
१० चैत, काठमाडौँ। भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगीता हुने भएको छ ।
झापाको बेलडांगीमा रहेको भुटानी शरणार्थी शिविरभित्रै आयोजना हुने प्रतियोगीताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुने आयोजक संस्था नक्षेत्र फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदीले जानकारी दिए ।
शिविर भित्रको अभावले धेरै राम्रा प्रतिभाहरु अझै पनि ओझेलमा परेको अवस्थामा प्रतिभाहरुको खोजी गर्दै भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगीता आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष सुवेदीले बताए ।
१५ वर्ष भन्दामाथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगीताको निर्देशन म्यूजिक भिडियो निर्देशक समेत रहेका गायक कमल राईले गर्दैछन् ।
फाउण्डेसनका अध्यक्ष सुवेदीका अनुसार प्रतियोगीताको निर्णायकमा कर्म ग्यालजन बम्जन, महेश थुलुङ, किशोर शिवाकोटी, सृष्टि हिङमाङ र बलराम समाल मगर रहेका छन् । कार्यक्रमको बेलडांगी नाट्य परिवारले संयोजनकारी भूमिका निर्वाह गरेको छ ।
प्रतियोगीतामा प्रथम हुने प्रतियोगीले नगद ३ लाख, द्वितीय हुनेले २ लाख र तेस्रो स्थान हाँसिल गर्नेले १ लाख पाउनेछन् ।
त्यस्तै बिजेताहरु तिनै जनालाई आयोजक संस्था नक्षेत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ । प्रतियोगीताको फाइनल जुलाईमा हुनेछ ।
प्रतिक्रिया 4