+
+

काठमाडौं महानगरले सुरु गर्‍यो वडा कार्यालयको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते २०:२६

४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रशासन विभागले वडाहरुको अनुगमन थालेको छ ।

बिहीबार विभागका प्रमुख दीपक अधिकारी नेतृत्वको टोलीले अनुगमन सुरु गरेको हो । बिहीबार वडा नं १५ र १७ मा मानव संशाधन महाशाखा प्रमुख गंगाधर गौतम, सामान्य प्रशासन शाखा प्रमुख प्रमोद पोखरेल सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कर्मचारी प्रशासन, सेवा प्रवाह, कार्यालय व्यवस्थापन, राजस्व संकलन र सेवाका अन्य प्रकार गरी ५ वटा क्षेत्र हेरिएको थियो महानगरपालिकाले जनाएको छ ।

अनगमनमा कर्मचारी कक्षमा भए÷नभएको, पोशाक, हाजिरी, परिचय पत्र हेरिएको थियो । यस्तै अनुगमनमा सेवा प्रवाहमा गुनासो सुन्ने प्रणाली, सेवाग्राही मैत्री कार्यस्थल, नागरिक बडापत्र, सहयोग लिन आउनेलाई सहयोग गर्ने परिपाटीका लागि संयन्त्र र पूर्वाधार भए नभएको हेरिएको थियो ।

अनुगमनको नेतृत्व गरेका अधिकारीका अनुसार कार्यालय व्यवस्थापनमा सजावट, मासिक बैठक, प्रतिवेदन, जिन्सी सामग्रीको अभिलेख, दर्ता चलानी, अभिलेख व्यवस्थापनमा दैनिक गरिने काम हेरिएको थियो ।

अधिकारीले शीर्षकगत दैनिक आम्दानीको अभिलेखन, भौचरको प्रयोग (उठाउने, प्रमाणीकरण गर्ने), मासिक प्रगति रिपोर्ट गर्ने, अनलाइन राजस्व प्रणाली प्रवर्द्धन गर्ने विषयलाई राजस्व क्षेत्रमा राखेर कागजपत्र हेर्ने तथा अधिकारीसँग सोधपुछ गरेर विवरण लिने काम गरेको बताए । अधिकारीले अनुगमन निरन्तर हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?