+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कर्मचारी सरुवामा अब भनसुन चल्दैन : मन्त्री मोदी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १५:१२

९ फागुन, मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् ।

विराटनगरमा सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले कर्मचारी सरुवाको बेथिति न्युनीकरणका लागि केही नीतिगत व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

मन्त्री मोदीले भने, ‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौ, सरुवामा अब भनसुन चल्दैन ।’

भर्खरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनीकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेकोसमेत मन्त्री मोदीले बताए ।

भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्ने बताए । मोदीले पार्टी निकट कर्मचारीहरुलाई भने, ‘हाम्रै पार्टीको प्रधानमन्त्री छ, हाम्रै पार्टीको मन्त्री छ, अब जे भन्यो त्यही हुन्छ भन्ने तपाईहरुले सोच्नुभएको छ भने त्यो भ्रम त्याग्दा हुन्छ ।’

माओवादी नेतृत्वको सरकार भएको बेला माओवादी निकटका कर्मचारीहरुले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्न समेत मन्त्री मोदीले आग्रह गरे ।

उनले भने, ‘मेरो आग्रह छ, माओवादीको सरकार छ, हामीले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने तपाईहरुको मानसिकता छ भने त्यो मानसिकताबाट मुक्त हुनुहोला ।’

ट्रेड युनियनमार्फत राजनीतिमा सक्रिय कर्मचारीहरुले पनि पहिला जनताको सेवालाई प्राथमिकता राख्न निर्देशन दिए । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानुनी रुपमा कारबाहीको दायरामा ल्याउने मन्त्री मोदीले चेतावनी दिए ।

प्रधानमन्त्रीको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह गरी सुशासन कायम गर्नका लागि जोड दिन समेत मन्त्री मोदीले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?