+
+

‘चाणक्य’ निर्देशकले काठमाडौंमा भने- आगामी फिल्मको अडिसन नेपालमै लिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १२:४२

काठमाडौं । सन् १९९१ को चर्चित भारतीय टेलिभिजन सिरिज ‘चाणक्य’का निर्देशक चन्द्रप्रकाश द्विवेदी यतिबेला काठमाडौंमा छन् । स्वामी विवेकानन्द कल्चरल सेन्टरको निम्तोमा आइपुगेका उनी आइतबार बेलुका आयोजित एक अन्तरक्रिया कार्यक्रममा सुनिए ।

नेपालमा फिल्म छायांकनको प्रशस्त सम्भावना रहेको भन्दै उनले नेपाली कलाकार प्रतिभावान् रहेको बताए । ‘भारतमा पाकिस्तानी र अरु थुप्रै मुलुकका कलाकारहरु आएर काम गरेका छन् तर नेपालीहरु खासै देखिएका छैनन्, यसको कारण के होला मलाई थाहा छैन तर नेपालमा धेरै प्रतिभावान् कलाकारहरु छन् ।’

उनले आफ्नो आगामी फिल्मको अडिसन नेपालमा समेत लिने बताए ।

उक्त समारोहमा सहभागी अभिनेता राजेश हमालले भारतीय फिल्म उद्योगको तुलनामा नेपाली फिल्म उद्योग सानो भए पनि तुलना चाहिं भारतीय फिल्मसँग हुने गरेको बताए । ‘यस्तो कुराले हाम्रो फिल्म उद्योगलाई धेरै चुनौती दिएको छ तर यही कुराले हामीलाई धेरै मेहनत गर्न हौसला पनि दिएको छ,’ हमालले भने ।

उक्त अन्तरक्रिया समारोहमा नेपाली फिल्म, संगीत र नाट्य क्षेत्रका अन्य कलाकार पनि सहभागि रहे । समारोहमा नेपाली ढाकाटोपी लगाइदिएर निर्देशक द्विवेदीलाई सम्मान समेत प्रदान गरियो । केही दिन नेपालमा रहने उनले भारतीय दूतावासका कार्यक्रमदेखि घुमघाम गर्ने योजना छ । उनी निर्देशित चर्चित सिरिज ‘चाणक्य’ ४७ भागमा बनेको थियो र दूरदर्शन राष्ट्रिय टेलिभिजनमा प्रसारण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?