+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

‘सेयर बजार अध्ययनशील र छरिता व्यक्तिहरूकाे थलो हो’

ताराप्रसाद फुल्लेल ताराप्रसाद फुल्लेल
२०७६ चैत २ गते १०:२८

गत बिहीबार नेपालको संसद भवनमा सेयर बजार राज्यले बन्द गर्नुपर्छ भन्ने नयाँ विषयले चर्चा पायो । उक्त कोटेशनका जन्मदाता नेपाल मजदुर किसान पार्टिका सांसद माननीय प्रेम सुवालज्यु हुनुहुन्छ ।

विश्व २१ औं शताब्दीमा हिंडिरहेको र चन्द्रमामा आलुको खेति गर्न र पृथ्वीका मानिसहरूलाई चन्द्रमामा लगेर बसोवास गराउने अभियानमा सफलता पाउन लागि सकेको अवस्थामा हाम्रा सांसद ज्यूहरू कति विवेकसिल र कति विकशित ? र कति समाजवादी ? हुनुहुँदो रहेछ भन्ने कुराको विश्वलाई परिचय गराएर नेपालको आर्थिक अवस्थाको बारेमा विश्वले र बाँकी नेपालीले बुझ्ने मौका पाएका छन ।

उक्त उद्गारले म जस्ता सेयर बजारमा आफ्नो श्रीसम्पत्ति लगाएर स्वरोजगारी गरी रहेको र यसमै भविश्य देख्ने जो कोही नेपालीको छोराछोरीलाई यति छटपटि भयोकि भोक न निद्राको अवस्थामा ल्याईदिनुभयो र अन्त्यमा निर्णय गरें सांसदज्यू आफुले जे जान्नु भएको थियो त्यहि त बोल्नु भयो होला । पार्टिले विधेयकको बारेमा बोल्नै पर्ने र प्रतिपक्ष भएको नाताले विधेयकको समर्थन गर्न नहुने, विरोध नै गर्नुपर्ने । बोरु सेयर बजार बन्द गर्नु पर्छ भन्दियो टण्टा नै साफ ।

माननीय सांसद ज्यु, यहाँले सेयर बजारलाई यति हलुका ढंगले प्रस्तुति गर्नु भयो की जसले गर्दा हामी नेपालीको हैसियत विदेशीको अगाडि नराम्रोसँग गिरेको छौं । विदेशीहरूले हामीलाई आर्थिक रूपमा हेर्ने दृष्टिकोण नकारात्मक हुनेछ र विशेष गरी विश्व वैंक, एशियाली विकास बैंक आदि ।

मैले अघिल्लो पंतिमा उल्लेख गरिसकें तपाँईले जे बुझ्नु भयो त्यहि बोल्नु भयो तर तपाँईले बोलेको कुराले त्यससँग आवद्ध समुह र त्यसबाट नेपालको अर्थतन्त्रमा पर्न सक्ने क्षतिको असर आंकलन गर्न सक्नु भएन । तपाँईले सेयर बजारलाई अल्क्षी र अनुत्पादक क्षेत्रको रूपमा चित्रित गर्नु भएको छ । जुनकुरा तपाँईको व्यक्तिगत धारणा र विरोधको लागि विरोध मात्र हो ।

सेयर बजार यस्तो क्षेत्र हो जहाँ अध्ययन र गहन अध्ययनलेमात्र त्यस्ता क्षेत्रमा हात हालेर सफलता पाउन सकिन्छ । पुँजिबजार यस्तो क्षेत्र हो जहाँबाट राज्य, समुह वा प्रतिष्ठानहरूले योजना बनाई कुनै पनि विकास निर्माणका पुर्वाधारहरूमा जनताहरूलाई सहभागि गराई देशको निर्माण गर्न सक्छन् । जसको ज्वलन्त उदाहरण चिलिमे हाईड्रो पावर, नेपाल बैंक, माथिल्लो तामाकोशी आयोजना, सान्जेन जल विद्युत् आयोजना, रसुवागढी लगायतका हुन् ।

जनताका छरिएर रहेका साना–साना पुँजि एकिकृत गरि परियोजना निर्माणमा जनतालाई सहभागि गराई त्यसको प्रतिफल जनतालाई वितरण गर्ने यस्तो जनमुखी प्रकृयालाई बन्द गरेर तपाँईले कस्तो प्रकारको देश विकासको मोडेल ल्याउन खोज्नु भएको माननीय ज्यू ?

यहाँहरूको दायित्व कम्पनी, आयोजनाहरूमा अमितव्ययी र अपारदर्शी कृयाकलाप भएभने चुस्त दूरूस्त राख्न कानुन बनाई अनुगमन गरी जनताको लगानि नडुब्ने तर्फ वातावरण सृजना गरिदिने भुमिका हुनु पर्ने हो र सो आवश्यक छ पनि ।

कुनै पनि बैंकमा लगानि गर्नु पुर्व बैंकको पुँजि,बैंकले लगानि गरेको क्षेत्र, बैंकका संचालक र सिईओ कस्ता छन् र कति प्रतिफल दिन सक्छन् । जस्ता बुँदाहरूको व्यापक विश्लेषण पछिमात्र सो सेयरमा लगानी गर्नुपर्छ । जुन कुरा तपाँईले भने जस्तो अल्क्षीले गर्न सक्छन त ? यसमा गहन अध्ययनको आवश्यकता पर्छ जुन देशको अवस्था मात्र नभएर विश्व परिवेशको ज्ञान हुनु जरूरी छ ।

कोरोना भाईरस आयो । त्यसले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव, विश्व बजारमा कच्चा तेलको मुल्यमा उतार चढाव र त्यसबाट पर्न सक्ने आर्थिक प्रभाव, भारतले पाम आयलमा लिने नीति साथै त्यसले नेपालमा पार्न सक्ने प्रभावको विषयमा हेर्नु पर्छ । बजारमा लगानी गर्ने लगानीकर्ताले अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ । यस्ता कुरा अल्छीले गर्छन कि अध्ययनशील र स्मार्ट व्यक्तित्वले गर्छन तपाँई आफै विश्लेषण गर्नुहुनेछ ।

तपाँई सांसद सत्तापक्षलाई कसरी विरोध गर्ने भन्ने एउटै चिन्तन हुन्छ भने सेयर बजारमा लागेका अधिकांश व्यक्तिहरू विश्व परिवेश, घटना, विश्व आर्थिक गतिविधिमा राजनितिबाट पर्ने प्रभाव जस्ता कुरामा अध्ययनरत हुन्छन् र त्यसैको विश्लेषण गरी सेयर खरिद विक्री गर्छन ।

विश्वका धनाढ्य व्यक्ति वारेन वफेट, भारतीय सेयर लगानिकर्ता राकेश झुझुनवाला जस्ता व्यक्तिको जीवनी एक पटक अध्ययन गर्नु भएमा माननीयज्यूलाई सेयर बजार अल्छीको होईन अध्ययनशील र छरिता व्यक्तित्वहरूको लगानि गर्ने थलो रहेछ भन्ने जानकारी पाउनुहुन्थ्यो ।

अर्को कुरा तपाँईले अनुत्पादक क्षेत्र भनेर सेयर बजारको ठुलो अवमूल्यन गर्नु भएको छ । जसलाई उदाहरणको रूपमा प्रमाणसहित तपाँईको बुझाईलाई गलत प्रमाणित गर्न सकिन्छ ।

कुनै कम्पनी तव स्थापना हुन्छ जव केहि व्यक्तिहरू मिलेर आफ्नो रुपैया त्यस कम्पनीमा लगानि गर्छन र त्यसको प्रमाणको रूपमा सेयर प्रमाण पत्र पाउँछन त्यसलाई स्टक एक्सचेंजमा लिस्टिंग गर्छन र सेयर खरिद विक्री प्रकृया शुरू हुन्छ । नेपालको सेयर बजारमा रू १० र १०० रूपैयाँ (दुई अंकित मुल्यमा प्राथमिक सेयरको मुल्य निर्धारण भएको छ भने दोश्रो बजारमा कम्पनीको प्रगति र उस्ले दिने प्रतिफलको आधारमा मुल्य निर्धारण हुन्छ ।

कुनै ‘क’ भन्ने कम्पनी स्थापना भएपछि त्यसले प्रत्यक्ष रूपमा दिने रोजगारी, स्थानीय क्षेत्रमा खपत हुने उत्पादन उत्पादन र त्यसमा उत्पादन गर्न लाग्ने मजदुर स्थानीय रोजगारीको रूपमा लाभान्वित हुने अवसर पाउँछन भने कम्पनीमा उत्पादन गर्न लाग्ने दक्ष प्राविधिक, अदक्ष प्राविधिक, प्रसासनिक कामदार, पाले (चौकिदार), लेखापाल, प्रशासक जस्ता रोजगारको सृजना गर्नमा पुँजिवजारको अत्यन्त ठुलो भुमिका छ ।

जवसम्म कुनै कम्पनीको सेयर दोश्रो बजारमा खरिद बिक्री गर्ने अवसरको सृजना हुँदैन त्यस्ता अवसर नभएको अवस्थामा ‘क’ भन्ने कम्पनीमा लगानि गर्ने लगानिकर्ता नपाउन सकिन्छ किनकी आफुले लगाएको पुँजी जुनसुकै बेला पनि तरल अवस्थामा विक्रि गर्ने अवसर जो सुकैले पनि खोजि रहन्छन र त्यसको माध्यम भनेको दोश्रो सेयर बजार नै हो ।

त्यसैले दोश्रो बजार जति विकसित भयो त्यति नयाँ कल कारखाना,उधोग,बैंक तथा बित्तिय संस्था,जल विधुत आयोजना जस्ता प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिने प्रतिष्ठान हरूको उत्पति हुन्छ जसले राज्यलाई कर,जनतालाई रोजगारी र देश निर्माणमा सहयोग गर्दछ।

हाल खुलेका बैंक तथा बित्तिय संस्था लगायत स्टक एक्सचेंजमा लिष्टिंग भै कारोवार भै रहेका कम्पनीहरू जसले प्रत्यक्ष करिव २ लाख व्यक्तिहरूलाई रोजगारी दिंदै आएको छ ।

नेपाल स्टक एक्सचेञ्जबाट सन्चालित ५० वटा ब्रोकर कम्पनीमार्फत १००० जना भन्दा बढिलाई रोजगार,सेयर रजिष्टारहरू मार्फत १००० जना लाई रोजगार र सबै भन्दा महत्वपूर्ण कुरा सेयर बजारमा प्रत्यक्ष र अप्रत्यक्ष लगानिकर्ता २० लाख मध्ये यसैलाई मुख्य पेशा बनाएर राज्य बाट रोजगार उपभोग नगरेका करिव १ लाख जनताहरूको सहभागीता भएको क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेर परिभाषित गर्नु बैशाख जेठको मध्ये १२ बजेको समयमा दीपावलीको लक्ष्मि पुजाको औंशिको रात हो भन्नु जस्तै हो ।

जुन कुरा स्वीकार गर्न सकिंदैन जस्ले विभिन्न बाधा अड्चन खेपेर आफ्नो सम्पत्तिलाई बन्धक बनाएर कुनै उद्योगधन्दा, कम्पनी, बैंक, जलविद्युत कम्पनी निर्माण गरी, जनतालाई रोजगार श्रृजना, राज्यलाई कर देशलाई विकास गर्ने क्षेत्रलाई अवमूल्यन गरेर तपाँईले सेयर बजारलाई अनुत्पादक र अल्क्षीले गर्ने कारोवार भनेर देशको गरिमामय संसदमा ओकल्नु भएको भावना त्यसै गरिमामय संसद बाटै फिर्ता लिएर देश निर्माणमा पुँजि बजारको (सेयर बजार) ठुलो महत्व र आवश्यकता रहेछ भनेर पुनस्सम्वोधन गर्नु हुनेछ भन्ने आशा राखेको छु ।

