
एकअर्काप्रति विश्वास, भरोसा, आत्मीयताले दाम्पत्य जीवन सुखमय हुन्छ। एकअर्काको दुःखसुख बुझ्ने, रुचि र आकांक्षा बुझ्ने हुनुपर्छ । साथसाथै आपसमा ख्याल पनि राख्नुपर्छ। जब श्रीमान्-श्रीमती दुवै मानसिक र शारीरिक रुपमा स्वस्थ, तन्दुरुस्त हुन्छन्। तब उनीहरूको जीवन हाँसीखुसी बित्छ।
पार्टनरको पारिवारिक स्वास्थ्य
– परिवारमा कसलाई कस्तो स्वास्थ्य समस्या छ भन्नेबारे जानकारी हुनैपर्छ । मधुमेहदेखि उच्च रक्तचाप जस्ता समस्याले कोही न कोही ग्रसित हुन सक्छन् ।
-आफ्नो परिवारका स्वास्थ्य स्थितिबारे बेलाबखत छलफल गर्नुपर्छ।
-परिवारको रोगबाट बेवास्ता गरियो भने त्यसको प्रभाव दोस्रो पुस्तामा समेत देखिन सक्छ । तपाईंको बच्चाले जन्मिँदै रोग लिएर आएको हुन सक्छ ।
-परिवारका सदस्य बेलाबेलामा आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ । साथै, विज्ञको परामर्श पनि लिनुपर्छ ।
पार्टनरको तौल
–अक्सर एकसाथ भएर पनि थाहा हुँदैन कि पार्टनरको शरीर कति भद्दा भइसक्यो भन्ने कुरा।
-यदि पार्टनरको तौल अनियन्त्रित रुपमा बढ्दैछ भने त्यसलाई नियन्त्रण गर्न सहयोगी भूमिका खेल्नुपर्छ ।
– यदि तौल बढिरहेको छ भने डाइट प्लान बनाउने, व्यायाम गर्ने कामलाई निरन्तरता दिन सकिन्छ ।
सुत्ने तालिकाबारे चासो
– सुत्ने बानीमा परिवर्तन हुँदैछ भने सर्तक हुनुपर्छ । किनभने, पार्टनर मानसिक चिन्तामा पो छन् कि ?
-यदि पार्टनर लगातार तनावमा छन् भने उनीहरू सुत्न सक्दैनन् । उनीहरू बिस्तारैबिस्तारै आक्रमक र रिसाह हुँदै जान्छन् ।
-पार्टनरसँग बुझ्नुपर्छ कि उसलाई के कुराले चिन्तित बनाएको छ ?
-पार्टनरलाई आवश्यक सल्लाह, सुझाव दिने र हौसला बढाइदिने काम गर्नुपर्छ ।
कुनै यौनजन्य रोग छ कि ?
-पार्टनरलाई यौनजन्य रोग भएर पनि त्यसलाई लुकाउन सक्छ । तर, यस्तो कुरा पार्टनरबीच खुलस्त हुनुपर्छ ।
-पार्टनरलाई यौनजन्य रोग भए दुवै मिलेर त्यसको निदान खोज्नुपर्छ ।
मानसिक स्वस्थ्य स्थिति
-पार्टनर किन झर्किन्छ, किन चाँडै रिसाउँछ ? त्यसको कुनै न कुनै कारण हुन सक्छ ।
– पार्टनर रिसाएको बेला वादविवाद गर्नेभन्दा बरु रिसाउनुको कारण खोज्नुपर्छ । यसले सही निकास निकाल्न सजिलो हुन्छ।
-श्रीमान र श्रीमती मानसिक रुपले पनि स्वस्थ्य हुनुपर्छ।
प्रतिक्रिया 4