Comments Add Comment

फुटवल

List Grid
रोनाल्डो भन्छन्- अर्को वर्ष नै छाड्न पनि सक्छु …

४ भदौ, काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिष्टियोना रोनाल्डोले कहिलेबाट खेल्न छाड्ने भन्ने अनिश्चित रहेको बताएका छन् । आफ्नो सन्यास घोषणा अर्को वर्षै पनि हुनसक्ने, ४० वर्षको उमेरसम्म पनि खेल्नसक्ने उनको भनाइ छ । ३४ वर्षीय रोनाल्डोले गत सिजन युभेन्टसका लागि ४३ खेलमा २८ गोल गरे । पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले ‘टेलिभिजन इन्टिलिजेन्ट’सँग […]

बायर्नमा काउटिन्होलाई १० नम्बरको जर्सी

काठमाडौं । बार्सिलोनाबाट लोनमा बायर्न म्युनिख पुगेका फिलिप काउटिन्होले १० नम्बरको जर्सीमा खेल्ने भएका छन् । सोमबार उनको ट्रान्सफर प्रक्रिया भएको छ र, बार्यनले १० नम्बरको जर्सी हस्तान्तरण गरेको छ । उनी एक सिजनको लोनमा जर्मन च्याम्पियनमा आवद्ध भएका हुन् । बायर्नसँग उनलाई १२० मिलियन पाउण्डमा किन्ने विकल्प पनि छ । अहिले भने उसले लोन […]

बुन्डेस लिगामा बोरुसिया डर्टमन्डको विजयी सुरुवात

१ भदौ, काठमाडौं । बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बोरुसिया डर्टमन्डले अगस्बर्गलाई ५-१ गोल अन्तरको फराकिलो जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको डर्टमन्डले दोस्रो हाफमा चार गोल थप्दै जित हात पारेको हो । खेलको पहिलो […]

मेस्सीसँग तुलना गर्दै रोनाल्डो : अलगअलग क्लबबाट च्याम्पियन्स लिग जितेको छु

२८ साउन, काठमाडौं । क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीमध्ये को उत्कृष्ट भन्ने बहस अझै सकिएको छैन । पोर्चुगिज फवार्डले मेस्सीभन्दा आफू फरक रहेको दाबी गर्दै धेरै क्लबबाट च्याम्पियन्स लिग जितेको तर्क अगाडि सारेका छन् । युरोपको महत्वपूर्ण उपाधि च्याम्पियन्स लिग रोनाल्डोले म्यानचेष्टर युनाइटेड र रियल मड्रिडबाट जितेका छन् । यो सिजन युभेन्टसबाट जित्न चाहन्छन् । […]

बार्सिलोनाको प्रस्ताव : नेइमारलाई भित्र्याउन काउटिन्हो र सय मिलियन युरो

२८ साउन, काठमाडौं । ला लिगा च्याम्पियन नेइमारका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) सामू औपचारिक प्रस्ताव राख्ने तयारीमा जुटेको छ । ब्राजिलियन फवार्डलाई नाउक्याम्पमा फर्काउन बार्सिलोनाका टेक्निकल डाइरेक्टर एरिक एल्बिडालसहितको टोली पेरिस गरेको छ । स्पेनिस मिडियाकाअनुसार बार्सिलोना फिलिप काउटिन्हो र एक सय मिलियन युरो तिर्न तयार छ । पीएसजीले नेइमारलाई सन् २०१७ मा बार्सिलोनाबाट […]

लोनमा बायर्न म्युनिख आए पेरिसिक

२८ साउन, काठमाडौं । क्रोएसियाका विंगर इभान पेरिसिक लोनमा बायर्न म्युनिख आएका छन् । ३० वर्षका पेरिसिक इटालियन क्लब इन्टर मिलानबाट एक वर्षे लोनमा जर्मन च्याम्पियन आएका हुन् । आर्सनलले पनि जनवरीमा पेरिसिकलाई भित्र्याउने प्रयास गरेको थियो भने म्यानचेष्टर युनाइटेड पनि इच्छुक थियो । तर बायर्न ले बाजी मारेको छ । बोरुसिया डर्टमुन्ड र वोल्फबर्गबाट […]

लिभरपुलका गोलकिपर एलिसन केही साता मैदान बाहिर

२८ साउन, काठमाडौं । लिभरपुलका गोलकिपर एलिसन बेकर केही साता मैदान बाहिर रहने भएका छन् । नयाँ सिजनअन्तर्गत शनिबार नर्विच सिटीविरुद्ध भएको खेलमा उनी चोटग्रष्त हुन पुगेका थिए । ४–१ गोलअन्तरले लिभरपुलले जित हात पारेको खेलमा उनी ३९औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले पिडुलामा चोट बोकेका कारण गोलकिपर एलिसन केही साता […]

