+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दुबई पठाइदिन्छु भनी ३५ लाख ठगेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १६:३३

१७ वैशाख,  काठमाडौ ।  दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको ‍छ ।

पक्राउ पर्नेमा तनहुँको  भिमाद नगरपालिका-२ घर भई हाल काठमाडौंमहानगरपालिका-२६ सामाखुसी बस्‍ने २६ वर्षीय मनबहादुर कुमाल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले रोजगारीका लागि दुबई पठाइदिने भन्‍दै पीडितसँग ३५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?