+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न पाएन : अध्यक्ष तिमिल्सिना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १७:३०

३० चैत, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार स्थिर नहुँदा समस्या भएको बताएका छन्

नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७९ साल निर्वाचनको वर्ष भए पनि मुलुकले स्थिरता दिन नसकेको बताएका हुन् । ‘दुई महिनामै सरकार परिवर्तन हुँदा निराशा पैदा भएको छ । सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न पाएको छैन’, उनले भनेका छन् ।

अध्यक्ष तिमिल्सिनाले विधेयकहरु संसदीय विषयगत समितिमा पठाउँदा ढिलाइ हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद् भएको पनि बताए ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक, संवैधानिक परिषद सम्बन्धी विधेयक फास्ट ट्रयाकमा पारित गर्ने सरकारको तयारी छ । तर, प्रमुख विपक्षी नेकपा एमाले लगायतका दलहरुले संसदीय विषयगत समितिमा छलफल नगरी अगाडि बढाउन नहुने अडान लिइरहेका छन् ।

यही बेला राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विधेयकहरु संसदीय विषयगत समितिमा पठाउँदा डिले हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद् भएको पनि बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?