रियल मड्रिड रोमासँग स्तब्ध

२७ साउन, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड मैत्रीपूर्ण खेलमा रोमासँग पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रोमासँग पेनाल्टी सुटआउटमा पराजित भएको हो । निर्धारित समयसम्म २-२ गोलको बराबरी खेलेको रियल पेनाल्टीमा भने ५-४ ले पराजित हुन पुग्यो । खेलमा सुरुवाती अग्रता भने रियलले बनाएको थियो । खेलको १६ औं मिनेटमा […]

रियल मड्रिडले बेललाई टिममा बोलायो

काठमाडौं । रियल मड्रिडले रोमामविरुद्ध हुने मैत्रिपूर्ण खेलका लागि फवार्ड ग्यारेथ बेललाई टिममा बोलाएको छ । सिजनको सुरुवात दुई मैत्रिपूर्ण खेल खेलेका उनले अडी कप गुमाए । यो अवधिमा उनी चीन जाने पक्का जस्तै भयो तर, अन्तिम समयमा आएर रियलले रोक्यो । इटली भ्रमणका लागि घोषित २० सदस्यीय टोलीमा बेलसँगै जेम्स रोड्रिग्वेज पनि छन् । […]

काउटिन्हो बार्सिलोनामै बस्ने सम्भावना बढ्यो

काठमाडौं । ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्हो बार्सिलोनामै बस्ने सम्भावना बढेको छ । गत सिजन महंंगो मूल्यमा लिभरपुलबाट बार्सिलोना गएका काउटिन्होको प्रदर्शन अपेक्षाकृत हुन सकेन । त्यसैले यो सिजनलाई उनलाई बेच्न खोजिएको थियो । इंग्लिस क्लब टोटनहृयाम र आर्सनलले उनलाई अनुबन्ध गर्ने इच्छा पनि देखाएको थियो । तर सहमति हुन सकेन । ८ अगष्टमा इंग्लिस ट्रान्सफर […]

एथ्लेटिको मड्रिडसँग युभेन्टस पराजित

२६ साउन, काठमाडौं । एथ्लेटिको मड्रिडले इन्टरनेसनल च्याम्पियन्स कपमा युभेन्टसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले युभेन्टसलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको जितमा जोओ फेलिक्स र थोमस लेमारले समान १–१ गोल गरे । त्यस्तै, सामी खेडिराले युभेन्टसका लागि एक गोल गरेका थिए । २४ औं मिनेटमा फेलिक्सले […]

इंग्ल्याण्ड फर्किए रुनी, डर्बीको प्लेयर कोच बन्न सहमत

२१ साउन, काठमाडौं । च्याम्पियनसिप क्लब डर्बी काउन्टीले इंग्ल्याण्डका पूर्वकप्तान वायन रुनीलाई प्लेयर कोच नियुक्त गरेको छ । एमएलएस टिम डीसी युनाइटेडमा रहेका ३३ वर्षीय फवार्ड १८ महिनाका लागि अन्तरिम प्लेयर कोच बन्न सहमत भएका हुन् । रुनी इंग्ल्याण्ड तथा म्यँनचेष्टर युनाइटेडका सर्वाधिक गोलकर्ता हुन् । उनले इभर्टनबाट जुलाई २०१८ मा डीसी गएका थिए । […]

बार्सिलोनाले आर्सनललाई हरायो

२० साउन, काठमाडौं । लुइस स्वरेजको गोलसँगै बार्सिलोनाले आर्सनलाई हराएको छ र जोन गाम्पर ट्रफी जितेको छ । प्रि सिजनको अन्तिम खेलमा बार्सिलोनाले आर्सनललाई २–१ ले हराएको हो । नाउ क्याम्पमा भएको खेलमा आर्सनलले ३६ औं मिनेटमा पियरे इमरिक अबामियाङको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफमा बार्सिलोना हावी भयो । ६९ औं मिनेटमा […]

रियलले गर्‍यो बेल चीन जाने प्रक्रिया रद्द

१२ साउन, काठमाडौं । ग्यारेथ बेल चिनियाँ क्लब जाने प्रक्रियालाई रियल मड्रिडले रद्ध गरेको छ । स्पेनिस क्लब रियलले बेललाई चीन नपठाउने निर्णय गरेसँगै उनी रियल मै बस्ने भएको बीबीसीले लेखेको छ । तीन वर्षका लागि बेल चिनियाँ क्लब जियाङसु सुनिङ जाने मौखिक सम्झौता भएको थियो । बेलले चिनियाँ क्लबबाट साताको १ मिलियन पाउण्ड पाउने […]

