Comments Add Comment

खेलकुद समाचार

List Grid
ईपीएलमा चितवनको लगातार चौथो जित

१७ असोज, काठमाडौं । चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा लगातार चौथो जित हात पारेको छ । अपराजित लयलाई कायम राख्ने क्रममा सोमपाल कामीको कप्तानीमा रहेको चितवनले आइतबार साविक विजेता ललितपुर प्याट्रिओट्सलाई ५ विकेटले हरायो । लगातार चौथो जितपछि चितवनले ८ अंक जोड्दै शीर्ष स्थानमा छ । चितवन यसअघि नै प्लेअफ […]

गणेश थापाले हेटौंडा उपमहानगरसँग गरेको सम्झौता रद्द

१७ असोज, हेटौंडा । अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापाले फुटबल एकेडेमी स्थापनाका लागि हेटौंडा उपमहानगरपालिकासँग गरेको सम्झौता रद्द भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले फुटबल गतिविधि गर्न प्रतिबन्ध लगाएको कारण देखाएर उपमहानगरपालिकाले सम्झौता रद्द गरेको जानकारी आफूले पाएको थापाले आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बताए । थापा अध्यक्ष रहेको नेपाल खेलकुद संस्थााई […]

जर्मनीमा मन्डेकाजीलाई दुई स्वर्ण 

१७ असोज, काठमाडौं । चेमनित्ज ओपन कराते प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य पदक जितेको छ । सिनियर एकल कातातर्फ र  ३० बर्षमाथिको एकल कातामा गरी मन्डेकाजी श्रेष्ठले दुई स्वर्ण पदक जिते ।  त्यसैगरी मुकुन्द महर्जनले ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण र ७५ केजी तौल समूहमा कास्य पदक जिते । त्यस्तै सुमन तिमिल्सिनाले उमेर […]

ईपीएलमा विराटनगरको पहिलो जित

१७ असोज, काठमाडौं । विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएलमा)मा काठमाडौं किंग्स-११ लाई ७ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले ५ वीकेट गुमाएर १०५ रनको लक्ष्य दिएको थियो । पूरै ८ ओभर खेल्दा काठमाडौंले ३ विक्ट गुमाएर ९७ रनमात्रै बनाएपछि विराटनगर […]

एट्लेटिकोसँग बार्सिलोना पराजित

काठमाडौं । स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा साविक विजेता एट्लेटिको मड्रिडले बार्सिलोनालाई २-० ले पराजित गरेको छ । एट्लेटिकोलाई जिताउन घरेलु मैदानमा थोमसले २३औं र बार्सिलोनाकै पूर्व खेलाडी लुइस सुआरेजले ४४औं मिनेटमा गोल गरे । दुवैले एक अर्कालाई गोलका लागि सहयोग समेत गरेका थिए । यस जितले एट्लेटिकोले शीर्ष स्थानमा रहेको छिमेकी रियल […]

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको छ । जितसँगै लण्डन क्लब चेल्सी शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ट्रेभो चालाबाले नवौं, टिमो बर्नरले ८४औं र बेन चिलवालले ८९औं मिनेटमा गोल गरे । साउथह्याम्पटनका लागि जेम्स वार्ड प्रोवसले ६१औं मिनेटमा गोल गरे । […]

राजस्थानले चेन्नाइलाई हरायो, गायकवाडको शतक छायामा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा शनिबारको दोस्रो खेलमा राजस्थान रोएल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । ओपनर रुतुराज गायकवाडको शतक मद्दतमा चेन्नाइले पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर १८९ रन बनाएको थियो । तर यशस्वी जैसवाल र शिभम दुबेले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि राजस्थानले १९० रनको लक्ष्य १७.३ […]

आज ईपीएलका २ खेल हुँदै

१७ असोज, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदै छन् । आजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स-११ बीच बिहान साढे ९ बजेदेखि हुँदै छ । दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ । खराब मौसमका कारण यसअघि […]

आईपीएलमा दिल्लीले मुम्बइलाई हरायो

१६ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बइ इण्डियन्सलाई ४ विकेटले पराजित गरेको छ । शारजहाँमा भएको खेलमा मुम्बइले दिएको १३० रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा श्रेयस अयरले अविजित रहँदै सर्वाधिक ३३ रन बनाए । यस्तै […]

लगातार चौथो खेल हार्दै विराटनगर ईपीएलबाट बाहिरियो

१६ असोज, काठमाडौं । लगातार चौथो हारपछि पूर्व विजेता विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को लिग चरणबाटै बाहिरिएको छ । शनिबार भएको दोस्रो खेलमा विराटनगर पोखरा राइनोजसँग ७ विकेटले पराजित भएपछि लिगको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगितामा पोखराको यो दोस्रो जित हो । दोस्रो जितपछि ४ खेलबाट ५ अंक जोड्दै […]

तेक्वान्दो संघको अध्यक्षमा फेरि राणा

१६ असोज, भैरहवा । नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाशशम्शेर राणाले नै निरन्तरता पाएका छन् । लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । उनी २०७० मा झापाको बितामोर्डमा भएको अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई सर्वसम्मत रुपमा चयन […]

