Comments Add Comment

खेलकुद समाचार

List Grid
क्वारेन्टाइनका लागि खेलकुदका पूर्वाधार प्रयोग गर्न राखेपको आग्रह

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले देशभर रहेको खेलकुदको भौतिक पूर्वाधार क्वारेन्टाइनको रुपमा प्रयोग गर्न आग्रह गरेको छ । विश्वभर फैलिएको नोबल कोरोना भाइरस (कोभिड-१९) को असरले नेपाली खेलकुद गतिविधि ठप्प छ । नेपाल सरकारले अहिले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । राखेपले सोमबार विज्ञप्ती जारी गर्दै आफ्नो मातहतमा रहेको पूर्वाधार सरकारले निर्णय गरे […]

कोरोनाको कारण ला लिगासहित स्पानिस फुटबल अनिश्चितकालका लागि बन्द

काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस  (कोभिड-१९)का कारण स्पेनको सबै खाले फुटबल अनिश्चितकालको लागि स्थगित भएको छ । यसअघि मार्च १२ मा स्पानिस ला लिगा दुई साताको लागि स्थगित गरिएको थियो । तर अहिले कोरोनाको बढ्दै गरेको संक्रमणको कारण स्पेनको सबै खाले फुटबल गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको हो । स्पानिस फुटबल संघ र ला […]

कोरोनाविरुद्ध सतर्क रहन फुटबलरको यस्तो अपिल

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसबारे सतर्क रहन फुटबल खेलाडीहरुले आग्रह गरेका छन् । नेपाली राष्ट्रिय टिमका पुरुष र महिला खेलाडीहरुले कोरोनाविरुद्ध लड्न आग्रह गरेको भिडियो सन्देश अखिल नेपाल फुटबल संघ एन्फाले संयुक्त रुपमा सार्वजनिक गरेको छ । राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ रोहित चन्द र सुजल श्रेष्ठ अनी महिला टिमका सावित्रा भण्डारी र एन्जिला […]

फुटबलर साम्बाको अपिल : कोरोनाविरुद्ध गोल गरौं

१० चैत, काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले पनि कोरोनाविरुद्ध एकजुट भई लड्न अपिल गरेकी छन् । साम्बाले विश्वभर नै कोरोना महामारीको रुपमा फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारी निर्णयको पालना गर्ने, आधिकारिक निकायको सूचनामा विश्वास गर्ने र अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरेकी छिन् । उनले आफ्नो […]

इटालियन सिरी ए को फुटबल सिजन सकिन असम्भव छ : ज्याभिएर पास्टोर

काठमाडौं । रोमाका मिडफिल्डर ज्याभिएर पास्टोरले इटालियन सिरी ए को सिजन सकाउन असम्भव भएको बताएका छन् । अहिले विश्वभर फलिरहेको कोरोना भाइरसको संक्रमणले इटली धेरै प्रभावित बनेको छ । त्यसले खेलकुदमा पनि असर पारेको छ । त्यसैले रोमाका पास्टवरले सिरी ए सकाउन कठिन रहेको बताएका हुन् । इटलीमा पछिल्लो दुई सातादेखि लकडाउन छ । गत […]

जय बहादुरलाई एनसीएसएसको सहयोग

काठमाडौं । नेपाली क्रिकेट समर्थक समाज एनसीएसएसले मिर्गौलामा समस्याका कारण वीर अस्पतालमा उपचार गरिरहेका कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जयबहादुर तामाङ्ग सेते दाइलाई नगद ५० हजार सहयोग गरेको छ । सेते दाइको उपचारका लागि एनसीएसएसले सञ्चालन गरेको एनसीएसएस ‘सेते दाइ सहयोग अभियान’मा संकलित नगद ५० हजार सहयोग रकम आइतबार हस्तान्तरण गरेको हो । […]

क्यानडा र अस्ट्रेलियाले ओलम्पिकमा खेलाडी नपठाउने

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण क्यानडा र अस्ट्रलियाले जापानमा हुने ओलम्पिकमा आफ्नो खेलाडी नपठाउने भएका छन् । कोरोना महामारीका कारण क्यानडाले जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिक स्थगित गर्नुपर्ने मागसमेत गरेको छ । ओलम्पिक स्थगित नभएमा खेलाडी नपठाउने निर्णय क्यानडाले गरेको छ। क्यानडाको ओलम्पिक कमिटी र पारा ओलम्पिक कमिटीले […]

