+
+

नारी दिवसको अवसरमा आईएमई अटोमोटिभको ‘महिला सशक्तिकरण अभियान’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते २०:३२

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान सहितको निःशुल्क तालिम प्रदान गरिनेछ ।

तालिम मार्फत महिलाहरूलाई ब्याकहोलोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्न साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसरहरू खोज्न मद्दत गर्ने उद्देश्य कम्पनीले लिइएको छ । यस्ता अभियानहरुले महिला सशक्तिकरणमा जोड दिंदै परम्परागत मान्यतामा परिवर्तन आउने कम्पनीले विश्वास लिइएको छ ।

आईएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वासका साथ यो निःशुल्क तालिम प्रदान गरेर, महिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा रहेको बताए । यो अभियान सबै पृष्ठभूमि र उमेरका महिलाहरूका लागि खुला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?