+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
७१ बलमा १२१ रन आवश्यक
चितवन राइनोज 2025
49/3 (8.1)
Shares

भूकम्पपीडितको अनुदानमा बाबुरामकी छोरीले गोरखामा बनाउँदैछिन् घर

बाबुरामले दिए जग्गा

विकास मरहट्टा विकास मरहट्टा
२०७५ जेठ ३ गते १:३०

२ जेठ, गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई छोरी मानुषीले गोरखामा घर बनाइदिने भएकी छिन् ।

भट्टराईले बुधबार छोरीको नाममा बकसपत्र गरिदिएको २ रोपनी जग्गामा मानुषीले बाबुका लागि घर बनाइदिन लागेकी हुन् ।

जन्मथलो पालुङटार नगरपालिका-१ खोप्लाङमा बाबुका लागि घर बनाइदिन लागेको मानुषी यमी भट्टराईले बताइन् । ‘गोरखाको जनप्रतिनिधि भएर पनि आˆनै जिल्लामा बस्ने घर छैन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘गाउँ गोरखा भन्ने तर बस्ने घर छैन भन्दा अलि कस्तो कस्तो लाग्यो त्यसैले घर बनाउन लागेका हौं ।’

जनप्रतिनिधिको हैसियतले बारम्बार गोरखा आइरहँदा पनि बस्ने घर नहुँदा समस्या भएको भन्दै घर निर्माण गर्न लागिएको उनले बताइन् ।

खोप्लाङ बेलबासेमा रहेको भट्टराईको पुरानो घर भूकम्पले भत्किएको छ । अब वेशीमा घर बनाउने भट्टराई परिवारको योजना छ । ‘पुरानो घर भएको ठाउँका मान्छेहरु सबै वेशी झरेर बस्न थालिसके, वरपर कोही छैनन्,’ मानुषीले भनिन्, ‘पुरानो घरलाई संरक्षण गरेर वेशीमा नयाँ घर बनाउन लागेका हौं, ममीले जग्गाको क्षेत्रफल नापजाँच समेत गरिसक्नुभएको छ अब घरको नक्सा डिजाइन गर्नुहुन्छ अनि बनाउन सुरु गर्छाै ।’

भूकम्प पीडितको आवास अनुदानका लागि लाभग्राही समेत रहेकी मानुषीले अहिलेसम्म अनुदान रकमको पहिलो किस्ता लिएकी छैनन् । ‘पहिलो किस्ताको रकम बैंक खातामा आएर बसेको छ रे झिक्न भ्याएको छैन,’ उनले भनिन् ।

भट्टराईले दिए छोरीलाई २ रोपनी जग्गा

नेता भट्टराईले आˆनो नाममा रहेको दुई रोपनी १४ आना जग्गामध्ये दुई रोपनी जग्गा छोरी मानुषीको नाममा पास गरिदिएका छन् ।

बुधवार जिल्ला मालपोत कार्यालय गोरखामा आएर पालुङटार नगरपालिका-१ मा रहेको जग्गा छोरीको नाममा पास गरिदिएका हुन् । उनले कित्ता नम्बर १७९२ को दुई रोपनी जग्गा हालैदेखिको बकसपत्र गरेर अस्मिता सिं मानुषी यमी भट्टराईको नाममा पास गरिदिएका मालपोत कार्यालयका नायव सुब्वा बाबुराम शर्माले बताए ।

भूकम्प पीडितको आवास अनुदान लिनका लागि लाभग्राहीसँग आफ्नै नाममा जग्गा हुनुपर्छ । पास भएको उक्त जग्गामा मानुषीले बाबुआमाका लागि घर बनाउनेछिन् । ‘घर मैले बनाउने भए पनि त्यो बुवाकै लागि हो, जनप्रतिनिधि भएर गोरखा आइराख्नुपर्छ बस्ने ठाउँ छैन, त्यसका लागि पनि सजिलो हुने भयो फेरि बुढेसकालमा आफ्नै जन्मथलो प्यारो हुन्छ, बस्ने घर त चाहियो नि !’ उनले भनिन् ।

अब छिट्टै घर निर्माण शुरु गर्ने उनले बताइन् ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?