Comments Add Comment

बलिउड/हलिउड

List Grid
प्रमोद र रिस्ताको ‘ए’ तिहारमा रिलिज हुने

विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘ए’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको छायांकन केही दिन अगाडि मात्र सुरु गरिएको थियो । यो चलचित्रलाई आगामी बर्षको तिहारमा रिलिज गर्ने निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई करण श्रेष्ठले वितरण गर्नेछन् । उनले चलचित्र तिहारमा ल्याउने पक्का भएपनि कुन दिनबाट रिलिज गर्ने भन्ने जानकारी […]

धर्मा प्रोडक्शनबाट बलिउडमा डेब्यू गर्दै सनाया

बलिउडको शक्तिशाली फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्शनले स्टार किड्सहरुलाई बलिउडमा डेब्यू गराउँदै आएको छ । यसैले, पनि धर्माका प्रमुख करण जोहरलाई बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउन प्रमुख भूमिका खेल्ने गरेको आरोप समेत लाग्दै आएको छ । तर, पनि धर्माले स्टार किड्सहरुलाई डेब्यू गराउन भने छाडेको छैन । अब, धर्माले एक स्टार किड्सलाई बलिउडमा डेब्यू गराउने तयारी […]

रानीको जन्मदिनमा ‘मिसेस चटर्जी भर्सेस नर्वे’को घोषणा

बलिउड नायिका रानी मुखर्जी आज आफ्नो ४३ औं जन्मदिन मनाइरहेकी छिन् । सन् १९७८ मार्च २१ मा जन्मिएकी रानीको जन्मदिनको अवसर पारेर नयाँ चलचित्रको घोषणा गरिएको छ । रानीको मुख्य भूमिका रहने चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’को घोषणा गरिएको हो । यो चलचित्रले एक आमाको संघर्ष र लडाइको कथा भन्नेछ । वास्तविक कथामा बन्न लागेको […]

जोन र इमरानको ‘मुम्बई सागा’ले पनि तानेन दर्शक

भारतमा हल खुलेपनि दर्शकले चलचित्र हेर्न खासै रुची देखाएका छैनन् । बलिउडका नाम चलेका कलाकारका चलचित्रमा पनि दर्शकको उपस्थिती फितलो हुँदा प्रदर्शक र निर्मातालाई टाउको दुखाइको बिषय बनेको छ । शुक्रबारदेखि बलिउडका दुई सफल नायक जोन अव्राहिम र इमरान हाश्मी अभिनित चलचित्र ‘मुम्बई सागा’ रिलिज भएको छ । यो चलचित्रले हलसम्म दर्शक तान्ने अपेक्षा धेरैको […]

अदालतमा एन्जेलिनाको दस्तावेजः ‘ब्राडको विरुद्धमा घरेलु हिंसाको प्रमाण पेश गर्न सक्छु’

२ बर्ष अगाडि एक अर्कासँग अलग भैसकेका हलिउड नायक ब्राड पिट र नायिका एन्जेलिना जोलीको डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ । अब, यो मुद्दामा नयाँ मोडल आएको अन्तरराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार, एन्जेलिनाले अदालतमा एक दस्तावेज प्रस्तुत गर्दै ब्राडले गरेको घरेलु हिंसाको विरुद्धमा प्रमाण पेश गर्न सक्ने उल्लेख गरेकी छिन् । […]

एक सातामा जानवीको ‘रुही’ले कमायो १७ करोड

बलिउड चलचित्र विस्तारै हलमा दर्शक तान्न सक्रिय देखिएका छन् । महंगो बजेटमा बनेका स्टार कलाकारका चलचित्र अझै रिलिज भएका छन् । यसैले पनि बक्स अफिसमा दर्शकको चाप उच्च देखिएको छैन । एक साता अगाडि रिलिज भएको चलचित्र ‘रुही’ले बक्स अफिसमा औषत व्यापार गरेको छ । यो चलचित्रले एक सातामा १६.४१ करोडको कमाई गरेको भारतीय मिडियाले […]

सलमानलाई जोनको कडा चुनौती

बलिउडमा इद पर्व भन्ने वित्तिकै सलमान खानसँग जोडिन्छ । हरेक बर्षको इदमा सलमान खानको चलचित्र रिलिज हुने गरेका छन् । यसैले, यो मितिमा अन्य निर्माता चलचित्र रिलिज गर्न डराउँछन् । तर, यसपटक भने नायक सलमान खानलाई अर्का नायक जोन अब्राहिमले कडा चुनौती दिएका छन् । जोनले अभिनय गरेको ‘सत्यमेव जयते २’ पनि इदमा रिलिज हुने […]

