Comments Add Comment

बलिउड/हलिउड

List Grid
आयकर विभागको छापापछि तापसीको प्रतिक्रिया–‘पेरिसमा मेरो घर छैनँ’

भारतको आयकर विभागले फ्यान्टम फिल्मस्को कार्यलय र यसका शेयर सदस्यहरुको घरमा छापा मार्यो । नायिका तापसी पन्नु, निर्माता अनुराग कश्यप लगायतको घरमा पनि आयकर विभागका कर्मचारीले छापा मारे । यो चलचित्र निर्माण कम्पनीका शेयर सदस्यहरुले ६५० करोडको आयकर छली गरेको आशंका आयकर विभागका कर्मचारीले गरेका छन् । विभागले छापा मारेको ४ दिनपछि नायिका तापसी पन्नुले […]

जान्हवी भन्छिन्–‘मलाई भव्य बिहेदेखि डर लाग्छ’

बलिउड नायिका जान्हवी कपुरले आफूलाई भव्य बिहे मन नपर्ने बताएकी छिन् । भारतीय मिडियासँगको कुराकानीमा उनले आफ्नो बिहे योजना, बिहेमा लगाउने पहिरनको बिषयमा कुरा गरेकी छिन् । जान्हवीले भनिन्–‘मसँग बिहे कस्तो र कहाँ गर्ने भन्ने बिषयमा सुरुवातदेखि नै स्पष्ट तस्वीर छ । म तिरुपतिमा बिहे गर्न चाहन्छु । यो निकै मिठो सम्बन्ध हुनेछ । म […]

अनुराग र तापसीले ६५० करोडको आयकर छलेको आशंका

बुधबार मात्र भारतको आयकर बिभागले बलिउड निर्माता अनुराग कश्यप, नायिका तापसी पन्नु र उनीहरुले संचालन गरिरहेको फ्यान्टम फिल्मस्को अफिसमा छापा मारेको थियो । यस्तै, विभागले फिल्म निर्माण कम्पनी फ्यान्टमका अन्य केही सदस्यहरुको घरमा पनि छापा मार्यो । आयकर विभागका सदस्यहरुले नायिका तापसी पन्नु र फिल्म कम्पनीसँग जोडिएका अन्य सदस्यहरुले फोनबाट सबै डाटा हटाएको शंका गरेका […]

‘राम सेतु’मा अक्षयसँग ज्याकलिन र नुसरत

नायक अक्षय कुमारको २ बर्षको समय प्याक छ । उनको हातमा आधा दर्जन प्रोजेक्ट छन् । अक्षयले लकडाउन खुकुलो भएसँगै चलचित्र ‘बेल बटन’को छायांकन सकेका थिए । यसपछि उनले ‘अतरंगी रे, बच्चन पाण्डे’को छायांकन पनि सकाएका छन् । अक्षय नयाँ चलचित्र ‘रक्षा बन्धन र पृथ्वीराज’को काममा पनि व्यस्त छन् । उनै, अक्षयले केही महिना अगाडि […]

कर छलेको आरोपमा तापसी र अनुरागको घरमा छापा

भारतको आयकर विभागले बलिउड नायिका तापसी पन्नु र निर्देशक अनुराग कश्यपको घरमा छापा मारेको छ । उनीहरुले कर छली गरेको आशंकमा छापा मारिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यस्तै, चलचित्रकर्मी विकास वाहलको घरमा पनि आयकर विभागले छापा मारेको छ । अनुरागको फिल्म निर्माण कम्पनी फ्यान्टमसँग सम्बन्धित रहेर आयकर विभागले छापा मारेको मिडिया रिपोर्टमा उल्लेख […]

नेपाली फ्यानको उपचारमा सोनु सुदको सहयोग

  बलिउड कलाकार सोनु सुदले लकडाउनको समयमा थुप्रै प्रवासी मजदुरलाई उनीहरुको घरसम्म पुर्याउनका लागि काम गरे । सोनुको यो सामाजिक कार्यले खुबै प्रशंसा पायो । लकडाउन सकिएर जनजीवन सामान्य अवस्थामा फर्किएपछि पनि सोनुले सामाजिक कामलाई रोकेका छैनन् । उनले, आर्थिक अभावका कारण उपचार गर्न नसकेका, घर बनाउन नसकेका, अध्ययन गर्न नसकेका मानिसहरुलाई सहयोग गरिरहेका छन् […]

