Comments Add Comment

खेलकुद समाचार

List Grid
साफ च्याम्पियनसिप आजदेखि, नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दै

१५ असोज, काठमाडौं। दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । नेपालले पहिलो दिनै घरेलु माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । माल्दिभ्स घरेलु टोलीका साथै डिफेन्डिङ च्याम्पियनसमेत हो । नेपाल र माल्दिभ्सबीद्बको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । यसअघि नेपाल र माल्दिभ्सबीच उद्घाटन खेल […]

युरोपा लिग : लेस्टर सिटी र नापोली पराजित

१५ असोज, काठमाडौं। इंग्लिस क्लब लेस्टर सिटी र इटालियन क्लब नापोली युरोपा लिगमा पराजित भएका छन् । गएराती भएको समूह जी को खेलमा लेस्टर पोलिस क्लब लेगिया वार्सासँग १-० ले पराजित हुँदा नापोली रसियन क्लब स्पार्टाक मस्कोसँग ३-२ ले पराजित भयो । वार्सालाई जित दिलाउन माहिर इम्रेलीले ३१औं मिनेटमा निर्णायक गोल गरे । उनले खेलको […]

केनको ह्याट्रिकमा टोटनहमको शानदार जित

१५ असोज, काठमाडौं। ह्यारी केनको ह्याट्रिक मद्दतमा इंग्लिस क्लब टोटनहमले युरोपा कन्फेरेन्स लिगमा मुरालाई ५-१ ले पराजित गरेको हो । समूह जी अन्तर्गत भएको खेलमा टोनहमका लागि केनले दोस्रो हाफमा ह्याट्रिक गर्दै शानदार जित दिलाए । केनले खेलको ६८औं, ७६औं र ८७औं मिनेटमा गोल गरेका थिए। त्यसअघि डेली अलीले चौथो मिनेटमै अग्रता दिलाएका थिए भने […]

शरदले अन्तिम बलमा छक्का प्रहार गरेपछि भैरहवा र ललितपुरको रोमाञ्चक बराबरी

१४ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीचको खेल बराबरीमा टुंगिएको छ । बिहीबार भएको खेलमा ललितपुरले दिएको ईपीएलको चौथो संस्करणकै सबैभन्दा ठूलो स्कोर १७८ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाका कप्तान शरद भेषवाकरले अन्तिम बलमा छक्का प्रहार गरेपछि स्कोर बराबरी भएको थियो । स्कोर बराबरी भएपछि सुपर ओभर नभई […]

आमाले प्रेमिकालाई बुहारी बनाउन नचाहेपछि तनावमा रोनाल्डो

१४ असोज, कमाठमाडौं। यसै वर्ष युभेन्टसबाट म्यान्चेस्ट युनाइटेड आएका क्रिस्टियानो रोनाल्डोले बुधबारको खेलमा क्लबका लागि महत्वपूर्ण गोल गरे। उनले इन्जुरी समयमा गरेको गोलसँगै युनाइटेडले भिल्लारियललाई २-१ गोल अन्तरले हराउन सफल भयो । यसैबीच रोनाल्डोले प्रेमिका जर्जिना रोद्रिगेजसँग विवाह गर्लान् कि नगर्लान् भनेर कौतुहलता बढेको छ । जर्जिना स्पेनिश मोडेल हुन् । हालै उनलाई रोनाल्डोसँग विहे […]

ईपीएलमा चितवनको लगातार दोस्रो जित

१४ असोज, काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले काठमाडौं किङ्ग्स ११ लाई ३ विकेटले हराएको हो । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि राजेश पुलामीले […]

म्याक्सवेलको अर्धशतकमा बैंगलोरले राजस्थानलाई हरायो

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोएल्सलाई ७ विकेटले पराजित गरेको छ । दुबईमा भएको खेलमा ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपछि राजस्थानले दिएको १५० रनको लक्ष्य बैंगलोरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । म्याक्सेवलले ३० बल खेल्दै ६ चौका र एक छक्का मद्दतमा अविजित […]

च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को कीर्तिमान, युनाइटेडको पुनरागमन जित

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएका छन् । च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै रोनाल्डोले निर्णायक गोल गरेपछि युनाइटेडले भियारिया माथि २-१ को पुनरागमन जित हात पारेको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेल खेल्दै रोनाल्डोले च्याम्पियन्स लिगमा १७८औं खेल खेल्ने कीर्तिमान […]

च्याम्पियन्स लिगमा युभेन्ट्सले चेल्सीलाई हरायो

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्ट्सले इंग्लिस क्लब चेल्सीलाई १-० ले पराजित गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जिताउन फेडेरिको चिएसाले ४६औं मिनेटमा एक मात्र गोल गरे । समूह एचमा लगातार दोस्रो जित हात पारेको युभेन्ट्स ६ अंकसहित शीर्ष स्थानमा छ । पराजित चेल्सी तीन अंकसहित दोस्रो स्थानमा छ । अर्को खेलमा जेनित […]

च्याम्पियन्स लिग : बार्सिलोना बेनफिकासँग पराजित

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन लिग २०२१-२२ खराब प्रदर्शनको सिलसिला कायम राख्दा लगातार दोस्रो हार बेहोरेको छ । समूह ई अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगिज क्लब नफिकासँग बार्सिलोना ३-० ले पराजित भएको हो । वेनफिकालाई घरेलु मैदानमा शानदार जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल गरे । खेलको तेस्रो […]

