+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

१७ वैशाखदेखि ‘आरबीबी म्युचुअल फन्ड २’ का इकाइहरु निष्कासन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १३:०३

४ वैशाख, काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने आरबीबी म्युचुअल फन्ड–२ का इकाइहरु १७ वैशाखदेखि बिक्री खुला हुने भएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाइ बिक्री खुला गर्न लागिएको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

निष्कासन हुने कुल इकाइमध्ये १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखिएको जनाएको छ । बाँकी १० करोड २० लाख इकाइ सार्वजनिक निष्कासन मार्फत बिक्री गर्ने आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

उक्त योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन् । उक्त योजनाको निष्कासन बन्द छिटोमा २१ वैशाख र ढिलोमा ३१ वैशाखमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?