+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मापदण्डविपरीत खोला उत्खननमा पालिकाका कर्मचारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १७:२७

१४ पुस, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा र मोरङको बीचमा पर्ने मावा खोला मापदण्ड विपरीत उत्खनन गरेको घटनामा स्थानीय तहका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा लगाएको छ ।

ठेकेदारले अनुमति पाएको भन्दा धेरै नदीजन्य पदार्थ उत्खनन गरेको थाहा पाउँदा पाउँदै कर्मचारीले नियन्त्रणमा उदासिन भएको र स्थानीय तहलाई राजस्व हानी नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मोरङको मिक्लाजुङ गाउँपालिकाका सब इन्जिनियर विवेक कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरुविरुद्ध ३ करोड ४४ लाख ११ हजार २८८ रुपैयाँ २५ पैसा राजस्व नोक्सान गरेको दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

मावा खोला उत्खननका लागि किशन एण्ड दृष्टी बिल्डर्स प्रालिले ठेक्का पाएको थियो । उक्त कम्पनीले अनुमति प्राप्त परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गर्दा त्यसलाई समयमै नियन्त्रण गर्ने र समयमै आफ्नो कार्यालयमा जानकारी गराउनुपर्नेमा जिम्मेवारीबाट विमुख भई पालिकाको राजस्व नोक्सानी गराएको अख्तियारको दावी छ ।

दमक नगरपालिकाका कर्मचारी ज्ञानेन्द्र चौधरी र मिक्लाजुङका विवेक कार्कीले नदीजन्य पदार्थ के कति परिमाणमा उत्खनन् भएको थियो भनी स्थलगत जाँचबुझ एवं मुचुल्कासमेत उठाई यकिनका साथ प्रतिवेदन पेस गर्नुपर्नेमा हचुवाको भरमा उत्खनन् गरेको भन्दा घटी परिमाण उल्लेख गरी झुट्टो प्रतिवेदन दिएको अख्तियारले बताएको छ ।

अख्तियारले ठेकेदार किशन एण्ड दृष्टी विल्डर्स प्रालिका सञ्चालक पशुपति उप्रेती र उनका प्रतिनिधि निशम कार्कीले सम्झौता विपरीत बढी नदीजन्य पदार्थ उत्खनन् गरी गैरकानूनी लाभ लिएको र स्थानीय तहको राजस्व नोक्सान पुर्‍याएको भन्दै उनीहरुविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध पनि ३ करोड ४४ लाख ११ हजार २८८ रुपैयाँ विगो माग गरिएको अख्तियारका प्रवक्ता भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?