+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कलाकारिताबाटै स्तरीय जीवनयापन गर्नसक्ने वातावरण सरकारले बनाउँछ : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १८:१९
फाइल तस्वीर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कलाकारिता गरेर नै राम्रो जीवनयापन गर्न सक्ने वातावरण बनाउन सरकार लागिपरेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कलाकार र सर्जकलाई आफ्नो पेशा गरेर नै स्तरीय जीवनयापन गर्न सक्ने वातावरण सरकारले बनाउने बताए ।

मन्त्री श्रेष्ठले संगीत सबै कोणबाट मानवीय जीवन र मानव समाजको लागि महत्वपूर्ण रहेको धारणा राखे । ‘मान्छेको जीवनको लागि संगीत र कला अनिवार्य अंग हो । यो समाजको विकास र सभ्यता कहाँ पुगेको छ, भन्नेकुरा कला, संगीत, संस्कृतिको क्षेत्र कहाँ पुगेको छ भन्ने आधारमा मापन गर्न सकिन्छ,’ उनले भने, ‘कला, संगीतले समाजको यथार्थलाई सकारात्मक ढंगले अभिव्यक्त गर्छ ।’

कलाले एकपछि अर्को पुस्ताको बहाकको काम गर्ने भन्दै मन्त्री श्रेष्ठले संगीत, कला क्षेत्रले आफ्नो राष्ट्रको गौरवलाई प्रवद्र्धन गर्न ठूलो योगदान दिन बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?