Comments Add Comment

टुँडालमा अप्सरा 

प्राचीन मंदिरहरूको  बाहिर  स्तंभ तथा टुँडालहरूमा देवी, देवता, यक्ष एवं अप्सराहरूको  आकृति देख्न सकिन्छ ।  तीमध्ये केही आकृति नायक र  नायिकाहरूको पनि हुने गथ्र्यो ।  खजुराहो तथा यो जस्तै मन्दिरहरूमा अक्सर यस्ता आकृतिहरु देख्न सकिन्छ । तीमध्ये अधिकांश अप्सरा तथा गन्धर्वको नै हुन्छ ।  खासमा भन्दा, प्राचीनकालमा गंधर्व, अप्सरा र नायक–नायिकहरूले देवताहरूको सहायता तथा मनोरंजनको काम गर्थे ।  तिनमा यक्ष पनि हुन्थे ।

प्राचीनकालमा नायक र नायिकाहरूको नामको पनि समूह हुन्थ्यो । यहाँ नायिकाको विषयमा चर्चा गरिएको छ ।

नायिकाहरूलाई यक्षिणि तथा अप्सराहरूको उपजाति मानिन्छ । यस्ता नायिकाहरू पुरुषलाई मन्त्रमुग्ध पार्नसक्ने अति सुन्दर महिला हुन्थे । यी सुन्दर महिलाहरूको कार्य पनि अप्सराहरूकै जस्तो थियो । तर यिनीहरू मायावी हुने गर्थे । यिनीहरू अभिनय एवं कामकलामा समेत पारंगत हुने गर्थे ।

नायिकाहरू मुख्य गरी ८ छन्, जया, विजया, रतिप्रिया, कन्चन कुण्डली, स्वर्ण माला,  जयवती, सुरंगिनी र विद्यावती ।

यी नायिकाहरूलाई पनि देवताहरूले ऋषि मुनिहरूको कठिन तपस्या भंग गर्ने उद्देश्यले प्रयोग गर्थे ।  यी नायिकाहरूको साधना पनि गरिन्छ, जसमा वशीकरण तथा सुन्दरता प्राप्तिको उद्देश्य हुन्छ । यी नायिकाहरूको साधनाबाट महिलाहरूलाई आकर्षित गर्ने शक्ति प्राप्त हुने विश्वास रहिआएको पाइन्छ ।

‘अग्निपुराण’ मा पहिलो पटक नायक(नायिकाको विवेचन गरिएको पाइन्छ । वात्स्यायनको  ‘कामसूत्र’ मा पनि श्रृंगार रससँग सम्बन्धित नायक र नायिकाहरूको भेद बताइएको छ । नेपाली साहित्यमै पनि नायक र नायिकाहरूको विषयमा लिखित थुप्रै ग्रंथ पाइन्छ ।

यक्ष, गंधर्व र अप्सराहरूलाई देवता इतर श्रेणीको मानिन्छ ।पुराणहरूमा  मुख्य रूपले ८  यक्षिणिहरूको चर्चा पाइन्छ । यी प्रमुख यक्षिणि हुन्, सुर सुन्दरी यक्षिणी, मनोहारिणी यक्षिणी, कनकावती यक्षिणी, कामेश्वरी यक्षिणी, रतिप्रिया यक्षिणी, पद्मिनी यक्षिणी, नटी यक्षिणी र अनुरागिणी यक्षिणी ।

यसै गरी वेद तथा पुराणहरूको गाथाहरूमा कृतस्थली, पुंजिकस्थला, मेनका, रम्भा, प्रम्लोचा, अनुम्लोचा, घृताची, वर्चा, उर्वशी, पूर्व्चित्ति, तिलोत्तमा आदि नामका अप्सराहरूको उल्लेख पाइन्छ ।  ती सबै अप्सराहरूको विषयमा चित्रविचित्र कथाहरू पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment