+
+

भिनुमाले जितिन् यस वर्षको मिस लिम्बूको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १७:२३

काठमाडौं । भिनुमा पाहिम लिम्बू यस वर्षकी मिस लिम्बू घोषित भएकी छन् । काठमाडौंमा आयोजित सौन्दर्य प्रतियोगितामा भिनुमाले सन् २०२३ को मिस लिम्बूको उपाधि जितिन् । काजल सेलिङ लिम्बू फस्ट रनरअप र मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअप घोषित भइन् ।

विजेता बनेसँगै भिनुमले एक लाख रुपैयाँ नगद र हङकङ भ्रमणको अवसर प्राप्त गरेकी छन् । ग्राण्ड फिनालेमा अभिनेता सुनिल थापा लगायत अतिथिले विजयी सुन्दरीहरुलाई पुरस्कार र उपाधि प्रदान गरे ।

याक्थुङ युथ एसोसिएसनले प्रतियोगिता आयोजना गरेको हो । फिनालेमा एकदेव लिम्बू लगायत कलाकारले गायकी प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?