
२२ चैत, काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाभित्र विभिन्न ६ स्थानमा अमेरिकी डलर देखाइ लुटपाट गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका-७ घर भई हाल ललितपुरको चापागाउँ बस्ने ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ सिङ्गेचौर घर भई गोकर्ण नाम्गेल बस्ने २४ वर्षीय विकास तामाङ, धनकुटाका बेलारा घर भई ३२ वर्षीय दिपक दमाइ, सिन्धुपाल्चोकको बाह्रबिसे ५ सिंगाचैकै ३८ वर्षीय साजन तामाङ र बाह्रबिसेकै सिखोरङका ३५ वर्षीय प्रेम बहादुर तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका परेका उनीहरुलाई तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4