
काठमाडौं । होन्डा टु व्हिलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा साइन र होन्डा ग्राजिया बाइकमा दुई आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकले अर्डर गरेअनुसार होन्डा साइनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउने कम्पनीले जनाएको छ । यदि उक्त समयभित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन् । यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ ।
होन्डा ग्राजियाको योजनामा, नयाँ होन्डा ग्राजिया खरिद गर्ने ग्राहकहरुले केवल १ रुपैयाँमा ३ वर्षका लागि सर्भिसिङ र स्पेयर पार्टस्को लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहक वर्गले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्ने कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4