सय करोडको ‘बाहुबलीः विफोर दि विगिनिङ’को छायांकन रद्द

नेटफ्लिक्सले ‘बाहुबलीः विफोर दि विगिनिङको छायांकन रद्द गरेको छ । नेटफ्लिक्सले यो कदम उठाउनुको कारण, यसको गुणस्तरमा कुनै पनि संझौता नगर्नका लागि हो । अब, नेटफ्लिक्सले यो शोको बजेट बढाएको छ । यसअघि एक सय करोडमा बन्न लागेको यो शोको बजेट अब २ सय करोड पुर्याइएको छ । नेटफ्लिक्सले यो शोलाई ९ भागमा बनाउने बताएको […]

जन्मदिनकै दिन सामाजिक संजालबाट टाढा भए आमिर

बलिउड नायक आमिर खानले आफूले सधैका लागि सामाजिक संजाल छाडेको उल्लेख गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो सन्देश सार्वजनिक गर्दै आमिरले काममा अझै ध्यान दिनका लागि आफूले सामाजिक संजाल छाडेको बताएका छन् । आमिरले आफ्नो जन्मदिनको शुभकामना दिने सबै फ्यानलाई धन्यवाद दिदै यही पोष्ट नै सामाजिक संजालका लागि अन्तिम हुने बताएका थिए । सामाजिक […]

२८ बर्षमा आलिया, करण जोहरको घरमा बर्थडे पार्टी

बलिउड नायिका आलिया भट्ट आजबाट २८ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९९३ मार्च १५ मा आलियाको मुम्बइमा जन्मिएको हो । निर्देशक महेश भट्ट र सोनी राजदानको कोखबाट जन्मिएकी आलियाले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा पाइला राखेकी हुन् । उनले यो चलचित्रका लागि १६ केजी तौल घटाएकी थिइन् । यो चलचित्रका लागि ४ सय […]

५५ बर्षका भए आमिर खान

बलिउडमा मिस्टर परफेक्सनिष्टको नामले परिचित नायक आमिर खान आज आफ्नो ५५ औं जन्मदिन मनाउँदैछन् । आमिरको जन्मदिनमा उनलाई सामाजिक संजालमा बलिउडकर्मी र उनका फ्यानले शुभकामना दिइरहेका छन् । मार्च १४ मा जन्मिएका आमिरको पुरा नाम आमिर हुसेन खान हो । उनी, एक नायकसँगसँगै चलचित्र लेखक, निर्माता, निर्देशक, कार्यक्रम संचालक समेत हुन् । आमिरले सन् १९८८ […]

रोहितको जन्मदिनमा ‘सूर्यवंशी’को रिलिज डेट घोषणा

निर्देशक रोहित सेट्टीको जन्मदिनको अवसर पारेर चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक सेट्टीले सामाजिक संजालमार्फत यो चलचित्र अप्रिल ३० मा रिलिज हुने बताएका छन् । यसअघि चलचित्र अप्रिल २ मा रिलिज हुने चर्चा थियो । तर, महाराष्ट्रमा कोभिड संक्रमितको संख्या बढ्न थालेपछि चलचित्रको रिलिज मिति अन्यौलमा थियो । रोहितले सामाजिक संजालमा लेखेका […]

राजकुमार र जान्हवीको ‘रुही’लाई कमजोर समिक्षा

बिहिबारदेखि नयाँ बलिउड चलचित्र ‘रुही’ रिलिज भएको छ । हार्दिक मेहत्ताको निर्देशनमा तयार भएको यो चलचित्रमा राजकुमार राव, जान्हवी कपुर र बरुण शर्माको अभिनय छ । २ घन्टा २५ मिनेट लामो यो चलचित्रले हलसम्म दर्शक तान्ने अपेक्षा बलिउड पण्डितहरुको छ । तर, चलचित्रले समिक्षा निकै नै कमजोर पाएको छ । चलचित्रको कथा, पटकथा र संवाद […]

अप्रिल २ मा अक्षयको ‘सूर्यवंशी’ रिलिज नहुने

बलिउडमा ठूला चलचित्र रिलिज भएका छैनन् । यसैले, हलमा दर्शकको संख्या पनि न्यून छ । बीग बजेटका चलचित्र रिलिज नभएसम्म दर्शक हलसम्म नआउने आँकलन बलिउड पण्डितहरुको छ । यतिबेला सबैको ध्यान नायक अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’माथि छ । यो चलचित्र अप्रिल २ बाट रिलिज हुने पक्का जस्तै थियो । तर, यसको मेकरले अब भने अप्रिल […]

नवाजुद्दिनकी श्रीमतीले फिर्ता लिइन् डिभोर्सको मुद्दा

बलिउड कलाकार नवाजुद्दिन सिद्दिकी विगत केही समयदेखि पारिवारिक उल्झनमा फसेका थिए । पत्नी आलियाले डिभोर्सका लागि अदालतमा फाइल दर्ता गराएपछि उनी समस्यामा परेका थिए । यसपछि, आलियाले नवाजुद्दिनका बिषयमा थुप्रै आरोप समेत लगाएकी थिइन् । तर, अब भने आलियाले डिभोर्सको मुद्दा फिर्ता लिएकी छिन् । भारतीय मिडियाका अनुसार, उनले आफ्ना सन्तानको खुशीका लागि डिभोर्सको मुद्दा […]

रणवीर कपुरलाई कोरोना

भारतको महाराष्ट्र सरकारले कोभिडका विरामीको संख्या बढ्न थालेकोले सचेतना अपनाउन आग्रह गरिरहेको छ । विश्वभर नै कोभिडका विरामी बढेको भन्दै डब्लुएचओले पनि सचेत रहन आग्रह गरिसकेको छ । भारतमा केही महिना लकडाउन भएको थियो । पछिल्लो केही महिनादेखि भने भारतका सबै क्षेत्र खुलेका छन् । बलिउड चलचित्र रिलिज तथा छायांकनका लागि सरकारले अनुमती दिएपछि काम […]

बीजेपीमा प्रवेश गरे मिथुन

बलिउड नायक मिथुन चक्रवर्ती औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । कोलकत्तामा आइतबार आयोजना भएको र्यालीमा सहभागी हुँदै मिथुनले आफू औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेको उद्घोष गरेका हुन् । उनी, यसअघि राज्य सभाको सदस्य समेत भैसकेका छन् । उनलाई बीजेपीका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । मिथुन पार्टीमा आउनु ऐतिहासिक भएको […]

आयकर विभागको छापापछि तापसीको प्रतिक्रिया–‘पेरिसमा मेरो घर छैनँ’

भारतको आयकर विभागले फ्यान्टम फिल्मस्को कार्यलय र यसका शेयर सदस्यहरुको घरमा छापा मार्यो । नायिका तापसी पन्नु, निर्माता अनुराग कश्यप लगायतको घरमा पनि आयकर विभागका कर्मचारीले छापा मारे । यो चलचित्र निर्माण कम्पनीका शेयर सदस्यहरुले ६५० करोडको आयकर छली गरेको आशंका आयकर विभागका कर्मचारीले गरेका छन् । विभागले छापा मारेको ४ दिनपछि नायिका तापसी पन्नुले […]

जान्हवी भन्छिन्–‘मलाई भव्य बिहेदेखि डर लाग्छ’

बलिउड नायिका जान्हवी कपुरले आफूलाई भव्य बिहे मन नपर्ने बताएकी छिन् । भारतीय मिडियासँगको कुराकानीमा उनले आफ्नो बिहे योजना, बिहेमा लगाउने पहिरनको बिषयमा कुरा गरेकी छिन् । जान्हवीले भनिन्–‘मसँग बिहे कस्तो र कहाँ गर्ने भन्ने बिषयमा सुरुवातदेखि नै स्पष्ट तस्वीर छ । म तिरुपतिमा बिहे गर्न चाहन्छु । यो निकै मिठो सम्बन्ध हुनेछ । म […]

अनुराग र तापसीले ६५० करोडको आयकर छलेको आशंका

बुधबार मात्र भारतको आयकर बिभागले बलिउड निर्माता अनुराग कश्यप, नायिका तापसी पन्नु र उनीहरुले संचालन गरिरहेको फ्यान्टम फिल्मस्को अफिसमा छापा मारेको थियो । यस्तै, विभागले फिल्म निर्माण कम्पनी फ्यान्टमका अन्य केही सदस्यहरुको घरमा पनि छापा मार्यो । आयकर विभागका सदस्यहरुले नायिका तापसी पन्नु र फिल्म कम्पनीसँग जोडिएका अन्य सदस्यहरुले फोनबाट सबै डाटा हटाएको शंका गरेका […]

‘राम सेतु’मा अक्षयसँग ज्याकलिन र नुसरत

नायक अक्षय कुमारको २ बर्षको समय प्याक छ । उनको हातमा आधा दर्जन प्रोजेक्ट छन् । अक्षयले लकडाउन खुकुलो भएसँगै चलचित्र ‘बेल बटन’को छायांकन सकेका थिए । यसपछि उनले ‘अतरंगी रे, बच्चन पाण्डे’को छायांकन पनि सकाएका छन् । अक्षय नयाँ चलचित्र ‘रक्षा बन्धन र पृथ्वीराज’को काममा पनि व्यस्त छन् । उनै, अक्षयले केही महिना अगाडि […]