
पोखिन्छन् पोखियोस्
प्रशस्तै पसिना परदेशमा
बिन्ती नपोखिउन् किम्ती जिन्दगीहरु
त्यसै अनाहकमा
बढोस् घुर्यानमा उही पुरानै
इन्द्रकमलको बोट
तर छरोस् नयाँ बास्ना
र पठाइयोस् परदेशीहरुलाई
बाडुलीमा पोको पारेर
एक मुठी सम्झना
अफसोच ! उता
परिस्थिति यस्तो छ कि देशको
जल्न थाले गरिखानेहरु देशमै
खन्याएर निराशाको मट्टितेल
आफ्नै जीउमा
कोरेर आक्रोशको सलाई
सल्काए आफैंलाई
तब ऊ जलिरहँदा
ऊ एक्लै जल्यो कि
देश जल्यो ऊ सँगसँगै ?
बुझ्नु पर्नेहरुले
कहाँ बुझे खै ?
भन्न त भन्छन् नि भन्नेहरू
मर्नुभन्दा बौलाउनु जाती
तर मलाई दुवै नामञ्जुर छ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4