९ वैशाख, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग २०७९-८० मा लगातार चौथो हार बेहोरेको छ । सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ शनिबार नवप्रवेशी खुमलटार एफसीसँग २-१ ले पराजित भयो ।
दशरथ रंगशालमा भएको खेलमा खुमलटारका लागि मेसुके ओलोमोउको दुई गोल गरे । मनाङका लागि कोपी टिमोठ्ठी कुडोले पेनाल्टीमा एक गोल गरे । तर अर्को पेनाल्टीमा गोल गर्न नसक्दा मनाङले हार बेहोर्नुपर्यो ।
ओलोमोउले इन्जुरी टाइममा गोल गर्दै खुमलटारलाई जिताए ।
त्यसअघि १३औं मिनेटमै मेसुकेले गोल गर्दा खुमलटारले अग्रता लिएको थियो भने ५३औं मिनेटमा कोफीले मनाङका लागि बराबरी गोल गरेका थिए ।
चौथो जितपछि ११ खेलबाट १३ अंक जोडेको खुमलटार ११औं स्थानमा उक्लेको छ ।
लगातार चार खेल हारेको मनाङ ११ खेलबाट १५ अंकसहित सातौं स्थानमा छ ।
प्रतिक्रिया 4