+
+

रविलाई दलकाे नेता बनाउन संसदीय दललाई रास्वपाको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १५:२५

१८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

ढकालका अनुसार लामिछानेलाई आजै बस्ने रास्वपा संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्नेछ ।

यसअघि रास्वपा संसदीय दलका नेता रहेका डीपी अर्यालले आइतबार जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?