टोकियो ओलम्पिकबारे निर्णय गर्न ४ साताको डेडलाइन

काठमाडौं । विश्वरभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व खेलकुद नै प्रभावित बनिरहेका बेला जापानमा हुने टोकियो ओलम्पिक सर्ने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले आगामी जुलाई र अगष्टमा हुने ओलम्पिकबारे के गर्ने भनेर आइतबार छलफल गरेको थियो । आईसीसीले पनि ओलम्पिक स्थगित हुनसक्ने ग्रिन सिग्नल दिएको छ । तर तत्कालै के गर्ने […]

इटालियन सिरी एको फुटबल सिजन सकिन असम्भव छ : ज्याभिएर पास्टोर

काठमाडौं । रोमाका मिडफिल्डर ज्याभिएर पास्टोरले इटालियन सिरी ए को सिजन सकाउन असम्भव भएको बताएका छन् । अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणले इटली धेरै प्रभावित बनेको छ । त्यसले खेलकुदमा पनि असर पारेको छ । त्यसैले रोमाका पास्टवरले सिरी ए सकाउन कठिन रहेको बताएका हुन् । इटली पछिल्लो दुई सातादेखि लकडाउन छ । गत […]

तीन पटक रद्ध भएको थियो ओलम्पिक

विश्व खेलकुदकै महाकुम्भ हो ओलम्पिक । जसमा करिब २ सय देशका खेलाडी विभिन्न विधाका खेलमा एकै पटक सहभागिता जनाउनेछन् । सन् १८९६ मा युरोपियन राष्ट्र ग्रीसको एथेन्सबाट शुरु भएको ओलम्पिकको २९ औं संस्करण यसै वर्ष जुलाई-अगष्टमा जापानमा हुने तय भएको छ । जसलाई टोकियो ओलम्पिक २०२० नाम दिइएको छ । उक्त खेल मेला आउन अब […]

एन्फाले आफ्ना संरचना क्वारेन्टाइन बनाउन दिने

९ चैत, काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना संरचना क्वारेन्टाइनमा उपयोग गर्न सकिने बताएको छ । एन्फाले विज्ञप्ति जारी गरी ललितपुरको एन्फा कम्प्लेक्स होस्टल,  बुटवल र धरानको फुटबल एकेडेमी र रौतहटको महिला फुटबल एकेडेमी आवश्यक परेमा नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकारलाई क्वारेन्टाइन बनाउन उपलब्ध गराउन सक्ने जानकारी गराएको छ । कोरोना […]

पारसको अपिल- घरमै बसेर सरकारलाई सहयोग गरौं

९ चैत, काठमाडौं । क्रिकेटर पारस खड्काले अत्यावश्यकबाहेकका काममा घरबाहिर नजान सबैलाई अपिल गरेका छन् । नेपाल राष्ट्रिय क्रिकेटका पूर्वकप्तान खड्काले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट टिम र आफ्नो व्यक्तिगततर्फबाट अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन् । अहिले सहज परिस्थिति नभएको भन्दै उनले भनेका छन्, ‘सबै जना घर बसेर अत्यावश्यक कामबाहेक बाहिर […]

म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर फेलाइनीलाई कोरोना

काठमाडौं । फुटबलर माराउने फेइलानीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । म्यानचेस्टर युनाइटेड र एभरटनका पूर्वमिडफिल्डर रहेका फेलाइनी कोरोना संक्रमित हुने चाइनिज सुपर लिगका पहिलो खेलाडी हुन् । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका […]

 ओलम्पिक सार्न अमेरिका र बेलायतको प्रस्ताव

काठमाडौं । कोरोना भाइरसको कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ । सबै खाले खेलकुद गतविधि रोकिएका छन्, खेलकुद ठप्प छ । आगामी जुलाई अगष्टमा जापानमा हुने टोकियो ओलम्पिक पनि कोरोना भाइरसका कारण अन्योलमा छ । जापानले ओलम्पिकका लागि तयार रहेको बताइरहँदा अन्य देशहरुले भने ओलम्पिक सार्ने विकल्प अगाडि सारेका छन् । बेलायत र […]