च्याम्पियन्स लिगमा बायर्नको फराकिलो जित

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा डिनामो किभलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह ई मा लगातार दोस्रो खेल जित्ने क्रममा बायर्नका लागि रोवर्टो लेवान्डोस्कीले दुई गोल गरे । घरेलु मैदान एलिएन्ज एरेनामा लेवान्डोस्कीले १२औं र २७औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई २-० को अग्रता दिलाएका थिए । […]

ईपीएलमा भैरहवासँग विराटनगर पराजित

१३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ६ विकेटले पराजित गरेकाे छ । विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भैरहवाको लागि उपुल थरंगाले अविजित रहँदै ३४ रन बनाए । यस्तै प्रदीप ऐरीले २२ रन जोडे । कप्तान शरद भेषावकर ६ […]

ओलम्पियन्स संघकाे अध्यक्षमा दीपक विष्ट निर्वाचित

१३ असोज, काठमाडौं । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित भएका छन् । संघकाे नयाँ कार्यसमितिका लागि बुधबार भएको निर्वाचनमा नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापालाई पराजित गर्दै तेक्वान्दोका कीर्तिमानी खेलाडी विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा भएको निर्वाचनमा विष्टले ४१ भोट प्राप्त गर्दा […]

ईपीएलमा ललितपुरको लगातार दोस्रो हार

१३ असोज, काठमाडौं । साविक विजेता ललितपुर प्याट्रिओट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा दोस्रो हार बेहोरेको छ । वर्षाका कारण दुई दिनदेखि प्रभावित बनेको ईपीएलमा बुधबार पोखरा राइनोज र ललितपुरबीच पहिलो खेल भएको थियो । ७ ओभरमा छोट्याइएको खेलमा पोखराले ललितपुरलाई ९ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले […]

डर्टमण्ड र अयाक्सको लगातार दोस्रो जित

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्ड र नेदरल्याण्ड्सको अयाक्सले लगातार दोस्रो जित हात पारेका छन् । समूह सी अन्तर्गत गएराती भएको खेलमा डर्टमण्डले पोर्चुगिज क्लब स्पोर्टिङ सिएफलाई १-० ले हरायो । डर्टमण्डका लागि ३७औं मिनेटमा डोनयाल मालेनले गोल गरे । यस्तै अयाक्सले टर्किस क्लब बेसिकटासलाई २-० ले पराजित गरेको छ । अयाक्सको लागि […]

च्याम्पियन्स लिग : रियल घरेलु मैदानमा सेरिफसँग पराजित

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको उपाधि विजेता स्पानिस क्लब रियल मड्रिड मोल्डेभाको एफसी सेरिफसँग पराजित भएको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा च्याम्पियन्स लिगमा डेब्यु गरिरहेको सेरिफले रियललाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो । खेलको २५औं मिनेटमा जासुरबेक याख्सिबाएभले गोल गर्दै सेरिफलाई अग्रता दिलाएका थिए । ६५ […]

एनभीए भलिबल च्याम्पियनसिपमा गण्डकीको रोमाञ्चक जित

१२ असोज, काठमाडौं । गण्डकी प्रदेशले छैटौं डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा मणिमुकुन्द क्लबमाथि रोमाञ्चक जित निकालेको छ । प्रतिस्पर्धात्मक खेलमा भारतीय खेलाडीहरु सम्मिलित गण्डकीले ३–२ को सेटमा खेल जितेको हो । गण्डकीले पहिलो सेट २६–२४ र दोस्रो सेट ३६–३४ को कठिन जित निकालेको थियो । तर तेस्रो सेट मणिमुकुन्दलाई १८–२५ ले र […]

विराजले च्यासलबाट ए डिभिजन लिग खेल्ने

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । विराज मंगलबार च्यासलसँग अनुबन्धित भएका हुन् । ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि शुरु हुँदैछ । पछिल्लो सिजन विराजकै कप्तानीमा मछिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिग जितेको थियो […]

ईपीएल : वर्षाका कारण काठमाडौं र पोखराबीचको खेल स्थगित

१२ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत मंगलबारका लागि तय भएको काठमाडौं किङ्स ११ र पोखरा राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ । दुई दिनदेखि भइरहेको वर्षाका कारण मैदान भिजेकाले खेल प्रभावित बनेको हो । शुरुमा भिजेको मैदान राम्रोसँग सुक्न नपाउँदै थप वर्षा भएपछि लगातार तेस्रो दिनको खेल स्थगित भएको हो । […]

कराते प्रिमियर लिगमा सहभागी हुन अनु आज मस्को जाँदै

१२ असोज । रुसको राजधानी मस्कोमा आयोजना हुने कराते-१ प्रिमियर लिगमा भाग लिन खेलाडी अनु अधिकारीलाई मंगलबार त्यसतर्फ प्रस्थान गदैछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमका बीच साग स्वर्णधारी समेत रहेकी अनुलाई राष्ट्रिय झण्डाका साथ बिदाइ गरे । खेलाडीलाई शुभकामना दिंदै सदस्य–सचिव सिलवालले उक्त प्रतियोगिताले नेपाली खेलाडीहरुको स्तर मापन गर्ने र नेपाललाई […]

साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स पुग्याे नेपाली टाेली

काठमाडौं । साफ च्याम्पियनसिप खेल्न नेपाल राष्ट्रिय पुरुष फुटबल टिम सोमबार माल्दिभ्स पुगेकाे छ । १३ औं संस्करणकाे साफ च्याम्पियनसिप आागामी अक्टाेबर १ देखि १५ अर्थात असाेज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुँदैछ । कतारमा बन्द प्रशिक्षणमा रहेकाे नेपाली टाेली उतैबाट माल्दिभ्स गएकाे हाे । नेपालले साफकाे पहिलाे दिनमै घरेलु टाेली माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ । […]