२९ चैत, इलाम । विर्तामोड युनाइटेडलाई सडन डेथमा हराउँदै बुट्टाबारी युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा दुवै टोलीबाट १—१ गोल भएको थियो ।
खेलको सुरुवाती अग्रता बुट्टाबारीले बनाएको थियो ।
खेलको ५९ औं मिनेटमा प्रदिप बुढाथोकीले सुरुवाती गोल गरेका थिए । ६४ औं मिनेटमा बिशाल तामाङले पेनाल्टी मार्फत खेल बराबरीमा ल्याए ।
त्यसपछिको खेलमा दुवै टोलीबाट गोल नभए पनि निर्णयको लागि पेनाल्टी सुटआउट रोजिएको थियो ।
बुट्टाबारीका निरोज कार्की, प्रदिप बुढाथोकी र विकाश थुलुङले गोल गरे । बिशाल दर्जी, दुर्लभ तिवारी र रोमन भुजेलको प्रहार गोलरक्षक रोशन गुरुङले बचाएका थिए । विर्तामोडका विशाल तामाङ र निशान लामाले गोल गरे ।
कप्तान विक्रम तामाङ र रिजन गुरुङको प्रहार फ्रेममा पर्न सकेन् । दिनेश मुर्मु र सूर्य टुडुको प्रहार गोलरक्षक युवराज पुरीले बचाएका थिए ।
खेलको म्यान अफ दि म्याच विजेता टिमका गोलरक्षक युवराज पुरी घोषित भए । फाइनलमा बुट्टाबारीले फिक्कल युनाइटेडसँग वैशाख १ गते प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4