+
+

उपत्यकाका १९ चोकमा थालियो ट्राफिक बत्तीको मर्मत

रासस रासस
२०७९ चैत २७ गते १४:४०
फाइल तस्वीर

२७ चैत, काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो ।

उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिकबत्ती मर्मत भइरहेको शाखाकी इञ्जिनियर आश्मा न्यौपानेले बताए । उनका अनुसार अहिले बानेश्वर, तीनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत भइरहेको छ ।

‘ट्राफिक बत्तीको सञ्चालन र नियन्त्रण ट्राफिक प्रहरीले गर्ने हुँदा उहाँहरुसँग समन्यमा मर्मत भइरहेको छ’, उनले भने ।

काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षमा थप स्थानमा बत्ती जडानको योजना नरहेको र पहिले जडान भइसकेको बत्तीलाई नै मर्मत गरेर सञ्चालन गर्ने लक्ष्य रहेको इञ्जिनियर न्यौपानेले जानकारी दिए ।

शाखाले चालु आवमा सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, धोबीघाट, बल्खु र कलङ्कीमा ट्राफिक बत्ती जडान गरिसकेको छ । चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको यो खण्डमा बत्ती जडान गरिएको हो ।

सडक विभागबाहेक अरू निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएका छन् । उपत्यकाका नगरपालिका र वडा कार्यालयले पनि आवश्यकताका आधारमा बत्ती जडान गरिरहेका छन् । विभागले हालसम्म उपत्यका बाहिर भने थोरै ठाउँमा मात्रै बत्ती जडान गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?