Comments Add Comment

अन्तर्वार्ता

List Grid
‘अदालतमा बलात्कारको मुद्दा चलिरहने, अभियुक्त तारेखमा छुट्ने दिन गए’

बलात्कारका मुद्दामा पनि समयमा न्याय नपाएको गुनासो बढ्दो छ । यद्यपि, पछिल्लो समय फास्ट ट्र्याकबाट सुनुवाइ गर्ने प्रक्रिया सुरु गरिएको छ । बलात्कारलगायत जघन्य अपराधका केसमा निरन्तर सुनुवाइ गर्ने र साक्षी तथा प्रमाणहरु जोगाउने अभ्यास गरिँदैछ । शुरुमा महान्यायाधिवक्ता अग्नि खरेलले नै यसको पहल लिएका थिए । बलात्कारमा मुद्दामा प्रमाण पुर्‍याउन नसकिने गुनासो आइरहेका बेला पीडितको […]

देउवा इतिहासकै निकम्मा

१३ मंसिर, नुवाकोट (ककनी) । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले शेरबहादुर देउवालाई ‘निकम्मा सभापति’ को उपमा दिएका छन् । देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति भएकाले अब उनीबाट पार्टी सञ्चालन हुन नसक्ने केसीको ठहर छ । प्रस्तावित विधानका विवादित विषयमा छलफल गर्न भन्दै कांग्रेसका जिल्ला सभापतिहरु ककनीमा भेला भएका बेला सभापति केसीले […]

गोकर्ण विष्टलाई प्रश्न– ‘ज्याकेट विज्ञापन’ हेरियो, ‘नयाँ युग’ आएकै हो त ?

११ मंसिर, काठमाडौंं । सोमबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रधानमन्त्री केपी ओली र श्रममन्त्री गोकर्ण विष्टको तस्वीरसहित ‘ज्याकेट विज्ञापन’ छापिए । अनलाइनहरुमा पनि ‘रोड ब्लक’ प्रकाशित भए । काठमाडौंका गल्लीमा समेत प्रधानमन्त्रीको तस्वीरसहित पोलहरुमा टाँगिएका तुलमा लेखिएको देखियो– नयाँ युगको सुरुवात ! योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने क्रममा सरकारले तडक–भडकका साथ प्रचार–प्रसार […]

‘देउवाको बहुमतले कांग्रेस बिग्रियो, ओलीको दुई तिहाईले देश’

१० मंसिर, काठमाडौं । ०२७ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु सभापति भएका बलबहादुर केसी अञ्चलाधीशको कार्यालयमा बम हान्दा पहिलोपटक पक्राउ परे । त्यसयताको राजनीतिक जीवनमा उनी पटक–पटक गरी ७ वर्ष जेल परे । ०४० सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापति भएका उनी ०४२ को सत्याग्रहका संयोजक थिए । बहुदल स्थापना पश्चात ०४९ मा कांग्रेसको केन्द्रीय […]

‘बलात्कारका निश्चित घटनामा मृत्यदण्ड आवश्यक देखियो’

१० मंसिर, काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त मात्र होइन, एकवर्ष पहिलो ललितपुरमा भएको घट्नाको अपराधीले पनि सजायको भागीदार हुनु परेको छैन । अपराधी निस्फिक्री घुम्न पाउने तर, पीडितले पीडामाथि पीडा भोग्नुपर्ने अवस्था विद्यमान छ । तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएलगत्तै उसको भ्रातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले सुन्दरी […]

‘न माधव नेपालको गुट रहृयो, न हामी उहाँको गुटमा रहृयौं’

६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले अन्तरविरोध सघन बनिरहेको छ । पछिल्लो अन्तरविरोधमा पूर्वएमालेकै दुई गुट बढी सक्रिय देखिएका छन् । एकातिर केपी ओलीको गुट छ भने अर्कोतिर माधव नेपालको । यहीवीचमा २२ जना केन्द्रीय सदस्यले बुधबार महासचिव विष्णु पौडेललाई भेटेर पार्टी अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका छन् । पार्टी र सरकार सञ्चालनबारे तीव्र असन्तुष्टि […]

‘युद्धपीडितको घाउमा मल्हम लाउछौं, विशेष अदालत बन्नसक्छ’

५ मंसिर, काठमाडौं । तत्कालीन विद्रोही माओवादीले विस्तृत शान्ति सम्झौतामार्फत हतियार र सेना व्यवस्थापन गरेको १२ वर्ष पुग्दा पनि युद्धका पीडितले न्याय पाउने सन्दर्भ बाँदरको घाउ जस्तै बनेको छ । प्रस्तुत छ, यस सन्दर्भमा हामीले कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालसँग गरेको कुराकानी : तपाई अहिले मुलतः दुईथरी कानुन बनाउने दबावमा हुनुहुन्छ । एकातिर […]

क्याबिनेटको निर्णय फेसबुकबाट लाइभ गर्छौं !

३० कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब क्याबिनेट बैठकका निर्णयहरु फेसबुक र ट्विटरबाट लाइभ गरिने बताएका छन् । सरकारले सूचना लुकाएको बारे अनलाइनखबरले सोधेको प्रश्नमा मन्त्री बास्कोटाले भने– ‘जंगेले बोल्यो भनेपछि बोल्यो बोल्यो’ भन्ने छैन ! अपवादका घटना भए भने सूचना कसरी दिने भन्नेमा कुनै हार्ड एण्ड […]

अब सरकारले देखिने काम गर्छ– डा. राजन भट्टराई

३० कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाभित्र विशेषगरी पूर्वएमाले पंक्तिका कतिपयले डा.राजन भट्टराईलाई अवसर पाइरहने भाग्यमानी नेता भन्छन् । यसो भन्नेहरु मूलतः उनका आलोचक र प्रतिस्पर्धी बढी छन् । तर, राजनका निकटस्थहरु भने पार्टी र कम्युनिस्ट आन्दोलनमा लागेको योगदानका आधारमा उनी जति माथि जानुपर्ने हो, बीचमा प्राज्ञिक क्षमता बढाउन लाग्दा पार्टी संगठनमा पछि परेको तर्क गर्छन् […]

‘सरकारले प्राथमिकता तोक्न सकेन, त्यसैले नतिजा आएन’

२८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डे पूर्वअर्थमन्त्री मात्रै होइनन्, समाज र पार्टीलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने समाजशास्त्रीय चिन्तन बोकेका नेता पनि हुन् । कुरा सुन्दा उनी यस्तै लाग्छन् । केपी ओली नेतृत्वको सरकारले अहिले राम्रोसँग काम गर्न सकिराखेको छैन । सत्तारुढ नेकपाको एकता प्रक्रिया पनि केन्द्रबाहेक तलसम्म […]

‘म हेटौंडाको मात्रै मुख्यमन्त्री होइन’

२६ कात्तिक, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई भेट्न हेटौंडास्थित अस्थायी राजधानीमा पुग्दा उनको कार्यालयमा कर्मचारी आइसकेका थिएनन् । दशैंपछि तिहार, तिहारपछि छठ ! मुख्यमन्त्री पौडेलले अनलाइनखबरसँग भने, ‘आजबाट काम सुरु गरौं भनेको, तराईका साथीहरु, सचिवहरु छठका कारण आइपुग्नुभएको छैन ।’ विगतमा हेटाैंडा नगरपालिकाको नेतृत्व गर्दा प्रभावकारी काम गरेर नाम कमाएका पौडेलले अहिले […]

‘वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु’

२५ कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी अनुभवका हिसाबले नयाँ मन्त्री हुन् । मन्त्री बन्नुअघिसम्म उनी युवा पुस्ताका आश लाग्दा नेता मानिन्थे । मन्त्री बनिसकेपछि युवा नेता अधिकारीको छवि बजारमा खासै राम्रो छैन । उनले राम्रो काम गर्न नसकेको गुनासो बजारमा बढेको छ । चीनबाट ल्याइएका विमानहरु उडाउन नसकेकोदेखि प्रभावकारी […]

अस्तव्यस्त जीवन सुधार्ने सुत्रः भान्सा सबैभन्दा ठूलो अस्पताल हो

भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योग विज्ञान एवम् मानव चेतनामा विद्यावारिधि गरेका डा. राजु अधिकारी सुपरिचित जीवनशैली प्रशिक्षक हुन् । उनी अति व्यस्तताका कारण जीवनशैली नै अस्तव्यस्त बनेका शहरवासीलाई खानपान, व्यायाम, आध्यात्म, प्राणयाम र योग विद्या सिकाइरहेका छन् । ‘शैली र लय सुव्यवस्थित भए मात्रै जीन्दगीमा असली जीवनको सुगन्ध निस्कन्छ । जीवन दुःख होइन, सुखका […]

प्रचण्ड, विष्णु पौडेल र बादललाई भनेको छु- यो त अति भयो !

१६ कात्तिक काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री वर्षमान पुनलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुग्दा पार्टी अफिसमा जस्तै नेकपाका नेताहरुको भीडभाड थियो । एकातिर उर्जासचिव, अर्कातिर एमालेका पूर्वसचिव मन्त्री पुनलाई भेट्दै थिए । पूर्वमाओवादी नेतासमेत रहेका मन्त्री पुनसँग हामी दुईवटा विषयमा अन्तरवार्ता गर्न साँझ परेपछि सिंहदरबार छिरेका थियौंः एउटा- नेकपाको संकटबारे, […]

‘दुईतिहाई सरकारको हालत के छ ? वामदेवको अभाव खड्कियो !’

१५ कात्तिक, काठमाडौं । सांसद रामवीर मानन्धरको परिचय ०७० सालसम्म वडाध्यक्षमा सीमित थियो । काठमाडौं माहानगरपालिका वडा नम्बर १६ मा दुईपटक वडाध्यक्ष निर्वाचित भएका मानन्धर तत्कालीन एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य थिए । राजेन्द्र श्रेष्ठले एमाले छाडेर हिँडेपछि रामवीरले ०७० मा सांसदको टिकट पाए र राम्रो मतान्तरमा जिते । पार्टीमा उनी केपी ओली पक्षमा सधैं […]

‘सिके राउतसँग वार्ता गर्दैनौं, विप्लव हाम्रै हुन्’

१३ कात्तिक, काठमाडौं । नेकपा केन्द्रीय सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव लगायत असन्तुष्ट समूहहरुसँग आफैं वार्ता गर्न चाहेका थिए । त्यसो त राजनीतिक वार्ता टोलीको नेतृत्व गर्ने इच्छा नेकपाका नेता भीम रावलले पनि राखेका थिए । नेकपाका विभिन्न बैठकमा यसबारे चर्चा पनि भयो । अन्ततः अन्तिममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा […]

‘बहुमत नै नेकपाको चुनौति बन्यो, भोट दिनेले कुट्न सक्छन् !’

८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्की (सुरेन्द्रकुमार कार्की) बौद्धिक नेताका रुपमा परिचित छन् । रुम्जाटार, ओखलढुंगामा जन्मेका उनी ०२८ सालदेखि राजनीतिमा आवद्ध भएका हुन् । प्रतिनिधिसभामा उनी झापाबाट निर्वाचित सांसद हुन् । शिक्षण र पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका कार्की यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री पनि बने । ०७० को संविधानसभामा […]

प्रदेशमा कर्मचारी आउनै मान्दैनन्, केन्द्रले पठाउन चासो दिँदैन

रूकुम जिल्ला साविक चुनवाङ गा.वि.स. ६ लाखरखोलामा ०२४ सालमा निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मेका घर्तीमगर रुकुम पूर्वक्षेत्र नं.२ बाट प्रदेशसभा चुनावमा निर्वाचित भई अहिले प्रदेश ५ को प्रदेश सभाका सभामुख छन् । ०३८ सालमा अनेरास्ववियुको संगठित सदस्य भई राजनीति शुरु गरेका घर्ती प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्दागर्दै पढाइ छाडेर राजनीतिमा लागे । ०४१ देखि ०४५ […]

‘पैसा कमाउन होइन, क्रिकेटको विकासका लागि हो पीपीएल’

५ कात्तिक, काठमाडौं । कात्तिक ९ गतेबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको अन्तिम तयारी चलिरहेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदान लगभग तयार भएको छ । धनगढी प्रिमियर लिग (डीपीएल) र एभरेस्ट प्रिमियर लिग (इपीएल) ले राम्रो चर्चा पाएपछि देशकै प्रमुख पर्यटकीय सहरमा हुन लागेको अर्को टी ट्वान्टी क्रिकेटलाई लिएर खेलाडी, दर्शक […]

‘राम्रो खेल्दा खेल्दै राष्ट्रिय टिममा परिनँ’

३ कात्तिक, काठमाडौं । केही समयअघिसम्म नेपाली फुटबलका स्थापित मिड्फिल्डर थिए, भोला सिलवाल । राष्ट्रिय टिमबाट करिब ८ वर्ष खेलेका उनी एकाएक गुमनाम बने । सन् २०१५ मा घाइते भएर राष्ट्रिय टिमबाट बाहिरिएका सिलवालले फेरि कमब्याक गर्न सकेका छैनन् । नेपाल पुलिस क्लबमा २००५ देखि निरन्तर खेल्दै आएका उनी फेरि देशका लागि खेल्न लालायित छन् […]

जनतामा असन्तुष्टि बढेको महसुस भइरहेको छ

३१ असोज, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पछिल्लो समय मिडियाका ब्ाारेमा बोलेको विषयले आलोचनाको शिकार बने । यसबाहेक पनि उनको मुख्यमन्त्रित्वको मूल्यांकन र समीक्षा बेलाबेलामा भइरहेकै छ । नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री एवं प्रवक्तासमेत भइसकेर प्रदेशमा आएका राईलाई अनुभवी मुख्यमन्त्रीका रुपमा हेरिएको थियो । तर, प्रदेश सरकार बनेको सात महिना पुग्दासम्म […]