
१३ वैशाख, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लले मुलुकको आर्थिक अवस्था उकास्ने गरी आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले कृषि नै प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताए । केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका चामलको आयात ह्वात्तै बढेको उल्लेख गरेको सांसद शुक्लले स्मरण गरे ।
‘यो गम्भीर कुरा हो । ०६८/०६९ मा जम्म २० अर्बको चामल आयात भएको थियो । गत वर्ष लगभग ५५ अर्बको चामल आयात भयो’ उनले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए, ‘तर, चिन्ताले समाधान निस्कँदैन । व्यापक चिन्तन मनन हुनुपर्छ । र त्यहाँबाट समाधान खोज्नुपर्छ ।’
धान खेती गर्नेहरु नै घट्दै गएको उल्लेख गर्दै उनले यो गम्भीर विषय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4