
६ साउन, काठमाडौं । यस वर्ष ललितपुरको नागदहमा नागपञ्चमी मेला स्थगित भएको छ ।
कोरोना भाइरसको जोखिमका कारण हरेक वर्ष हुँदै आएको मेला यस वर्ष स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
मंगलबार महानगरले सूचना जारी गर्दै साउन १० गते परेको नागपञ्चमीमा मेला नलाग्ने महानगरपालिकाको २४ नं वडाका वडाध्यक्ष दिनेश कार्कीद्वारा जारी सूचनामा उल्लेख छ ।
नागपञ्चमीका दिन काठमाडौंको नागपोखरी र टौदह एवं ललितपुरको नागदहमा हरेक वर्ष विशेष मेला लाग्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4