Comments Add Comment

बलिउड

List Grid
के सोनाली र दियासँग सोयब अख्तरको प्रेम थियो ?

बेलायतमा जारी विश्वकप क्रिकेटमा भारतसँगको खेलमा पाकिस्तानले खराब प्रदर्शन गरेपछि अहिले पाकिस्तानी टिमका खेलाडी सोयब मलिकको आलोचना भैरहेको छ । साथमा, सोयबको आलोचना भैरहँदा उनकी पत्नी सानिया मिर्जाको पनि ट्रोल बनिरहेको छ । योसँगै पाकिस्तानका सफल क्रिकेट खेलाडी सोयब अख्तरको बलिउडका २ नायिकासँगको प्रेम सम्बन्धको खबर फेरि चर्चामा छ । यी बिषयमा लामो भिडियो सार्वजनिक […]

‘गुलाबो सिताबो’मा अमिताभको यस्तो लुक्स

बलिउडका चर्चित नायक अभिताभ बच्चन अहिले नयाँ चलचित्र ‘गुलाबो सिताबो’को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई सुजित सरकारले निर्देशन गरिरहेका छन् । चलचित्रको काम भैरहँदा यसको निर्माणपक्षले नायक बच्चनको लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक तस्विर हेर्दा जो कोहीलाई पनि अभिताभलाई चिन्न गाह्रो हुन्छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा […]

परिणिती भन्छिन्–‘अर्जुनको किस गर्ने तरिका फरक र गज्जबको छ’

पछिल्लो समय नायिका परणिती चोपडा आगामी चलचित्र ‘साइना नेहवाल’लाई लिएर निकै चर्चामा छिन् । यो चलचित्रमा परणितीले ब्याड्मिन्टन खेलाडी साइना नेहवालको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो चलचित्रको लागि परिणितीले गरेको मिहिनेतको भने चर्चा भइरहेको छ । हालै मात्र एक अन्र्तवार्तामा परिणितीलाई उनले काम गरिसकेका २ नायकको बिषयमा […]

म्याडम तुसादमा प्रियंकाको मैनको स्ट्याच्यू

लण्डनको म्याडम तुसादमा बलिउड र हलिउडका चर्चित कलाकारको मैनको स्ट्याच्यू छ । यो म्यूजियममा पुग्ने अधिकांश दर्शकहरुले कलाकारको स्ट्याच्यूसँग तस्वीर खिचाएर खुशी व्यक्त गर्छन् । बलिउडका सुपरस्टारहरुको मैनको स्ट्याच्यू यहाँ देख्न पाइन्छ । यसैले म्याडम तुसाद विश्वमै पर्यटकिय दृष्टिकोणबाट प्रख्यात छ । यसैविच, मंगलबार मात्र बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको स्ट्याच्यू यहाँ राखिएको छ । […]

‘पीकु’मा काम नगर्नु जिन्दगीकै ठूलो गल्तीः परिणिती

सन् २०१५ मा रिलिज भएको ‘पीकु’ निकै सफल चलचित्र हो । यो चलचित्रबाट नायिका दीपिका पादुकोणले धेरै अवार्डहरु जितेकी थिइन् । यो चलचित्रमा दीपिकाले नायक इरफान खानको जोडी भएर काम गरेकी थिइन् भने दीपिकाको पिता अभिताभ बच्चन बनेका थिए । चलचित्र रिलिजको समयमा निर्देशकले नायिका पादुकोण पहिलो रोजाई नभएको खुलाएका थिए । उनले यसो भन्दै […]

किन निस्कियो करिनाले राहुलसँग डेट गर्न चाहेको प्रसंग ?

आज भन्दा १७ बर्ष अगाडि नायिका करिना कपुरले भारतका चर्चित नेता राहुल गान्धीसँग डेट गर्न मन लागेको बताएकी थिइन् । एक अन्तरवार्तामा कोसँग डेट जान मन छ भनेर सोधिएको प्रश्नमा उनले राहुल गान्धीको नाम लिएकी थिइन् । उनले भनेकी थिइन्–‘के म राजनीतिज्ञको नाम लिन सक्छु । मलाई थाहा छैन यो भन्न हुन्छ कि हुँदैन । […]

ऋतिकको विवादस्पद प्रेम जीवन

बलिउड नायक ऋतिक रोशन अहिले एक्लो भएका छन् । श्रीमति सुजैन खानसँगको डिभोर्सपछि उनी एक्लो भएका हुन् । ऋतिक र सुजैनका दुई छोरा छन् । छोराहरुका लागि भनेरै उनीहरुले डिभोर्सपछि पनि आफ्नो सम्बन्धलाई टाढा बनाएका छैनन् । ऋतिक र सुजैनको डिभोर्सको मुख्यकारण शंका गर्ने बानी भनिएको छ । ऋतिक र सुजैन बिच पहिलो खटपट ऋतिकले […]

