागि खाद्य वस्तुको उपभोग त गर्नैपर्छ । कोरोना त्रासका बीच खाद्य वस्तुको आपूर्ति शृङ्खलाका बारेमा विभिन्न खाले सवालहरू यतिबेला उठेका छन् । खाद्य वस्तुहरू पकाएर खाइन्छ । केही खाने कुरा […]

दैलेखका क्वारेन्टिनमा सामाजिक दुरी एकादेशको कथा !

१९ जेठ, काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–३ कर्मस्थित देवती आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेकाहरूले आइतबार साँझ प्रदर्शन गरे । यहाँ भारतबाट फर्किएका १०० भन्दा बढीलाई राखिएको थियो । एउटा कोठामा २/३ जना मात्र राख्नुपर्ने, अरू सुविधा हुनुपर्ने भन्दै साँझ ७ बजेतिर क्वारेन्टिन स्थलबाट निस्किएका उनीहरूले डेढ-दुई किलोमिटरसम्म नाराबाजी गरे । प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापाका अनुसार […]

खुला आकाशमुनि सुत्नुस् भनेर झुल थमाइदिए !

१८ जेठ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने भारतसहित अन्यत्रबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राखने गरिएको छ । भारतमा यातायातका साधनहरु चल्न थालेसँगै नेपाल आउनेहरु बढेका छन् । आइतबारसम्मको तथ्यांकअनुसार प्रदेश २ मा मात्र १९ हजार ९८३ जना क्वारेन्टिनमा छन् । तर क्वारेन्टिनमा उनीहरुलाई निकै अव्यवस्थित रुपमा राखिएको छ । दृष्टान्त १ धनुषाको […]

लकडाउनले शान्त निकुञ्ज, प्रसन्न पशुपन्छी

१८ जेठ, चितवन । कोरोना भाइरसको त्रास एवं लकडाउनले मानिसहरू घरभित्र र वरपर सीमित छन् । पर्यटक बनेर निकुञ्जमा जंगल सफारी गर्न जाने त धेरै परेको कुरा बन्यो । तर, निकुञ्जमा पर्यटक जान बन्द भएपछि जीवजन्तु र पशुपन्छीमा भने स्वतन्त्रता र उन्मत्त खुसी देखिन्छ । लकडाउन अघिसम्म निकुञ्जमा दैनिक सयौं पर्यटक बोकेका जीपहरू ओहोरदोहोर गरिरहन्थे। […]

बजेट सरकार र नेकपाको असफलताको दस्तावेज : कांग्रेस

१५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटलाई नेपाली कांग्रेसले सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असफलताको रुपमा यो दस्तावेज भएको प्रतिक्रया दिएको छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बिहीबार संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिए । ‘बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ’ डा. रिजालले भने ‘झण्डै दुई तिहाइको […]