 
																			१३ पुस, सुर्खेत । कर्णाली प्रदेशसभा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् ।
कँडेल एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज समेत हुन् ।
संसदीय दलको नेतामा प्रदेश कमिटीका अध्यक्ष समेत रहेका विनोदकुमार शाहले पनि दावी गर्दै आएका थिए ।
अन्तिम सयममा शाह पछि हटेपछि कँडेल सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् ।
४० सदस्यीय प्रदेशसभामा एमाले १० सिटसहित तेस्रो दल हो ।
संसदीय दलको बैठकले पहिलो चरणमै एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समेत आग्रह गरेको कँडेलले जानकारी दिए ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी छ । यद्यपि एमालेले पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4