+
+

केड र ईसेवाबीच भुक्तानीसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १८:५१

काठमाडौं । ईसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनी प्रालिबीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडकी प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरे ।

सम्झौतासँगै भुक्तानी एकीकरण गरिने र इसेवाका ग्राहकहरुले केडका सामान खरीद गर्दा वेब चेकआउट र एपबाट सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।

सम्झौता कार्यक्रममा बोल्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत खड्काले ईसेवाका लाखौं ग्राहकहरुले केडका गुणस्तरीय सामान खरिद गर्दा सहज तरिकाले भुक्तानी गर्न सकिने बताए ।

केडकी प्रबन्ध निर्देशक शाक्यले सम्झौताले इसेवाका ग्राहकहरुलाई केडका सामान किन्दा भुक्तानी गर्न सहजता मात्र नभई केड र इसेवा बीच रणनीति साझेदारीको ढोका पनि खोलेको धारणा व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?