अजयको कार रोक्दै प्रश्न गर्ने यूवक पक्राउ

मंगलबार बिहान एउटा भिडियो सामाजिक संजालमा भाइरल भयो । नायक अजय देवगणको कारलाई रोक्दै एक यूवकले उनीमाथि प्रश्न सोझाएका थिए । २८ बर्षका ती यूवकले अजयले किसानहरुको आन्दोलनको बिषयमा नबोलेको भन्दै उनीमाथि प्रश्न सोझाएका थिए । गोरेगाउँमा रहेको फिल्म सिटीको बाहिर अजयको कार रोक्दै प्रश्न गर्ने यूवकलाई प्रहरीले पक्राउ गरेको छ । राजदिप सिंह नाम […]

यस्तो छ सुनिलका छोरा अहानको ‘तडप’को फस्टलुक

बलिउडमा स्टार किड्सहरुले चलचित्रमा काम गर्नु नयाँ कुरा होइन । यसैले पनि बलिउडमा नेपोटिज्मको बहस चलिरहन्छ । बलिउडमा कुनै समय आफ्नो अभिनयका कारण दर्शकको अत्याधिक माया पाएका नायक सुनिल सेट्टीका छोरा अहान सेट्टीले अभिनय गरेको ‘तडप’ चलचित्रको फस्टलुक सार्वजनिक भएको छ । यो चलचित्रको फस्टलुकलाई नायक अक्षय कुमार र अजय देवगणले सामाजिक संजालबाट सार्वजनिक गरेका […]

अब आलियाको आफ्नै होम प्रोडक्शन

बलिउडमा कलाकारहरुले आफ्नै होम प्रोडक्शन खोल्ने र चलचित्र तथा वेव सिरिज बनाउने लहर नै चलेको छ । नायिका दीपिका पादुकोणले आफ्नै होम प्रोडक्शन संचालन गरेर चलचित्र निर्माणमा हात हालेकी छिन् । अब, नायिका आलिया भट्टले पनि होम प्रोडक्शन संचालनमा ल्याएकी छिन् । आलियाले सामाजिक संजालबाट यसको बारेमा जानकारी दिदै होम प्रोडक्शन सुरु गर्न पाउँदा खुशी […]

मुम्बई क्राइम ब्रान्चले गर्यो ऋतिकसँग ३ घन्टा सोधपुछ

सन् २०१६ मा नायिका कंगना रनौत र नायक ऋतिक रोशनविच इमेलको विवाद चलेको थियो । यो विवादको बिषयमा मुम्बई क्राइम ब्रान्चले शनिबार ऋतिकसँग ३ घन्टा लामो सोधपुछ गरेको छ । ऋतिकले मिडियासँग भने कुनै पनि प्रतिक्रिया दिन मानेनन् । भारतीय मिडियाका अनुसार, ऋतिकको बयानविच मुम्बई क्राइम ब्रान्चले कंगनासँग पनि फेरि सोधपुछ गर्न सक्नेछ । सन् […]

‘चेहरे’को पोष्टरमा तस्वीर नअटाएपछि निराश रिया

नायक सुशान्त सिंह राजपुतको निधनपछि नायिका रिया चक्रवर्ती निरन्तर विवादमा छिन् । यतिमात्र होइन, उनले सुशान्तको निधनपछि जिन्दगीमा निक्कै ठूलो तनाव झेलिसकेकी छिन् । उनी, ड्रग्सको मुद्दामा केही समय हिरासतमा समेत बसिन् । अब, भने रिया आफ्नो जिन्दगीलाई नयाँ तरिकाले अगाडि बढाउने सोचमा छिन् । तर, बलिउडले अझै पनि उनको खुलेर स्वागत गर्न सकेको छैन […]

‘गंगुबाई काठियावाडी’को टिजरमा आलियाको प्रशंसा

नायक सुशान्त सिंह राजपुतको निधन भएपछि बलिउडमा नेपोटिज्मको बहस खुबै चर्कियो । यो बहसको निशानामा परिन् नायिका आलिया भट्ट । आलियाको चलचित्र बहिष्कार गर्नुपर्ने माग उठ्यो । उनले अभिनय गरेको चलचित्र ‘सडक २’को ट्रेलर र गीतमा लाइक भन्दा डिसलाइक धेरै आयो । चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज भयो । बलिउडमा नेपोटिज्मको बहस यसरी चर्किएको थियो कि, […]

बक्स अफिसमा प्रभाष र आलियाको भिडन्त

साउथका नायक प्रभाषको क्रेज सिंगो भारतमा बढेको छ । चलचित्र ‘बाहुबली र बाहुबली २’ले भारतमा धुम मच्चाएपछि प्रभाषको माग चुलिएको हो । उनै, प्रभाषले अभिनय गरेको चलचित्र ‘राधे श्याम’ जुलाइको ३० तारिखबाट रिलिज हुने पक्का भैसकेको छ । यो चलचित्र विभिन्न ४ भाषामा रिलिज हुँदैछ । तर, अब यो मितिमा नायक प्रभाषलाई नायिका आलिया भट्टले […]

