+
+

१५ मिनेटमै सकियो मिटरब्याज पीडित र सरकारबीचको वार्ता, भोलि फेरि हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १८:११

२६ चैत, काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता विना निश्कर्ष सकिएको छ ।

आइतबार शान्तिवाटिकास्थित फल्चामा भएको वार्तामा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई ६ बुँदे मागपत्र बुझाएको छ । त्यस्तै दुई टोलीबीच परिचय भएपछि आइतबारको वार्ता सकिएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । उनका अनुसार मिटरब्याज पीडितको वार्ता टोली १९ जनाको भएकाले सानो बनाउन सरकारी वार्ता टोलीले आग्रह गरेको छ ।

‘उहाँहरुको वार्ता टोली १९ जनाको भयो, त्यो टोली अलिक सानो भए हुन्थ्यो भन्ने छ, भोलि हामी फेरि गृह मन्त्रालयमा वार्तामा बस्छौं’ उनले भने । सरकासँग वार्ता गर्न मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले अध्यक्ष अवधेश कुशवाहको नेतृत्वमा १९ सदस्यीय टोली बनाएको छ ।

सरकारले भने गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा टोली बनाएको छ ।

उक्त टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?