+
+

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १२:४७

३० चैत, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । २९ चैत बुधबार साँझ आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

१ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । दुई संस्था गाभिएपछि बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त र प्रमुख कार्यकारी अधिकृत राष्ट्र उत्थान लघुवित्तबाट रहेन समहति भएको हो ।

मर्जरपछि संस्थाको केन्द्रिय कार्यालय राष्ट्र उत्थानको कार्यालय नै हुने संस्थालकमा दुवै संस्थाको संस्थापक सेयरधनीबाट २/२ जना रहने सहमति भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?