साहरुखको ‘डार्लिग्स’मा आलिया

नायक साहरुख खान र नायिका आलिया भट्टले चलचित्र ‘डियर जिन्दगी’मा काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्यो । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्रीलाई पनि रुचाइयो । अब, साहरुख र आलिया फेरि नयाँ चलचित्रको लागि सहकार्य गर्दैछन् । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्री भने देख्न पाइने छैन । साहरुखको ब्यानर रेड चिल्ली […]

बिग बोसको १४ संस्करणको विजेता बनिन् रुबिना

काठमाडौं । भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो । यद्यपि मत सर्वेक्षणहरुमा रुबिना नै अगाडि देखिइएकी थिइन् । रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक […]

११ बलिउड फिल्मको रिलिज डेट घोषणा

कोरोनाका कारण सुनसान बनेको विश्वकै दोश्रो ठूलो चलचित्र उद्योग बलिउड विस्तारै पखेटा फिजाउने तयारीमा छ । लकडाउनका कारण नयाँ चलचित्रको रिलिज डेट घोषणा हुन नसक्दा हलमा पुरानै चलचित्र चलिरहेका छन् । तर, अब भने धमाधम बलिउड चलचित्रको रिलिज मिति घोषणा गर्न थालिएको छ । विगत ३ दिनमा मात्र ११ वटा चलचित्रको रिलिज मिति फाइनल गरिएको […]

दोश्रो पटक आमा बनिन् करिना

नायिका करिना कपुर आमा बनेकी छिन् । आज बिहान उनले मुम्बइको ब्रिच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । भारतीय मिडियाका अनुसार, करिनालाई शनिबार बेलुकी अस्पताल भर्ना गरिएको थियो । करिना अस्पताल भर्ना हुनु भन्दा अगाडि पनि काममा नै व्यस्त थिइन् । उनले, एक विज्ञापनको छायांकन शनिबार नै गरेकी थिइन् । गर्भवती भएको समयमा पनि […]

बलिउडमा करिअर चम्किएपछि पूजाले किनिन् महंगो रकममा घर

साउथकी सफल नायिका पूजा हेग्डेको करिअर बलिउडमा पनि चम्किरहेको छ । एकपछि अर्को हिट ब्यानरमा उनी आवद्ध भैरहेकी छिन् । उनी, नायक सलमान खानसँग चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्ने तयारीमा छिन् । उनी, नायक रणवीर सिंहको मुख्य भूमिका रहने चलचित्र ‘सर्कस’मा पनि काम गर्दैछिन् । यस्तै, नायक प्रभाषसँग चलचित्र ‘राधे श्याम’मा पनि उनले […]

तिहारमा अक्षय र साहिदको भिडन्त पक्का

सन् २०२१ मा बलिउडका स्टार कलाकारहरुको भिडन्त हुने देखिएको छ । गतबर्ष चलचित्र नै रिलिज हुन नपाएपछि यो बर्ष धेरै चलचित्रहरु थुप्रिएका छन् । जसलेगर्दा, बक्स अफिस भिडन्त पक्का जस्तै छ । सन् २०२१ को तिहारमा नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को निर्माणपक्षले प्रदर्शन मिति तय गरेको थियो । बलिउड मेकरहरु तिहारलाई राम्रो कमाई गर्ने […]

फेरि विवादमा रिहाना

गायिका रिहानाले केही दिन अगाडि सामाजिक संजाल ट्विटरबाट भारतमा चलिरहेको किसानको आन्दोलनलाई समर्थन गरिन् । यसपछि, उनको चर्चा भारतमा खुबै भयो । बलिउडका कलाकारहरुले रिहानाको ट्विटमा प्रतिक्रिया जनाए । उनै, रिहानाले फेरि एक टपलेस तस्वीर सार्वजनिक गर्दै ट्विटरमा चर्चा बटुलिरहेकी छिन् । रिहानाको तस्वीर भारतमा निकै चर्चामा छ । ट्विटरमा रिहानाले टपलेस फोटो सार्वजनिक गरेकी […]

स्टार किड्स नशामा रमाउँछन् भन्नु गलत होः सुनिल सेट्टी

बलिउड नायक सुनिल सेट्टीले स्टार किड्सको विरुद्धमा भैरहको प्रचारबाजीले आफूलाई चिन्तामा डुबाएको बताएका छन् । उनले एक भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘म आफ्नो बच्चालाई लिएर चिन्तित छैनँ । सामान्य रुपमा मलाई बलिउडमा काम गरिरहेका स्टारका सन्तानको बिषयमा चिन्ता उत्पन्न भएको छ । यो उद्योगमा काम गर्ने हरेक स्टारको बच्चाले लागूपदार्थ सेवन गर्छन् भन्ने सोच […]