 
																			१७ वैशाख, काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने भएका छन् ।
चाल्र्स तृतीयको राज्याभिषेकमा वैशाख २१ गते बेलायत जाने मिति तय भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो । उपचारपछि आइतबार मात्रै नेपाल फर्कन लागेका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन् ।
चाल्र्स तृतीयको राज्याभिषेक वैशाख २३ गते (मे ६ तारिख) का लागि तोकिएको छ । वैशाख २६ गते नेपाल फर्कने साउदले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4