+
+

महासमिति बैठकमा महत र केसीबीच माइक खोसाखोस

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ३ गते १९:३३

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच माइक खोसाखोस भएको छ ।

सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेका थिए । त्यतिबेला केहीबेर तनाव देखिएको थियो ।

नेता केसीले भने, ‘महासमिति बैठक सुरु भएको आज चार दिन भयो तर, पार्टीको विधान अझै आएन । पहिले विधान चाहियो त्यसपछि मात्रै बैठक प्रारम्भ गर्नुपर्छ भनेर म मञ्चमा बोल्दै थिएँ तर, प्रकाशसरण महतजी आएर माइक खोस्नुभयो ।’

दुई नेता बीचको माइक खोसाखोसका कारण होहल्ला भएपछि बैठक अहिले स्थगित गरिएको छ ।

केसीले महासमितिको बैठकको मुख्य विषय नै पार्टीको विधान संशोधन भएकाले विधान छिटो प्रस्तुत हुनुपर्ने बताए ।

तर, नेताहरुबीच पदाधिकारीको संख्या कति राख्ने भन्नेमा विवाद भएकाले विधान अझै बैठकमा प्रस्तुत हुन सकेको छैन । विधान टुंगो लगाउने प्रयासमा सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा नेताहरुको बैठक बसे पनि सहमति जुटेको छैन ।

मंगलबार बिहान पनि देउवा पक्ष र पौडेल पक्षका नेताहरु छुट्टाछुट्टै बैठक बसेका थिए । तर, महासमिति बैठक स्थलमा महत र केसीबीचको विवाद भएको खबर पाएलगत्तै पार्टी सभापति शेरबहादुर देउवा महासमिति त्यता लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?