नेपाललाई टेबल टेनिसमा सफलता

काठमाडौं ।  कतारको दोहामा भइरहेको २५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले शुक्रबार राति दुई महत्त्वपूर्ण जित निकालेको छ । नेपालले पुरुष टिम इभेन्ट्समा प्यालेस्टाइनमाथि ३-१ को जित रचेको छ । त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल मल्ले चुनौती पेस गरेका थिए । यस्तै मेन्स डबल्समा स्यान्टु र विनेशको जोडीले कतारी टिमलाई ३-१ […]

साफ च्याम्पियनसिप : बंगलादेशको विजयी सुरुआत

काठमाडौं । माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुआत लिएको छ । मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले पराजित गर्‍यो । बंगलादेशका लागि टोपु वर्मनले ५६औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । डुकसन पुलसालले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो । बल ह्याण्ड गरेपछि […]

च्याम्पियन्स लिगका स्टार अझै पनि रोनाल्डो र मेस्सी

१५ असोज, काठमाडौं । लामो समयदेखि अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सी र उनका प्रतिस्पर्धी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोपेली फुटबलमा राज गर्दै आएका छन् । तर, उनीहरुको राज अब छिट्टै अन्त्य हुने कुनै संकेत देखिएको छैन । यी दुवै स्टार खेलाडीले हालै मात्र आफ्नो पुरानो क्लब छाडेका छन् । मेसी बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मन (पीएसजी) […]

बार्सिलोनामा रोनाल्ड कोमनका सात गम्भीर गल्ती

१५ असोज, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोमनमाथि प्रश्न उठ्न थालेको छ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र बोर्डका अन्य सदस्यले पनि कोमनलाई चाहेअनुसार गर्न दिएका थिए । तर बार्सिलोनाले राम्रो नतिजा निकाल्न नसकेपछि कोमनमाथि प्रश्न उठ्न थालेको हो । च्याम्पियन्स लिगको समूह चरणको पछिल्लो खेलमा बार्सिलोना, बेन्फिकासँग ३–० गोल अन्तरले पराजित […]

पाँच सेटमा खेल जित्दै एपीएफ र न्युडायमण्ड फाइनलमा

१५ असोज, काठमाडौं। साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लब छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवैले विपक्षीलाई ५ सेटमा पराजित गर्दै उपाधि भेट पक्का गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा […]

साफ च्याम्पियनसिप आजदेखि, नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दै

१५ असोज, काठमाडौं। दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । नेपालले पहिलो दिनै घरेलु माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । माल्दिभ्स घरेलु टोलीका साथै डिफेन्डिङ च्याम्पियनसमेत हो । नेपाल र माल्दिभ्सबीद्बको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । यसअघि नेपाल र माल्दिभ्सबीच उद्घाटन खेल […]

युरोपा लिग : लेस्टर सिटी र नापोली पराजित

१५ असोज, काठमाडौं। इंग्लिस क्लब लेस्टर सिटी र इटालियन क्लब नापोली युरोपा लिगमा पराजित भएका छन् । गएराती भएको समूह जी को खेलमा लेस्टर पोलिस क्लब लेगिया वार्सासँग १-० ले पराजित हुँदा नापोली रसियन क्लब स्पार्टाक मस्कोसँग ३-२ ले पराजित भयो । वार्सालाई जित दिलाउन माहिर इम्रेलीले ३१औं मिनेटमा निर्णायक गोल गरे । उनले खेलको […]

केनको ह्याट्रिकमा टोटनहमको शानदार जित

१५ असोज, काठमाडौं। ह्यारी केनको ह्याट्रिक मद्दतमा इंग्लिस क्लब टोटनहमले युरोपा कन्फेरेन्स लिगमा मुरालाई ५-१ ले पराजित गरेको हो । समूह जी अन्तर्गत भएको खेलमा टोनहमका लागि केनले दोस्रो हाफमा ह्याट्रिक गर्दै शानदार जित दिलाए । केनले खेलको ६८औं, ७६औं र ८७औं मिनेटमा गोल गरेका थिए। त्यसअघि डेली अलीले चौथो मिनेटमै अग्रता दिलाएका थिए भने […]

शरदले अन्तिम बलमा छक्का प्रहार गरेपछि भैरहवा र ललितपुरको रोमाञ्चक बराबरी

१४ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीचको खेल बराबरीमा टुंगिएको छ । बिहीबार भएको खेलमा ललितपुरले दिएको ईपीएलको चौथो संस्करणकै सबैभन्दा ठूलो स्कोर १७८ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाका कप्तान शरद भेषवाकरले अन्तिम बलमा छक्का प्रहार गरेपछि स्कोर बराबरी भएको थियो । स्कोर बराबरी भएपछि सुपर ओभर नभई […]

आमाले प्रेमिकालाई बुहारी बनाउन नचाहेपछि तनावमा रोनाल्डो

१४ असोज, कमाठमाडौं। यसै वर्ष युभेन्टसबाट म्यान्चेस्ट युनाइटेड आएका क्रिस्टियानो रोनाल्डोले बुधबारको खेलमा क्लबका लागि महत्वपूर्ण गोल गरे। उनले इन्जुरी समयमा गरेको गोलसँगै युनाइटेडले भिल्लारियललाई २-१ गोल अन्तरले हराउन सफल भयो । यसैबीच रोनाल्डोले प्रेमिका जर्जिना रोद्रिगेजसँग विवाह गर्लान् कि नगर्लान् भनेर कौतुहलता बढेको छ । जर्जिना स्पेनिश मोडेल हुन् । हालै उनलाई रोनाल्डोसँग विहे […]