+

एएफसी यु‍-१७ महिला एसियन कप टोलीको विदाइ

२०८० वैशाख  १० गते २०:२३ २०८० वैशाख १० गते २०:२३
एएफसी यु‍-१७ महिला एसियन कप टोलीको विदाइ

१० वैशाख, काठमाडौं। जोर्डनमा आयोजना हुने एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली महिला टोलीलाई आईतवार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यत्रमको आयोजना गरेर छनोट खेल्न जान लागेको टोलीलाई विदाइ गरेको हो ।

टोलीलाई एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई लगायतले बिदाई गरेका थिए । अप्रिल २६ देखि ३० तारिखसम्म जोर्डनमा आयोजना हुने छनोट प्रतियोगितामा नेपाल समूह एचमा रहेको छ ।

नेपाल सम्मिलित समूहमा आयोजक जोर्डन र बलियो इरान रहेका छन्। छनोट अन्र्तगत नेपालले पहिलो खेल प्रिन्स मोहम्मद स्टेडियम जाग्रवामा अप्रिल २६ मा इरानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

दोस्रो खेल अप्रिल २८ मा आयोजक जोर्डनसँग प्रतिष्पर्धा गर्नेछ। एशियाली राष्ट्रहरुलाई ८ समूहमा विभाजन गरी आयोजना गरिएको छनोटबाट शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्ने मौका पाउनेछन्।

महिला एसियन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय