+
+

कोशी र एपीएफले ललितपुर मेयर कपको फाइनल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १६:२०

१४ चैत, काठमाडौं । मधेश प्रदेशलाई ६२ रनले हराउँदै कोशी प्रदेश ललितपुर मेयर कप महिला क्रिकेटको फाइनलमा पुगेको छ । यो जितसँगै कोशीले विभागीय टोली एपीएफसँग फाइनल भेट पक्का गरेको हो ।

रुविना क्षेत्रीको अलराउन्डर प्रदर्शनमा कोशीले मधेशलाई फराकिलो अन्तरले पराजित ग¥यो । कोशीका लागि रुविनाले ब्याटिङबाट ३८ बलमा ६ चौका सहित ३९ रन बनाइन् भने बलिङमा २ विकेट लिइन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीका लागि काजोल श्रेष्ठले २२ रन बनाइन् । कोशीले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको थियो ।

तेस्रो क्रममा आएकी अप्सरी बेगमले १९ रन, स्मृति कटुवालले १० रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेशका लागि सरस्वती चौधरी, अमिरन निशा र अमिशा पटेलले समान २–२ विकेट लिए ।

कोशीले दिएको १०६ रनको विजयी लक्ष्य पछ्याएको मधेश ब्याटिङमा निकै कमजोर देखियो । उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ४३ रनमात्र बनाउन सक्यो ।

मधेशका लागि सरस्वती चौधरीले मात्र दोहोरो अंकमा रन बनाइन् । उनले १७ बल खेल्दै १ चौका प्रहार गरिन् । साना प्रविनले ८ रन, सन्तोषी चौधरीले ५ रन बनाइन् ।

अमिरान निशा र चाँदनी खातुन क्रमशः ८ र ४ रनमा अविजित रहे । कोशीका लागि कप्तान रुविना क्षेत्रीसँगै अलिसा खडिया र निशा शाहले समान २–२ विकेट लिए । सबनम राईले १ विकेट लिइन् ।

यसअघि आज मंगलबार नै भएको पहिलो खेलमा ललितपुर मेयर ११ लाई ३७ रनले पराजित गर्दै एपीएफ समूह विजेता बनेर फाइनलमा पुगेको थियो ।

४ खेलमा चार जित सहित ८ अंकका साथ एपीएफ शीर्षमा रह्यो भने कोशी प्रदेश ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका दोस्रो हुँदै फाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?