‘कबिर सिंह’ पश्चात बेरोजगार साहिद

बलिउड नायक साहिद कपुरलाई भर्सटाइल कलाकारको रुपमा लिइन्छ । उनले हरेक चलचित्रमा केही न केही फरक प्रस्तुती दिइरहेका हुन्छन् । उनको अभिनयको प्रशंसक धेरै छन् । अहिले साहिद आफ्नो नयाँ चलचित्र ‘कबिर सिंह’को प्रचारमा व्यस्त छन् । चलचित्रको ट्रेलर रिलिज भइसकेको छ । ट्रेलरले निकै राम्रो चर्चा पाइरहदाँ साहिदको कामको पनि निकै चर्चा भइरहेको छ […]

‘मि टू’ प्रकरणमा तनुश्रीले मागिन् मोदीको साथ

सन् २००८ मा एक चलचित्रको छायांकनको क्रममा आफूमाथि नायक नाना पाटेकरले यौन हिंसा गरेको भन्दै बलिउड नायिका तनुश्री दत्ताले प्रहरीमा उजुरी गरेपछि केही समय अगाडि बलिउडमा ‘मि टू’ प्रकरण खुबै तात्यो । चलचित्रको छायांकनको क्रममा बारम्बार आफूमाथि नानाले यौन हिंसा गरेको आरोप लगाउँदै तनुश्रीले आवाज उठाएपछि अन्य केही बलिउड नायिका पनि यो बिषयमा बोलेका थिए […]

बेली डान्स गर्दा जान्वीलाई गाली नै गाली

बलिउड नायिका जान्वी कपुरले बेली डान्स गरेको भिडियो इन्स्टाग्राममा पोस्ट भएपछि उनलाई गाली गर्नेको समुह ठूलो देखिएको छ । जान्वीले बेली डान्सको बेइज्जत गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् । जान्वीले हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । धेरैले उनले गरेको डान्स बेली डान्स नभएको भन्दै गाल गरेका छन् । कतिपयले जान्वीको अभिनयलाई […]

सारा र इशानको जोडी पर्दामा

चलचित्र ‘सिम्बा’बाट निकै चर्चा कमाएकी नायिका साराअली खानको क्रेज अहिले लोभलाग्दो बनिसकेको छ । उनको व्यस्ता पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल सारा चलचित्र ‘लभ आजकल २’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा साराले आफ्नो ‘क्रस’ कात्तिक आर्यनसँग रोमान्स गरिरहेकी छिन् । यस्तैमा साराले नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको छ । बलिउड […]

कंगनाको आरोप–‘करणले पैसा खुवाएर मेरो फिल्मलाई ‘झुर’ भन्न लगाए’

बलिउड नायिका कंगना रनावतको विवादस्पद छविले उनलाई सधै चर्चामा ल्याउने गर्दछ । कंगना रनावतले बलिउडका अन्य कलाकारसँग दुश्मनी मोल्न कहिले छाडेकी छैनन् । कंगनासँगै उनको बहिनी पनि अरुलाई आरोप लगाउन र तर्क गर्न सिपालु छिन् । केही समय अगाडि मात्रै बहिनी रंगोलीले कंगनाले बलिउडका हस्तीहरुको चलचित्र छोडेको तर्क दिएकी थिइन् । उनले कंगनालाई हिरोको उपमा […]

‘मि टू’ प्रकरणमा नाना पाटेकरलाई ‘क्लिन चिट’

बलिउड नायिका तनुश्री दत्तले गतबर्ष ‘मि टू’ प्रकरणमा मुख खोलेपछि यसले भारतमा ठूलै चर्चा पायो । यसपछि, अन्य नायिकाहरुले पनि आफूमाथि भएको यौन हिंसाको बिषयमा मुख खोले । तनुश्रीले नानाको विरुद्धमा मुम्बई प्रहरीमा उजुरी समेत दिएकी थिइन् । तर, मुम्बई प्रहरीले कुनै पनि प्रमाण नभेटिएको भन्दे यो मुद्दामा नानालाई ‘क्लिन चिट’ दिएको छ । नानालाई […]

अजयसँग तुलना गर्दा यसो भन्छन् अक्षय

बलिउड नायक अक्षय कुमार चलचित्र ‘सूर्यवंशी’को छायांकनमा व्यस्त छन् । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षयको जोडीको रुपमा नायिका कट्रिना कैफ छिन् । अक्षयले यो चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दैछन् । अहिले अक्षयको तुलना अर्का बलिउड नायक अजय देवगणसँग भइरहेको छ । रोहितको निर्देशनमा बनेको चलचित्र ‘सिंघम’मा अजय देवगण प्रहरी बनेका थिए । […]

दीपिकालाई १४ करोड पारिश्रमिक

बलिउड नायिका दीपिका पादुकोण चलचित्र ‘छप्पक’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा दीपिकाले एसिड पिडित युवतीको भूमिका निर्वाह गरिरहेको छिन् । केही दिन अघि मात्र दीपिकाले नायक रणवीर सिंहसँग नयाँ चलचित्रमा काम गर्ने समचार बाहिरिएको थियो । ‘८३’ नामक चलचित्रमा रियल लाइफ जोडी रणवीर र दीपिकाले स्क्रिन शेयर गर्न लागेको खबर बाहिरिएको थियो । ‘८३’मा […]

तैमुरका कारण सैफको फेरियो दैनिकी

बलिउड नायक सैफअली खान कुनै समय बलिउडमा निकै खोजिने र रुचाइएको नाम हो । अहिले पनि सैफको क्रेज राम्रो छ । उनी लगातार चलचित्रमा काम गरिरहेका छन् । सैफलाई ‘भूत पुलिस, जवानी जानेमन, तन्हाजी’ लगायत चलचित्रमा दर्शकले देख्न पाउनेछन् । यस्तैमा, सैफले आफूलाई ८ बजेपछि सुटिङ गर्न मन नलाग्ने बताएका छन् । हालै एक मिडियामा […]

कसले गर्यो अमिताभको ट्विटर ह्याक ?

बलिउडका चर्चित नायक अमिताभ बच्चनको ट्विटर ह्याक भएको छ । टर्कीको एक ग्रुपले उनको ट्विटर एकाउन्ट ह्याक गरेको हो । अमिताभ बच्चनको एकाउन्ट ह्याक गरेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ र पाकिस्तानलाई माया गर्ने लेखिएको छ । अमिताभ ट्विटरमा निकै नै सक्रिय छन् । ३ करोड ७० लाख भन्दा बढी फ्यान फलोअर्स भएका […]

‘रंग दे बसन्ती’मा काम नगरेकोमा पछुतो लाग्छ’: साहिद

बलिउड साहिद कपुरलाई बलिउडको भर्सटायल नायकको रुपमा हेर्ने गरिन्छ । उनी हरेक चलचित्रमा आफूलाई केही न केही फरक अवतारमा प्रस्ततु गरिरहेका हुन्छन् । ‘हैदर, जब वि मेट, कमिने, रंगून, पद्मावत’लगायत चलचित्रबाट उनले आफूलाई भर्सटायल कलाकारको रुपमा परिचित गराइसकेका छन् । अहिले साहिद नयाँ चलचित्र ‘कबिर सिंह’को प्रचारमा व्यस्त छन् । चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ […]

कार्तिकको लोभलाग्दो क्रेज

बलिउडमा अहिले नायक कार्तिक आर्यनको चर्चा निकै चुलिएको छ । ‘सोनु कि टिटु की स्वीटी’को सफलतापछि उनी चर्चामा आएका थिए । अझ, ‘लुका छुप्पी’ले बक्स अफिसमा कमालको व्यापार गरेपछि उनको क्रेज गज्जब बनेको छ । अहिले कार्तिक नायिका साराअली खानसँग जोडी बाधेर चलचित्र ‘लभ आज कल २’को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा काम गरिरहँदा […]

भारतले जितेपछि पूनमको यस्तो हर्कत

बलिउडकी मोडल पूनम पाण्डे सधै नै विवादित छिन् । पूनम पाण्डे अश्लिल हाउभाउका कारण बढी विवादित बन्छिन् । उनको हातमा अहिले चलचित्र छैन । बलिउडमा जम्ने उनको योजना खासै सफल भएन । पाण्डे अहिले सामाजिक संजालमा उत्तेजक तस्वीर राखेर चर्चामा छिन् । उनै पाण्डेले आइतबार बेलुकी भएको भारत र अष्ट्रेलियाविचको विश्वकप क्रिकेट खेलपछि एउटा उत्तेजक […]

सलमानको १४ वटा फिल्म सय करोड क्लबमा

बलिउडमा नायक सलमान खानले नयाँ नयाँ रेकर्ड राखिरहेका छन् । चलचित्र हिट वा फ्लपले उनको करिअरलाई कुनै पनि असर पारेको छैन । किनकी, सलमान खानले बनाएको रेकर्ड तोड्न बलिउडका अन्य नायकलाई मुश्किल पर्ने देखिएको छ । नायक खान अभिनित नयाँ चलचित्र ‘भारत’ अहिले बक्स अफिसमा राम्रो कमाइका साथ चलिरहेको छ । यो चलचित्रले रिलिजको चौथो […]