+

ओलम्पिक छनोटमा भियतनामविरुद्ध साम्बाको गोल

२०७९ चैत  २२ गते १९:४४ २०७९ चैत २२ गते १९:४४
ओलम्पिक छनोटमा भियतनामविरुद्ध साम्बाको गोल

२२ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपालले भियतनामविरुद्ध गोल फर्काएको छ ।

४ गोलले पछि परेको नेपालका लागि ७९ औं मिनेटमा सावित्रा भण्डारीले गोल गरेकी हुन् । खेलको  ७९औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् ।

उनको गोल गरेपछि खेलमा  नेपाल ४-१ ले पछि छ ।

यसअघअघि दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गरेकी थिइन् ।

यस्तै ३६ औं मिनेटमा भियतनामले पेनाल्टीमार्फत गोल गरेको छ ।

यस्तै ३७ औं मिनेटमा नेपालले आत्मघाती गोल गरेको छ । ४७ ‌औं मिनेटमा भियतनामले अर्को गोल थपेको छ ।

 

तस्वीरहरू : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

नेपाल भर्सेस भियतनाम सावित्रा भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय