एनआरटीलाई हराउँदै संकटा शीर्ष ६ मा उक्लियो
२०७९ चैत २९ गते १७:१५
२९ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले बुधबार न्युरोड टिम (एनआरटी) लाई २-१ ले पराजित गरेको छ ।
यो जितपछि संकटा शीर्ष ६ भित्र उक्लिएको छ ।
दशरथ रंगशालमा भएको खेलमा संकटाले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको २२औं मिनेटमा जुनियर एनकुनगुए र ३७औं मिनेटमा मनिष डाँगीले गोल गरे । एनआरटीका लागि निकोलस सर्जले ६२औं मिनेटमा एक गोल फर्काएपनि संकटालाई जितबाट रोक्न सकेन ।
यस सिजन तेस्रो जितपछि ८ खेलबाट १२ अंक जोडेको संकटा छ स्थानमा उक्लिएको छ ।
त्रिभुवन आर्मी एफसी र मछिन्द्र एफसी समान अंक जोडेको संकटा गोलअन्तर आर्मी भन्दा पछि रहँदै छैटौं स्थानमा छ ।
मछिन्द्र सातौं स्थानमा छ । उता चौथो हार बेहोरेको एनआरटी ८ खेलबाट ६ अंकसहित १२औं स्थानमै छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4