
११ पुस, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पहिलो चरणमा ५ देखि ७ सदस्यीय मन्त्रिपरिषद बन्न सक्ने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुको नयाँ बानेश्वरमा बसेको बैठकबाट बाहिरिएका उनले पहिलो चरणमा ५ देखि ७ सदस्यीय मन्त्रिपरिषद बन्न सक्ने बताएका हुन् ।
यद्यपि उनले मन्त्री छनोटको बैठकमा आफू सहभागी नभएको र अरु दलहरुले कसलाई सरकारमा पठाउने भन्नेबारे छलफल गरिरहेको बताए । ‘दलहरुले प्रतिनिधि पठाउने विषयमा छलफल भरहेको छ’ उनले भने ‘ …कुनै निश्कर्ष निस्केको छैन । मलाई लाग्छ ५-७ जनाको बन्ला ।’
उनले राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले सरकारलाई समर्थन गर्ने निर्णय मात्र गरेको बताए । सरकारमा जाने वा नजाने विषयमा पुन: पार्टीको बैठकबाट निर्णय गर्ने उनले बताए ।
‘अहिले तत्काललाई नयाँ सरकार निर्माणमा समर्थन गर्ने भनेको छ र बाँकी निर्णय पछि गर्छ भनेको छ’ उनले पत्रकारहरुसँग भने । पार्टीले निर्णय नगरेका कारण तत्काल सरकारमा नजाने अध्यक्ष लिङ्देनले बताए ।
प्रतिक्रिया 4