चिनियाँ फुटबलर वीलाई कोरोना संक्रमण

काठमाडौं । चिनियाँ फुटबलर वी लिलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पाइएको छ । २८ वर्षका ली स्पेनिस क्लब स्पानियोलबाट व्यवसायिक फुटबल खेलिरहेकी छन् । उनी युरोपको शीर्ष पाँच लिग खेल्ने एक्ला चिनियाँ फुटबलर हुन् । चिनियाँ फुटबल एशोसिएसन -सीएफए)ले शनिबार लीलाई संक्रमण भएको पुष्टि गरेको हो । उपचाररत वी र क्लबसँग सम्पर्कमा रहेको र […]

कोरोनाको कारण तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पनि सर्‍यो

काठमाडौं । विश्वकै सर्वाधिक उचाइमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पनि कोरोना भाइरसले गर्दा पछि सरेको छ । विश्वभर फैलिएको कोरोनाले गर्दा आयोजक हिमालय एक्सपीडीसन्सले १७ औं संस्करणको एभरेष्ट म्याराथन सर्ने जानकारी गराएको हो । यसअघि मे २९ मा हुँदै आएको म्याराथन यस वर्ष सेप्टेम्बरमा हुने भएको छ । आयोजकले सामाजिक संजाल फेसबुकमार्फत यस […]

ओलम्पिक हुने नहुने अन्योलमै जापान पुग्यो ओलम्पिक टर्च

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस डिजेज (कोभिड १९)को प्रभाव अहिले सबैतिर छ । लगभग सबै खेल गतिविधि नै अहिले कोभिड १९ का कारण स्थगित छ । यसै वर्ष जापानमा टोकियो ओलम्पिक २०२० हुँदैछ । तर कोरोनाले गर्दा ओलम्पिक हुन्छ कि हुँदैन वा सर्छ भन्ने कौतुहलता धेरैमा छ । यसै अन्योलका बीच पनि ओलम्पिक टर्च […]

प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को बढ्दो संक्रमणको कारण इंग्ल्याण्डको प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित भएको छ । यसअघि अप्रिल पहिलो सातासम्मको लागि प्रिमियर लिग रोकिएको थियो । तर कोरोनाको प्रभाव झन् बढ्न थालेपछि इंग्ल्याण्डको फुटबल एसोसिएसनले अप्रिल अन्तिमसम्मलाई नै लिग स्थगित गरेको हो । एसोसिएसनले बिहीबार प्रिमियर लिगसहित सम्पूर्ण फुटबल गतिविधि स्थगित गरेको जनाएको […]

कर्माछिरिङले आफ्नै नारा बिर्सिए

५ चैत, काठमाडौं । विश्व खेलकुदलाई प्रभावित पारेको नोवल कोरोना (कोभिड–१९) भाइरसबाट नेपाली खेलकुद पनि अछुतो छैन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको शहीद स्मारक बी डिभिजन लिग पनि मंगलबारदेखि रोकिएको छ । तर त्यही लिग सञ्चालन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) मा आन्तरिक विवाद चुलिएको छ । एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको ‘नोट अफ […]

एन्फा विवाद सतहमा, वरिष्ठ उपाध्यक्षले राखे ९ बुँदे फरक मत

५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद सतमा आएको छ । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले एन्फा कार्यसमिति बैठकले गरेका निर्णयमा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेपछि आन्तरिक विवाद छताछुल्ल भएको हो । एन्फा कार्यसमितिको ०७६ माघ २६ गते बसेको बैठकले गरेको निर्णयमा आफ्नो असहमति रहेको भन्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले ९ बुँदे […]

नेपाल र इंग्ल्याण्ड ‘सी’ टिमबीचको मैत्रीपूर्ण फुटबल स्थगित

५ चैत, नेपाली राष्ट्रिय फुटबल टिम र इंग्लयान्डको ‘सी’ टिमबीच हुने मैत्रीपूर्ण खेल स्थागित भएको छ । कोरोना भाइरसले विश्व नै प्रभावित बनेपछि आगामी मे २५ का लागि तय खेल स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । स्थगित खेल कहिले हुन्छ भन्नेबारे केही खुलाइएको छैन । यसबारे पछि निर्णय हुने जनाएको […]