एलियट लिभरपुलमा अनुबन्धित

१२ साउन, काठमाडौं । लिभरपुलले फुलहृयामका मिडफिल्डर हार्वे एलियटलाई अनुबन्ध गरेको छ । १६ वर्षीय एलियटलाई इंग्लिस क्लब लिभरपुलले आज अनुबन्धन गरेको हो । युवा खेलाडी एलियट इंग्लिस पि्रमियर लिग खेल्ने कम उमेरका खेलाडी हुन् । उनले गत सिजनमा फुलहृयामबाट वोल्भसविरुद्ध डेब्यु गरेका थिए । त्यतिबेला उनी १६ वर्ष ३० दिनका थिए । उनलाई लिभरपुलले […]

जापानको क्लबमा गए भर्मालिन

११ साउन, काठमाडौं । जापानी क्लब भिसेल कोबेले बार्सिलोनाका पूर्व डिफेण्डर थोमस भर्मालिनलाई अनुबन्ध गरेको छ । भर्मालिन २०१४ मा आर्सनलबाट बार्सिलोना गएका थिए तर चोटका कारण उनले धेरै खेल्ने अवसर पाएनन् । २०१६/१७ को सिजन लोनमा रोमा गए । अब उनी बार्सिलोनाका पूर्व खेलाडी डेभिड भिया र आन्द्रे इनिस्टा तथा आर्सनलका लुकास पोडोलोस्कीसँग कोबेमा […]

कौटिन्हो भित्र्याउन सम्भव छैन : लिभरपुल प्रशिक्षक

९ साउन, काठमाडौं । लिभरपुरका मुख्य प्रशिक्षक जर्गन क्लोपले आफ्ना क्लबका पूर्व खेलाडी फिलिपे काैटिन्होलाई तत्काल क्लबमा भित्र्याउन असम्भव भएको बताएका छन् । इएसपीएनसँग कुरा गर्दै एन्फिल्ड बोसले आफ्नो क्लबमा उनलाई पुनः ल्याउन असम्भव भएको प्रतिक्रिया दिएका छन् । लिभरपुलबाट कीर्तिमानी मुल्यमा सन् २०१८ मा स्पेनिस क्लब बार्सिलोना पुगेका उनको प्रदर्शन राम्रो हुन सकेन । […]

च्याम्पियन्स लिग जित्न युभेन्टसको सुपर टिम !

९ साउन, काठमाडौं । इटालियन क्लब युभेन्टसको आगामी लक्ष्य च्याम्पियन्स लिगको उपाधि जित्नु हो । त्यही अनुसारको टीम पनि बनाइरहेको छ । युभेन्टसका मालिकले गत वर्षमात्रै आफ्नो क्लबमा स्टार खेलाडीहरु भित्र्याउँदै २६१.५ मिलियन युरो खर्च गरे । जसमा विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो, जोआओ क्यान्सेलो, डग्लास कोस्टा र लिओनार्डो बोनुचीलाई क्लबमा भित्र्यायो । तर क्लब  युरोपियन […]

आर्सनलमाथि रियलको जित

८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय च्याम्पियन्स क्लबमा रियल मड्रिडले आर्सनललाई पराजित गरेको छ । अमेरिकामा आज भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयसम्म दुबै टिमले २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । खेलको नवौं मिनेटमा नै रियलका नाचोले रेड कार्ड खादै […]

युवास्टार जाभी सिमोन्सले छाडे बार्सिलोना

७ साउन, काठमाडौं । युवास्टार खेलाडी जाभी सिमोन्सले बार्सिलोना छाडेका छन् । बार्सिलोनाका ला मासिया एकेडेमीका उत्पादक युवा स्टार जाभीलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अनुबन्धन गरेको हो । बार्सिलोनाले आफ्नो एकेडेमीमा जाभी जस्ता स्टार युवा खेलाडी उत्पादन गर्नु पाएकोमा निकै खुशी मान्दै आएको थियो । जाभी एक प्रतिभावान खेलाडी भएकै कारण सबैको […]

मेस्सीसँगै खेल्न आतुर छु : ग्रिजम्यान

५ साउन, काठमाडौं । एन्टोनी ग्रिजम्यानले बार्सिलोनामा लिओनल मेस्सीसँगै खेल्न आफू आतुर रहेको बताएका छन् । हालै मात्र एथ्लेटिको मड्रिड छाडेर बार्सिलोना गएका गि्रजम्यान जापान टुरमा छन्, तर अर्जेन्टिनी स्टार मेस्सी कोपा अमेरिकापछि आराममा छन् । स्पेनिस अनलाइन मार्कालाई दिएको अन्तर्वार्तामा फ्रान्सली स्ट्राइकर ग्रिजम्यानले भनेका छन्, ‘हो (मेस्सीसँगै खेल्नु) आश्चर्यजनक हुनेछ । म यो जान्न […]