यद्यपि, एक जनाबाहेक अन्य धेरै सांसदहरुले पुँजी बजार सुधार र विस्तारको बारेमा धेरै राम्रो विषयहरु उठान गर्नु भएको छ । संसदमा शेयर बजारको बारेमा अन्य सांसद हरू दिव्यमणि राजभण्डारीको समय र अवस्था अनुसार पुँजिबजारको विकास गर्न आवश्यक रहेको, राजेन्द्र कुमार केसीको पुँजिबजार पुँजि परिचालन गर्ने अचुक अस्त्र र पुँजि परिचालन गर्ने उपयुक्त थलो र राज्यले शेयर बजारको विकासमा अर्थमन्त्री ज्यु को सुधारका कार्यक्रमहरू घोषणाको माग गर्नु, पुर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्किले शेयर बजारको आवश्यकताको बारेमा स्मरण गराउनु, सांसद शेर बहादुर तामाङले पुँजिबजार निश्कृय रहेको पुँजिलाई बजारमा ल्याउने प्रभावकारी माध्यम भएको देशको आर्थिक सुचक शेयर बजार भएको बताउनुले बजारप्रति बुझ्ने सांसदहरु पनि हुनुहुन्छ भन्ने भान हुन्छ ।

महिला सांसद राम कुमारी झांक्रीले पनि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राज्य निर्माणमा प्रयोग गर्न सकिने जस्ता सकारात्मक धारणा प्रस्तुत हुनु शेयर बजारमा लगानी गरेका लगानीकर्ताहरूलाई खुशिको कुरा त छँदैछ । त्यसमा अझ बढि खुशि र उत्साहित त अर्थमन्त्रीले सांसद प्रेम सुवाल ज्यु लाई पुँजिबजारको बारेमा प्रस्तुतिकरण र उहाँको पुँजिबजारप्रति पछिल्लो समयमा आएको सकारात्मक धारणा र मातहतका निकायहरूलाई पुँजिबजारमा गर्नुपर्ने सुधारहरूको बारेमा छलफल चलाउनु, निर्देशन दिनु र त्यसको कार्यान्वयनमा चासो देखाउनु पुँजिबजारको उज्वल भविश्यको संकेत हो भन्न सकिन्छ ।

अन्त्यमा, नेपालको पुँजिबजारको विकास र विस्तारबाट देशको समग्र विकास गर्ने राष्ट्रिय अभियानमा देशका हरेक नागरिकले सहज रूपमा सेयर खरिद बिक्री गर्न पाउने बातावरणको निर्माण गराईदिनु हुन, अनलाईन कारोबार प्रणालिलाई विश्वस्तरीय रूपमा विकास गराई दिनु हुन, बजारमा हुने अनावश्यक उतार चढावलाई नियन्त्रण गर्न मार्केट मेकर वा स्टक डिलरको चाँडो भन्दा चाँडो स्थापना र कार्यान्वयन गराई दिनुहुन, पुँजिबजारमा लगानी गरी प्राप्त हुने नाफाबाट तिरेको करलाई नै अन्तिम कर को मान्यता प्रदान गरिदिनु हुन, लामो समयसम्म सेयर होल्ड गर्ने सेयरधनीहरूलाई राज्यबाट विशेष सहुलियतको व्यवस्था गरिदिनुहुन जस्ता तत्काल गर्नुपर्ने सेयर बजारको विकास र विस्तारमा सहयोगी यि कार्यहरूको अर्थमन्त्री डा.युवराज खतिवडाज्युबाट छिटो भन्दा छिटो सम्वोधन हुने कुरामा आम लगानिकर्ताहरू विश्वस्त भएको कुरा समेत म निवेदन गर्न चाहान्छु । उहाँको कार्यकाललाई इतिहासको सुवर्ण अक्षरमा उल्लेख गर्ने कुरामा कसैको दुई मत नहोला । (फुल्लेल सेयर लगानीकर्ता संघका उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?