+
+

बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत भेटिए

रासस रासस
२०७९ माघ ६ गते १३:१४

६ माघ, काठमाडौं । बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेटिएका छन् ।

नेपाल-भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

प्रहरी निरीक्षक खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहेका थिए । चन्दको मृत्युका कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै चार दिनदेखि बेपत्ता रहेकी सिँगास गाउँपालिका–६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत भेटिएका छन् ।

राधिका यही माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केको प्रहरीले जनाएको छ । घाँस काट्न निस्केकी उहाँ घर नआएपछि खोजी गर्दै जाँदा मृत भेटिको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?