+

जतिन्दरको शतकमा मलेसियामाथि ओमानको सहज जित

२०८० वैशाख  १० गते १७:३४ २०८० वैशाख १० गते १७:३४
जतिन्दरको शतकमा मलेसियामाथि ओमानको सहज जित

१० वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समूह ए को खेलमा ओमानले मलेसियामाथि ८ विकेटको फराकिलो जित हात पारेको छ ।

जितका लागि पाएको २२८ रनको लक्ष्य जतिन्दर सिंहको शतकीय पारीको सहयोगमा ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

ओपनर ब्याटर जतिन्दर सिंहले ११ बलमा १२ चौका र १ छक्कासहित १०१ रनको अविजित शतकीय पारी खेल्दै ओमानलाई सहज जित दिलाएका हुन् ।

यस्तै जिसन मक्सुदले ५८ बलमा १० चौकासहित ५२ रनको अविजित अर्धशतकीय पारी खेले । मक्सुद र जतिन्दरले नट आउट शतकीय साझेदारी गरे । मलेसियाका लागि दुवै विकेट मोहम्मद अमिरले लिए ।

त्यसअघि, मुलपानी क्रिकेट मैदनमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन बनाएको हो ।

मलेसियाका लागि ओपनर ब्याटर विरनदिप सिंहले १४४ बलमा १३ चौका सहित ९४ रन बनाए । मोहम्मद सयादतले ६० बलमा ६ चौका र १ छक्कासहित ५५ रनको अर्धशतकीय पारी खेले । ओपनर ब्याटर मोहम्मद अमिरले २० रन बनाउँदै नदिमको हातबाट क्याच आउट भए ।

मोहम्मद वाफिक १९ र रिज्वान हैदर १ रनमा अविजित रहे । ओमानका लागि जिसन मक्सुदले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । विलाल खान र आयान खानले समान २–२ विकेट लिए ।

एसीसी प्रिमियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय