+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जिल्ला समन्वय समिति उपप्रमुख भन्छिन् : मरेपछि पनि दलितमाथि विभेद हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते २०:२४

२१ चैत, डोटी । जिल्ला समन्वय समिति डोटीका उपप्रमुख स्मृति चुनाराले दलित समुदायको व्यक्तिलाई मरेपछि पनि जातीय बिभेद हुने गरेको बताएकी छन् ।

‘गैर दलित समुदायको व्यक्ति मर्‍यो भने मसान घाटसम्मै शंख फुक्दै लगिन्छ तर दलित मर्‍यो भने शंख फुक्न पाइदैन’ उनले प्रश्न गरिन् ‘अनि यो के बिभेद होइन ?’ आफूले गाउँमा दलित समुदायको व्यक्ति मर्दा पनि शंख फुक्न सुरु गर्दा गैर दलितहरुले धम्क्याएको उनी बताउँछिन् ।

जिल्ला सदरमुकाममै जातीय छुवाछुत तथा बिभेद हुने गरेको उपप्रमुख स्मृति बताउँछिन् । ‘म जिल्ला समन्वय समितिकी उपप्रमुख हुँ, मैले कोठा भाडामा पाएन’, उनी भन्छिन्, ‘अनि जातीय छुवाछुत कम भयो भन्नेहरु के आधारमा भनिरहेका छन् ?’ लामो समयपछि एक जनाले भाडामा बस्न कोठा दिएको बताउदै उनले थपिन् ‘उहाँका आफन्तहरुले पनि किन दलितलाई घरमा बस्न दिएको भन्दा रहेछन् ।’

उनले सार्वजनिक कार्यक्रममा पानी खाएको भरमा जातीय छुवाछुत न्यून भएको भन्न नहुने वताइन् । ‘धेरैले जातीय छुवाछुत तथा भेदभावमा पहिलेको भन्दा धेरै सुधार आएको दावी गरिरहेका छन्, तर त्यो भाषणमा मात्रै हो । व्यवहारमा अवस्था उस्तै छ’ उपप्रमुख स्मृतिले भनिन् ।

उनले राजनीतिमा पनि जातीय भेदभाव हुने गरेको बताइन् । ‘म पूर्बीचौकी गाउँपालिकाको उपाध्यक्ष पदका लागि दावेदार थिएँ, तर मलाई टिकट दिइएन’ उनले भनिन् ‘दलित समुदायका भोट कति छन र ? भन्ने प्रश्न गरियो मलाई । टिकट दिँदा पनि यस्तो प्रश्न गर्ने गरिनन्छ ।’

आफूलाई गाउँपालिकाको उपाध्यक्ष हुँदै अध्यक्ष हुने रहर हुँदाहुँदै पनि दलित भएकै कारण रोकिएको उनको भनाइ छ । कानूनले उम्मेदवार वनाउनै पर्ने भनी तोकेकोमा मात्रै दलितहरुले मौका पाउने गरेको उनी वताउँछिन् । आफूलाई समन्य समितिको उपप्रमुख भएकोमा कुनै खुशी नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?